खाँदबारीमा ग्लोबल आइएमई ब्यांकको नयाँ शाखा
ग्लोबल आइएमई ब्यांक लिमिटेडले संखुवासभाको खाँदबारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
नयाँ शाखाको स्थापनासँगै ब्यांकको शाखा सङ्ख्या २८७ पुगेको छ।
ग्लोबल आइएमई ब्यांकले ७६ जिल्लाका २८७ शाखा, २५२ एटीएम र २६३ शाखा रहित ब्यांकिङ एकाइ मार्फत सेवा दिइरहेको छ।
ब्यांकका ४८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८४० भन्दा बढी सेवा केन्द्रबाट २७ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।