दैत्यको वधसँगै सकियो कात्तिक नाच (तस्वीरहरू)
नरसिंहले हिरण्यकशिपु दैत्यको वध गरेसँगै आठ दिन लामो कात्तिक नाच सकिएको छ।
कात्तिक नाचको अन्तिम दिन गएराति पाटन दरबार क्षेत्रमा नरसिंहले हिरण्यकशिपु दत्यको वध गरेको कथा प्रस्तुत गरिएको थियो। यो नाच एक महीना सञ्चालन हुने भए पनि यस पटक आठ दिनमै सकिएको हो।
कोभिड-१९ का कारण गत वर्ष दुई दिनमै सकिएको थियो। अर्को वर्ष भने एक महीनै सञ्चालन गरिने कात्तिक नाच संरक्षण समितिले जनाएको छ।
राजा सिद्धिनरसिंह मल्लले यो नाचको प्रचलन शुरू गरेका थिए। शुरूआतमा आठ दिनसम्म चल्ने कात्तिक नाच पछि एक महीना पुर्याइएको हो।