सानिमा ब्यांकद्वारा १० लाख बीमा रकम हस्तान्तरण
सानिमा ब्यांकले दीर्घायु तलब बचत खातावालाको परिवारलाई रु.१० लाखको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ।
ब्यांकमा खाता भएका राजु लामा तामाङको दुर्घटनामा मृत्यु भएकाले उनकी श्रीमती कल्पना लामा तामाङलाई बीमा रकम प्रदान गरिएको हो।
रकम ब्यांकका निक्षेप व्यवस्थापन प्रमुख टंकमणि बराल र बीमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका रामजी ढकालले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन्। तामाङले सानिमा ब्यांकको कागेश्वरी मनोहरा शाखामा सानिमा दीर्घायु तलब बचत खाता खालेका थिए।
दीर्घायु बचत योजना अन्तर्गत ब्यांकले रु.१० लाखको दुर्घटना बीमा, ३ लाखसम्मको ६ जटिल रोगको उपचार, ५० हजारसम्मको स्वास्थ्य बीमा, १० हजार बराबरको ओपीडी सेवा र रु.५ हजारसम्मको स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आएको छ।
सानिमा ब्यांकका ११७ शाखा कार्यालय र ९७ वटा एटीएम छन्।