बालबालिकालाई फाइजर खोप (तस्वीरहरू)
सरकारले काठमाडौं उपत्यकामा बालबालिकालाई कोभिड-१९ विरुद्धको फाइजर खोप लगाउन शुरू गरेको छ।
काठमाडौंका गङ्गालाल हृदयरोग केन्द्र, त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल र निजामती अस्पतालमा फाइजर खोप लगाउने व्यवस्था गरिएको छ।
शनिबारदेखि १२ वर्षमाथिका सबै बालबालिकालाई फाइजरको खोप दिन थालिएको हो। यसअघि १२ वर्षभन्दा माथिका दीर्घ रोग भएका बालबालिकालाई फाइजर खोप दिइएको थियो।