आठ लाखभन्दा बढीले जिते कोरोना
कोरोनाभाइरसको संक्रमणबाट निको हुनेको संख्या आठ लाख नाघेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आइतबार ३७० जनाको निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या आठ लाख ३५९ पुगेको छ।
अहिलेसम्म पीसीआर परीक्षण गरेका आठ लाख १९ हजार १९ जनामा कोरोना सङ्क्रमण देखिएको छ। जसमध्ये सात हजार १६४ जना सक्रिय सङ्क्रमित रहेका छन्।
आइतबार नौ हजार १२३ जनाको स्वाब परीक्षण गर्दा २३८ जनामा सङ्क्रमण देखिएको छ। जसमध्ये सात हजार ८४५ जनाको पीसीआर परीक्षण गर्दा २३२ जनामा र एक हजार २७८ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनामा सङ्क्रमण देखिएको हो।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ४९६ पुगेको छ।
यस्तै, आज देशभर ४० हजार १४ जनालाई कोभिड-१९ विरुद्धको खोप लगाइएको छ। योसँगै पहिलो डोज लगाउनेको सङ्ख्या ९१ लाख २० हजार १४ पुगेको छ। अहिलेसम्म ७९ लाख ६ हजार ३६९ जनाले पूर्ण खोप लगाइसकेका छन्।
आजदेखि काठमाडौंमा बालबालिकालाई पनि कोभिड-१९ को खोप फाइजर लगाउन थालिएको छ। १२ वर्षमाथिका बालबालिकालाई खोप लगाउन थालिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।