महाधिवेशनको प्रचार गर्न मोटरसाइकल र्याली
नेकपा (एमाले) मकवानपुरले १०औं महाधिवेशनको प्रचारप्रसारका लागि मोटरसाइकल र्याली निकालेको छ।
एमालेको चितवनमा हुने राष्ट्रिय महाधिवेशनको जानकारी दिन मंगलबार हेटौडामा मोटरसाइकल र्याली निकालिएको एमाले मकवानपुरका प्रचार प्रमुख नवीन सिग्देलले बताए।
हेटौंडाको हुप्राचौरबाट शुरू भएको र्याली मेनरोड, एचआईडी क्षेत्र, गौरीटार रङ्गशाला, चौघडा, कान्तिराजपथ, मानस चोक, चौकिटोल, बुद्धचोक, राप्तिरोड, वाइपास, टिसियन रोड हुँदै सीमा चोकमा आएर समापन गरिएको थियो।
महाधिवेशनका लागि १० हजार सङ्गठित सदस्य सहित ३५ हजार कार्यकर्ता दुई हजार मोटरसाइकल, पाँच सय साना सवारी र दुई सय बसमा चितवन जाने कार्यक्रम रहेको उनले बताए।
यसका लागि जिल्ला अध्यक्ष बद्री लम्साल संयोजक रहेको दुई हजार एक सय सदस्यीय जनपरिचालन समिति गठन गरिएको छ।