नेपाल बाङ्लादेश ब्यांकका अध्यक्षद्वारा शपथ ग्रहण
नेपाल बाङ्लादेश ब्यांकका नवनिर्वाचित अध्यक्ष एआरएम नजमुस शकिबले शपथ लिएका छन्।
सञ्चालक समितिको बैठकबाट आगामी ४ वर्षे कार्यकालका लागि चयन भएका अध्यक्षले नेपाल राष्ट्र ब्यांकका गर्भनर महाप्रसाद अधिकारीबाट शपथ ग्रहण गरेका हुन्।
६ मंसीरमा आयोजित शपथ ग्रहण कार्यक्रममा ब्यांकका सञ्चालक समिति सदस्य र व्यवस्थापकहरूको पनि उपस्थिति थियो।
ब्यांकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर तथा ८४ वटा एटीएम मार्फत देशभर सेवा दिइरहेको छ।