नबिल ब्यांकद्वारा प्रिमियम रेमिटेन्स बचत खाताको शुरूआत
नबिल ब्यांक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक लक्षित ‘प्रिमियम रेमिटेन्स बचत खाता’ को शुरूआत गरेको छ।
यस खातामा रेमिटेन्स मार्फत आएको रकम जम्मा गर्नुपर्ने भए पनि शून्य मौज्दातमा खाता खोल्न सकिनेछ।
यस खातामा ब्यांकले व्यक्तिगत बचत निक्षेपमा तोकिएकोमध्ये उच्च ब्याजदर प्रदान गर्ने दाबी गरेको छ।
नबिल ब्यांकले १३५ शाखा, १८९ एटीएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्ट मार्फत सेवा प्रदान गर्दै आएको छ।