कांग्रेस अधिवेशन : सुर्खेतका नौवटै पालिकामा नयाँ नेतृत्व (सूची सहित)
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सुर्खेतका नौवटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरिएको छ।
नयाँ विधान अनुसार गाउँ र नगरमा सभापति पदका साथै दुई उपसभापति, दुई सचिव र दुई सहसचिव सहित कार्यसमिति चयन गरिएको हो।
क्रियाशील सदस्यता विवादले यसअघि निर्धारित मितिमा सम्पन्न हुन नसकेको अधिवेशन बुधबारबाट शुरू भएको थियो।
गाउँ र नगर अधिवेशन लगत्तै शुक्रबार प्रदेश सभा क्षेत्रको अधिवेशन हुँदै छ। यहाँ प्रदेश सभाका चार निर्वाचन क्षेत्र छन्।
कांग्रेसका सहायक जिल्ला निर्वाचन अधिकृत दुर्गाप्रसाद सापकोटाका अनुसार, गुर्भाकोट र लेकबेंसी नगरपालिका बाहेक अन्य स्थानीय तहमा निर्वाचन मार्फत कार्यसमिति चयन गरिएको हो। प्रदेश राजधानी रहेको वीरेन्द्रनगरको अधिवेशनलाई कांग्रेस नेताहरूले विशेष महत्त्व दिएका थिए। यहाँ कुल खसेको ३४९ मतमध्ये सभापतिमा विजयी उपेन्द्र खड्काले १९९ र उनका प्रतिस्पर्धी नारायणकुमार कोइरालाले १४७ मत ल्याए।
पालिकका अनुसार, नवनिर्वाचित सभापतिहरू:
१. गुर्भाकोट, हस्तबहादुर पुन
२. लेकबेंसी, उमेश पौडेल
३. चिङ्गाड, डोरप्रसाद शर्मा
४. भेरीगङ्गा, रामबहादुर सिंह
५. बराहताल, भीमबहादुर भण्डारी
६. सिम्ता, वीरेन्द्र रावत
७. वीरेन्द्रनगर, उपेन्द्र खड्का
८. पञ्चपुरी, कृपाराम थापा
९. चौकुने, नरबहादुर बान्तोला