आइएमई जनरल इन्स्योरेन्सको क्षति मूल्याङ्कन तालीम
आइएमई जनरल इन्स्योरेन्सले क्षति मूल्याङ्कन सम्बन्धी तालीम सम्पन्न गरेको छ।
कम्पनीले सोलुखुम्बु र ओखलढुङ्गाका १५ जना सहभागीबीच तीन दिने क्षति मूल्याङ्न सम्बन्धी तालीम आयोजना गरेको हो।
क्षति मूल्याङ्कनकर्ताको तालीम पश्चात् कृषि तथा पशुपन्छी बीमाको क्षतिका लागि तोकिएको सीमाभन्दा बढीको मूल्याङ्कन नगरी दाबी भुक्तानी गर्ने कम्पनीले विश्वास लिएको छ।
यसले कृषि तथा पशुपन्छी बीमामा उल्लेख सुधार हुने कम्पनीको दाबी छ।