ज्योति विकास ब्यांकद्वारा ओम्नी च्यानलमा आधारित ब्यांकिङ सेवा
ज्योति विकास ब्यांकले ओम्नी च्यानल अवधारणामा आधारित डिजिटल ब्यांकिङ सेवाको शुरूआत गरेको छ।
ब्यांकले सम्पूर्ण डिजिटल सेवा मोबाइल वा वेब ब्राउजर ज्योतिस्मार्टजेबीबीएल डटकमडटएनपीका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने जनाएकाे छ।
डिजिटल ब्यांकिङ सेवालाई थप प्रवर्द्धन गर्दै ज्योति स्मार्ट मोबाइल एप अपग्रेड समेत गरिएकाे छ।एपबाट ग्राहकले खाताको विस्तृत विवरण, पैसा पठाउने समय एपबाटै तोक्ने, अनलाइन रकम भुक्तानीका साथै समस्या परेमा उजुरी दिने जस्ता सेवा पाउनेछन्।
ज्योति विकास ब्यांकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएम मार्फत सेवा उपलब्ध गराउँदै आएको छ।