लक्ष्मी ब्यांकको नयाँ एक्सटेन्सन काउन्टर
लक्ष्मी ब्यांकले आठौं एक्सटेन्सन काउन्टर धनुषा जिल्ला अदालतमा स्थापना गरेको छ।
ब्यांकका ५० जिल्लामा १३८ शाखा, ८ एक्सटेन्सन काउन्टर, ५ हस्पिटल सेवा काउन्टर छन्। त्यस्तै, ब्यांकले १६८ एटीएम, २५०० भन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६३ शाखारहित सेवा मार्फत कारोबार गरिरहेको छ।
लक्ष्मी ब्यांकले सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त लगायत वित्तीय सेवा पनि दिइरहेको छ।