नेपाली समाजमा बुद्धिजीवी
बुद्धिवादी भनिन लायक व्यक्ति कम्ती नै होलान्, तथापि आफू त्यस अन्तर्गत नपरेमा लज्जित हुनु पर्दैन। कृत्रिम-बुद्धिवादी हुनुभन्दा त नहुनु र त्यो कुरा इमानदारीसाथ स्वीकार गर्नु बेस!
नेपालमा अवस्थित बौद्धिक दारिद्र्यको अन्वेषण गर्न तयार गरिएको यो एक प्रबन्ध हो। यस्तो अन्वेषण एक प्रकारले अत्यावश्यक पनि हुन गएको छ, कारण हालैका नेपाली लेखनीमा अति-प्रयोग भएका शब्दहरूमध्ये यो 'बुद्धिजीवी' शब्द पनि हो।
धमिलो एवं अस्पष्ट यस शब्दको आन्तरिक तत्त्व निरीक्षण गर्नु नै यहाँ मेरो लक्ष्य छ। तथापि प्रचलित यस शब्दलाई सूक्ष्म निरीक्षण गर्नुअघि, समकालीन नेपाली बुद्धिजीवी वर्गलाई जन्म दिने तथा हुर्काउने नेपाली समाज उपर केही सरसर्ती चर्चा गर्ने लोभ संवरण गर्न सकिनँ मैले।
नेपाल अधिराज्यको आज जुन रूप छ त्यो बनेको केही शताब्दी मात्र अघिको कुरा हो। वर्तमान राजनीतिक सिमानाभित्रको यस देशले पृथ्वीको धरातलमा सबभन्दा आश्चर्यकारी एवं विषम नक्सा प्रस्तुत गरेको छ। देशको तीन-चौथाइ खण्ड व्यवस्था गर्न नसकिने पर्वतहरूद्वारा ढाकिएको छ, जसमा पृथक् पृथक् उपत्यकाहरू फाटफुट छरिएका छन् र छ तेर्सिएर बग्ने नदीहरूको जाल।
यही दुर्गम तथा अनौठो पाराको अनियन्त्रित नक्साले गर्दा लाखौं वर्षदेखि यहाँको जीवन तथा विचारधारालाई-नेपाली जनजीवनको विशिष्ट रहनसहनलाई प्रभावित पारेको छ। यसै सन्दर्भमा, पृथ्वीनारायण शाहको अभ्युदय तथा उनको सैनिक आन्दोलनअघि, यदि देशको रूप ग्राफपेपर झैं राजनीतिक टुक्राहरूमा टुक्रिएको थियो तथा च्याउ उम्रे सरह बाइसी एवं चौबिसी राज्यहरूमा छरिएको थियो भने केको आश्चर्य?
अधिराज्यको एकीकरण भएको झण्डै २०० वर्षपछि, आज पनि, अधिराज्यको प्राग्-ऐतिहासिक काल सरह नै, भूगोलको षड्यन्त्रले गर्दा नेपालका जनता भौतिक, सामाजिक तथा सांस्कृतिक आदान-प्रदानमा भयावह रूपमा पिछडिएर खण्डित छन्। र, अर्को कुरा, झण्डै सन् १८५० देखि आधुनिकीकरणको जुन हलुका प्रयास नेपालमा आयो वा सन् १९५० देखि नै अझ स्पष्ट जुन परिवर्तन हुँदै छन् यहाँ, ती पनि नेपालका शहरिया जनसमुदायमा मात्र सीमित भएका छन्।
नेपाली समाज बहुजातीय मात्र नभई बहुभाषीय पनि छ। ३६ भाषाहरूमध्ये झण्डै २५ चाहिं स्वजातीय जन्मका भाषा छन्। यी भाषा नेपालको सम्पूर्ण जनसङ्ख्यामध्ये झण्डै ३.९ प्रतिशतले बोल्दछन्।
गाउँघर वा पर्वतीय क्षेत्रका बस्ती, वा नदी किनाराका आवादी, उपत्यकाहरू वा ग्रामीण नेपालको तराईतिर यी परिवर्तनहरू नगर वा शहरको सतह छिचोली अझै पुग्न सकेका छैनन्। सन १९६१ को जनसङ्ख्या प्रतिवेदन (सीबीएस १९६१) अनुसार, नेपालको सम्पूर्ण जनसङ्ख्या ९९४,१२,९९६० मा ३.६ प्रतिशत ९३,६६,२२२० मात्र नगरबासी छन्। बाँकी ९६.४५ अर्थात् ९०,४६,७७४० व्यक्तिको बसोबास गाउँमा छ। त्यही प्रतिवेदन अनुसार नै, ५,००० वा बढी जनसङ्ख्या हुने शहरहरू नेपालमा जम्मा १६ छन्।
प्रतिवेदनमा व्याख्या गरिंदा ‘सहरी वातावरण भएको स्थान, अर्थात् हाईस्कूल, कलेज, सरकारी कार्यालयहरू, मुख्य कार्यालय, सञ्चार व्यवस्था, मिलहरू वा फ्याक्ट्रीहरू’ भएको भन्ने जनाइएको छ। यी १६ शहरहरूमध्ये तीन काठमाडौं उपत्यकामा छन्, जसमा १,२५,००० प्राणी सहितको राजधानी काठमाडौं पनि समावेश गरिएको छ। आठ शहर भारतीय सिमाना नजिक तराईका मैदानमा छन्। पहाडी क्षेत्रमा त सिर्फ पोखरा तथा पाल्पा मात्र पर्दछन्।
नेपाली जनता ९६.४ प्रतिशत गाउँमा बसोबास गर्छन्, तिनको सामाजिक अवस्था अझै आदिमकालीन कृषि पद्धतिमा निर्भर रहेको छ, तथा आत्मीयता परम्परा, धर्म तथा घरप्रतिको आफ्नो मोह एउटा यस्तो सिद्धान्त बनेको छ जसलाई बदल्न सकिंदैन। सरसर्ती हेर्दा नेपालको जुन रूप देखिन्छ त्योभन्दा भिन्न छ यसको असाधारण एवं सहज रूप। अब, ३६ विभिन्न भाषा बोलिने- त्यो पनि एक अर्कासँग नमिल्ने - देशमा बसोबास गर्ने विभिन्न जातीय समुदायले गर्दा यसमा विविधता आएको छ।
नेपाली समाज बहुजातीय मात्र नभई बहुभाषीय पनि छ। ३६ भाषाहरूमध्ये झण्डै २५ चाहिं स्वजातीय जन्मका भाषा छन्। यी भाषा नेपालको सम्पूर्ण जनसङ्ख्यामध्ये झण्डै ३.९ प्रतिशतले बोल्दछन्। राष्ट्रिय भाषा तथा अनेपाली वक्ताले समेत प्रयोग गर्ने नेपाली चाहिं नेपालको प्रमुख भाषा हो जसलाई झण्डै जनसङ्ख्याको ५१ प्रतिशतले उपयोग गर्दछन्। त्यसपछि, बाँकी सारा जनसङ्ख्या नेपालका दश प्रमुख भाषा बोल्दछ।
त्यसको विभाजन यसप्रकारको छ: मैथिली १२ प्रतिशत, भोजपुरी ६ प्रतिशत, तामाङ झण्डै ५.५ प्रतिशत, अवधी ४.७ प्रतिशत, थारू ४.३ प्रतिशत, नेवारी ४ प्रतिशत, मगर २.७ प्रतिशत, राई किरात २.६ प्रतिशत, गुरुङ १.७ प्रतिशत र लिम्बू १.५ प्रतिशत। भाषालाई यदि सांस्कृतिक पृष्ठभूमि मानेर, भौतिक तथा अभौतिक दुवै पद्धतिद्वारा समेत निरूपण गर्ने हो भने पनि, यी तथ्याङ्कले मात्र पनि नेपाली समाजमा अवस्थित विविधता स्पष्ट पार्नेछन्।
नेपालको इतिहासमा यसो पछिल्तिर हेरेमा के पाइन्छ भने, काठमाडौं उपत्यका बाहेक सांस्कृतिक प्रयास भएका फाटफुट रूप देखिने तीन क्षेत्रीय मेखला मात्र थिए। ती हुन्, मैथिली संस्कृतिको परम्परागत भूमि जनकपुर, लुम्बिनीको कपिलवस्तु तथा पर्वतिया मल्लहरूको मध्यकालीन राज्यहरू भएको कर्णाली नदी क्षेत्र।
बुद्धिजीवी वर्गको अभ्युत्थान निमित्त नगरहरूको विकास एवं सुगम भाषाजन्य संस्कृति अपनाएका शिक्षित जनसङ्ख्या अवस्थित हुनु जस्तो महत्त्वपूर्ण कुरा अरू केही छैन। तापनि, नेपालको इतिहासमा यसो पछिल्तिर हेरेमा के पाइन्छ भने, काठमाडौं उपत्यका बाहेक सांस्कृतिक प्रयास भएका फाटफुट रूप देखिने तीन क्षेत्रीय मेखला मात्र थिए। ती हुन्, मैथिली संस्कृतिको परम्परागत भूमि जनकपुर, लुम्बिनीको कपिलवस्तु तथा पर्वतिया मल्लहरूको मध्यकालीन राज्यहरू भएको कर्णाली नदी क्षेत्र। तथापि, वर्तमानसम्मै अटूट रूपमा जोड्न सक्ने इतिहास भने यी संस्कृति-मेखलामध्ये कसैको पनि छैन।
अटूट ऐतिहासिक क्रमबद्धता हुने यो काठमाडौं उपत्यका नै हो जहाँ, अस्थिपञ्जर रूपमा पुगिसकेको भए पनि संस्कृति-सूत्रका लक्षण देख्न सकिन्छ। काठमाडौं उपत्यका मात्र हो जहाँ वर्तमानसम्म जोडिने सांस्कृतिक क्रम देखापर्छ, अधिराज्यका अन्य स्थानहरूभन्दा यहाँ मात्रै विकसित शिक्षित जनसङ्ख्यासँग तादात्म्य पाइन्छ यसको। काठमाडौं उपत्यकाको संस्कृति-सूत्र वा शक्ति-विन्यासमा, आवासीय पद्धति वा भाषाजन्य विविधताभन्दा पनि बढी महत्त्वपूर्ण रहेको छ जातीयस्तरका माध्यमद्वारा पनपेको धर्महरूको पासो तथा तिनको पुरोहितवाद।
हिन्दू तथा बौद्ध, दुवै मार्गका पुरोहितवादमा ईश्वर-त्रसित नेपालीहरूका लागि पालन गर्नुपर्ने अनेक नियम बनाइयो, ती नियम इहलोकमा मात्र सीमित नभई परलोकका लागि समेत थिए। विगत हजार वर्षमा नेपालमा कैयन् नरनारी यस्ता निश्चय पनि भए होलान् जसले सांसारिक सम्पन्नताका क्षणहरूमा ईश्वरको त्रास बिर्से होलान्, तथापि पुरोहितको त्रास बिर्सने व्यक्ति कोही पनि भएन होला। जयस्थिति मल्लद्वारा प्रभावकारी रूपमा संहिताबद्ध गरिएको तथा महाराज जंगबहादुर (विष्ट, सन् १९७०) द्वारा त्यसलाई कानूनी शक्ति प्रदान गरिएको, कठोर जाति-पद्धतिको माध्यमद्वारा पुरोहितवाद चाहिं संस्कृतभाषी नेपाली जनसमुदायको सामाजिक तथा सांस्कृतिक जीवनमा भीषण तत्त्व बनेर रहेको छ।
यस अन्तर्गत नेपालीभाषी सम्पूर्ण समाज, हिन्दू तथा बौद्धमार्गी नेवारहरू तथा अन्य संस्कृतजन्य आदिवासी तथा मूल निवासी समेत पर्दछन्। बौद्धधर्म, बोपो वा शमनवाद जस्ता सह-धर्महरूप्रति सदा सर्वदा सहिष्णु भावना अपनाए पनि, नेपालको शक्ति-धारी समुदाय सदा हिन्दू मतावलम्बी नै रहेको छ। तसर्थ, संस्कृत भाषा अपनाउने जन-समुदायको त्यही अंश मात्र (अर्थात्, नेपाली बोल्ने ब्राह्मणहरू, नेवारी बोल्ने ब्राह्मणहरू वा मल्लकालको दरबारमा बोलवाला भएका भोजपुरी बोल्ने ब्राह्मणहरू मात्र) नेपालका परम्परागत बुद्धिजीवी वर्ग बनेको देखिंदा आश्चर्य मान्ने कुरा केही छैन। किनभने, जंगबहादुरको आगमन अघि काठमाडौं उपत्यकाका सारा सांस्कृतिक र बौद्धिक कार्यवाही चलाउन उपयोग गरिने भाषाहरू मुख्यतया संस्कृत, मैथिली तथा नेवारी थिए।
संस्कृतभाषी हिन्दू वा बौद्ध पुरोहितहरूको जातीय जुन गठन थियो त्यसले आफ्नै पाराको बुद्धिजीवी वर्ग बनाउन पुग्यो। यो वर्ग झण्डै लिच्छविहरूकै समयदेखि नै नेपालका राजदरबारमा देखा पर्दछ।
संस्कृतभाषी हिन्दू वा बौद्ध पुरोहितहरूको जातीय जुन गठन थियो त्यसले आफ्नै पाराको बुद्धिजीवी वर्ग बनाउन पुग्यो। यो वर्ग झण्डै लिच्छविहरूकै समयदेखि नै नेपालका राजदरबारमा देखा पर्दछ। संस्कृतजन्य हुनुको अतिरिक्त त्यस वर्गलाई विशिष्टता दिने तीन अन्य कुराहरू पनि देखिन्छन् र ती हुन् : (१) राजदरबारमा स्वभावजन्य रूपमा तिनले ओगटेको स्थान, (२) राजदरबारसँगको सम्पर्क तथा प्रभावका साथै जनजीवनका दैनिक संस्कार (जन्म, अन्नप्रासन, विवाह, गोदान, मृत्यु जस्ता सामान्य पूजाहरू) उपर पनि अधिकार भएबाट उनले समाजमा ओगटेको दीर्घकालीन पुरातनवाद, तथा (३) उनको बौद्धिकपन।
तसर्थ, नेपालको पुरोहितवादको कर्तव्य सिर्फ आफूलाई दिगो पार्ने तथा संस्कारजन्य शक्ति बनेर समसामयिक क्षेत्रमा जे जस्तो राजशक्ति आउँछ त्यससँग हातेमालो गरी टिक्ने नै उद्देश्य थियो भनी विचार गर्नु गल्ती हुनेछ। परम्परागत नेपाली पण्डित्याइँ त मुख्यतया नेपालको संस्कृतभाषी पुरोहित वर्गको उपज थियो, र यसले आफ्नो छाया भारत, तिब्बत तथा चीनमा समेत पारेको थियो। दशौं-एघारौं शताब्दीको उत्तर भारतको मगध कालमा रत्नकीर्ति, विरोचन र कनकश्री जस्ता नेपाली विद्वान्हरूको विक्रमशील महाविहारमा समेत ठूलो इज्जत गरिन्थ्यो (ज्ञवाली मिति नखुलेको)।
एघारौं शताब्दीको नेपालमा विद्वत्ताको स्तर निकै माथि पुगेको हुनुपर्दछ, किनभने वागेश्वर कीर्ति जस्ता व्यक्तिले विक्रमशील महाविहारको द्वारपण्डित (विभागीय प्रमुख) बन्नु साधारण कुरा होइन। उनका शिष्यहरूमध्ये बंगालका निरोपाली सेन तथा तिब्बतमा काग्या सम्प्रदाय स्थापित गर्ने मार्पा पनि थिए। जे होस्, काठमाडौं उपत्यकाका शहरहरू (खास गरी काठमाडौं तथा पाटन) मा अद्यावधि यस्ता कैयन् बहालहरू (विहारहरू) छन् जहाँका बस्तीहरूमा, एकताक बुद्धधर्म, दर्शन, अलङ्कारशास्त्र, व्याकरण, औषधि विज्ञान, जादू टोना, संस्कृत, पाली साहित्य जस्ता परम्परागत शिक्षा दिनुका अतिरिक्त चित्रकला, मूर्तिकला, गहना निर्माण जस्ता वंश-परम्पराका कलाको समेत तालीम दिइन्थ्यो।
उत्तर भारतमा मुसलमानी आक्रमण भएपछि विक्रमशील महाविहारका महासांघिक संघका प्रमुख, विशिष्ट नेपाली पण्डित बुद्धश्री आफ्ना शिष्य एवं पुस्तकहरूको ठेली लिई नेपाल फर्की आए। यो दृष्टान्त इतिहासमा एक्लो नभए पनि यसले यूरोपमा भएको रेनासाको सम्झना उमार्छ नेपाली इतिहासमा। एकातिर यस्ता विहारहरूमा बज्राचार्य तथा शाक्यहरू (नेवारी तथा बौद्ध पुरोहितहरू) शिक्षक थिए भने, हिन्दू शिक्षण प्रणालीको वर्णाश्रम पद्धतिमा भने शिक्षकहरू मुख्य रूपमा ब्राह्मण नै थिए- नेवार ब्राह्मणहरू, जोशीहरू एवं संस्कृतभाषी नेपाली समाजका बाँकी सदस्यहरू नैतिक एवं बौद्धिक स्तरमा यिनकै पञ्जामा परेका थिए, र यो परम्परा निकै कालसम्म कायम रह्यो। किनभने, पश्चिमी प्रेरणाको आधुनिक शिक्षा प्रणाली आउनुअघि, समाजका सबभन्दा सजग तथा प्रभावशाली अंश नै कि त पुरोहित वर्गका सीधा उत्तराधिकारी हुन्थे कि हुन्थे पुरातन व्यवस्थालाई ग्रहण गरिसकेका र त्यस वर्गको प्रभावमा परिसकेका समाज वर्गको अंश।
पश्चिमी प्रेरणाको आधुनिक शिक्षा प्रणाली आउनुअघि, समाजका सबभन्दा सजग तथा प्रभावशाली अंश नै कि त पुरोहित वर्गका सीधा उत्तराधिकारी हुन्थे कि हुन्थे पुरातन व्यवस्थालाई ग्रहण गरिसकेका र त्यस वर्गको प्रभावमा परिसकेका समाज वर्गको अंश।
यसप्रकार, नेपालको सामाजिक-सांस्कृतिक जीवनमा ब्राह्मण वर्गको प्रभुत्व झण्डै ऐतिहासिक आवश्यकता बनेको थियो। यहाँ मैले 'ब्राह्मण' शब्दको प्रयोग गर्दा परम्परागत बुद्धिजीवी वर्गको पर्यायका रूपमा मात्र गरेको हुँ। ब्राह्मणहरू:
मानवका कार्यहरू निर्देशित गरी उसलाई उच्चतम स्तरमा डोऱ्याउने धर्मग्रन्थहरूको व्याख्या वा टीका गर्ने पण्डितहरू मात्र नभई युवा वर्गलाई शिक्षा दिने र धर्मकार्यहरूका माध्यमद्वारा दीक्षासमेत बारेको सल्लाह दिन्थे वयस्कलाई। ब्राह्मणहरूको विशिष्ट बौद्धिक देनबारे कुनै शङ्कै छैन। भारतीय दर्शन निर्माण गर्ने अद्भुत शक्तिशाली मस्तिष्कपछि, अन्य लघुत्तर उचाइका वाक्य विन्यास, टीका तथा दीक्षा जस्ता विषयमा, ब्राह्मण मस्तिष्कले यस्तो सूक्ष्मतम र तार्किक विलक्षणता विकसित गरेको छ जसको अर्को उदाहरण विश्व इतिहासमा भेटिंदैन। ती वास्तवमा अद्वितीय सांस्कृतिक सजगता र बौद्धिक स्तरमा पुगेका व्यक्ति थिए। (सिल्स सन् १९६१:२०-२१)
नेपालका लागि उनको पाण्डित्यको चिरस्थायी स्मारक त सन् १८८५ मा सर्वप्रथम महाराजा वीरशमशेर जबराद्वारा सङ्ग्रह गरिएको २४,००० ग्रन्थहरूको विशाल पुस्तकालय हो। उक्त पुस्तकालय परम्परागत नेपाली विद्वत्ताको स्तम्भ मात्र नभई परम्परामा रहेका सीमाबद्धता दर्शाउने सजीव उदाहरण समेत पनि हो। ती ग्रन्थहरूमध्ये धेरै जसो त आजभोलि झन् झन् रहस्यमय हुँदै गएका छन्, यसो हुनुको कारणमा कहीं त तिनको अक्षर र तिनका भाषामा पाइने विविधता पनि हो (जस्तै, संस्कृत, मैथिली, नेवारी, तिब्बती र चिनियाँ भाषामा), तथापि मुख्य रूपमा तिनका विषयवस्तु र पुरानो भइसकेको दृष्टिकोण र त्यसको प्रस्तुतीकरण नै हो।
केही प्रशिक्षित विशिष्ट जानिफकारहरूको सानो जत्थाको सहयोग विना यी ग्रन्थहरू मृत सागरका खाता वा टुटनखामेन समाधिमा पाइएको लिपि सरह नै नबुझिने र असङ्गतिपूर्ण हुने सम्भावना छ। मूल रूपमा परम्परागत नेपाली विद्वत्ताको चरित्र यौगिक छ। अक्षरहरूमा अन्तर्निहित बुट्टा र चित्रणहरूको सौन्दर्य-शास्त्रलाई नछोए पनि, यसमा मुख्य त टीका, भाष्य र विधि-विधानकै आधिकारिक सूत्र पाइन्छ। यसको परम्परा पनि धार्मिक सूत्रहरूको श्रुतिपरम्परा जस्तै छ, भनौं न सिर्जनात्मक, अनास्थापूर्ण, शङ्का उमार्ने र समालोचनात्मक प्रवृत्तिको सट्टा चिरन्तनकै प्रथा र विधान कायम गर्ने र संरक्षणको परम्परा।
नेपाली विद्वत्ताको परम्पराको चारित्रिक विशिष्टता हो- आलोचनात्मक प्रवृत्तिको सट्टा सूत्रीय पूर्व-चिन्तन, भौतिकको बदला आध्यात्मिक, साकारको सट्टा उपदेशात्मक प्रवृत्ति अपनाउनु। एक किसिमसँग गोरखाली सत्ताको उदय भएपछि यस परम्परासँगको जीवित सम्पर्क चुँडिन गयो। जे जति कायम रह्यो त्यो सिर्फ शास्त्रविधि मात्रमा सीमित भयो। सन् १७६९ पछिको नेपाली जीवनमा आएको बदलिंदो परिस्थिति अनुरूप परम्परामा हेरफेर गर्दै त्यसलाई सिर्जनात्मक नवीनीकरण गर्नु सट्टा यो त विगतसँगको सम्पर्क मात्र रहन गयो।
काठमाडौं उपत्यकाका युद्धरत मल्ल राजाहरू उपर विजय गरी सन १७६९ मा गोरखाका राजा पृथ्वीनारायण शाहले आफ्नो राज्य विस्तृत पारे। राजनीतिक दूरदर्शिता अपनाएर काठमाडौंलाई नै उनले आफ्नो नवीन राजधानी बनाए। ६ वर्षपछि, सन् १७७५ मा, उनको स्वर्गारोहण हुँदा, गद्दीका उत्तराधिकारीहरूमा धेरैजसो नाबालक नै भए, र रिजेन्ट बनेका उनका आमाहरूमा शक्ति सञ्चित हुन पुग्यो।
राजनीति तथा राज्यव्यवस्थाको अनुभवको अभाव भएकाले यी राजमाताहरूलाई सहजै प्रभाव पार्न सकिन्थ्यो। परिणाम स्वरूप, रिजेन्सीका कालभरि नै (सन् १७७५ देखि १८४५ सम्म), गद्दीका लागि परस्पर विनाशकारी होड चली नै रह्यो। अनि फेरि चीनसँग सन् १७९० को तथा ब्रिटिश भारतसँग भएको सन् १८१४ को युद्ध पनि त थियो। अन्य भारदारका परिवारलाई उल्लेख नगरे पनि थापा एवं पाँडेका परस्पर विरोधी परिवारले मात्रै शक्ति हात पार्ने प्रयासको परिणाम स्वरूप सन् १८३७ देखि १८४६ बीच झण्डै नौ सरकारको गठन भयो।
भारतको भूमि उपर भएको ब्रिटिश शासनको १९० वर्षको अवधिले सांस्कृतिक ढङ्गबाट नेपाललाई खास प्रभाव भएन। तर पनि, नेपालप्रति ब्रिटिश महत्त्व अरक्षीय खालकै रह्यो।
'षड्यन्त्रपूर्ण कार्यवाही चरम सीमामा पुग्यो रहस्यमय परिस्थितिमा भएको जनरल गगनसिंहको हत्या काण्डद्वारा' (नेपाली सन् १९६५ : १३-१४)। यही अन्त्यमा गएर एक पृष्ठभूमि बन्न पुग्यो जसको रङ्गमञ्चमा १५ सेप्टेम्बर १८४६ को मध्यरात्रिको नृसंश हत्याकाण्ड–कोतपर्वद्वारा जंगबहादुर तथा उनका भाइहरूले शाही-खूनको खोला नै बगाएर शक्ति-तृषित नेपालको दरबार रूप नै बदलिदिए।
भारतको भूमि उपर भएको ब्रिटिश शासनको १९० वर्षको अवधिले सांस्कृतिक ढङ्गबाट नेपाललाई खास प्रभाव भएन। तर पनि, नेपालप्रति ब्रिटिश महत्त्व अरक्षीय खालकै रह्यो। नेपालका आन्तरिक मामिलामा ब्रिटिशले 'हस्तक्षेप' गरे भनेर त्यो अवस्था भएको होइन बरु नेपालले आधुनिक परिस्थिति अनुरूप गर्न खोज्ने विकास कार्यक्रमप्रति दर्शाएको उनीहरूको अडिग र चिसो बेवास्ताको भावनाले ल्याएको अवस्था थियो त्यो।
सन् १९२३ सम्म पनि प्रशासनको झञ्झट नबोकेर पनि ब्रिटिशले नेपालबाट उपनिवेशको सारा सुविधा पाइरहेको थियो। जंगबहादुर तथा उनका उत्तराधिकारीलाई प्रदान गरिएको ब्रिटिश संरक्षण, तथा आफ्नो यूरोप भ्रमणको सिलसिलामा जंगबहादुरले बेलायतमा पाएको गौरवपूर्ण सत्कार निश्चय पनि नेपाल-ब्रिटेन मैत्रीका उज्ज्वल काल थिए। तापनि, भारत भू-खण्डमा रहेको ब्रिटिश उपस्थितिद्वारा नेपाल उनीहरूप्रति अनुगृहित हुनुपर्ने कुनै कारण छैन।
भारतमा, साम्राज्यवादीहरूप्रति जे जस्तो क्रोध राष्ट्रवादीले व्यक्त गरून्, ब्रिटेनप्रति भारतको ऋणी भावना उसको इतिहासको एक विषम अध्याय रहिरहने सम्भावना छ। किनभने, आधुनिकीकरणको जुन विशाल प्रयास भारतले अपनायो, त्यसको आधारशिला स्थापित गर्ने ब्रिटिश नै हुन्। भौतिक र अभौतिक दुवै संस्कृतिको आधुनिकीकरणका लागि आन्तरिक सङ्गठन भारतमा ब्रिटिशले नै छाडेर गएका हुन्।
एशियामा सर्वोत्तम प्रकारको सरकारी सेवा-इन्डियन सिविल सर्भिस - पनि उनकै देन हो, आधुनिक शिक्षण शैलीको आकाङ्क्षा गर्ने साधन स्वरूप अन्य अन्य पीठका अतिरिक्त कलकत्ता, बम्बई तथा मद्रासस्थित विश्वविद्यालय पनि उनकै देन हो, एशिया र अफ्रिकाका सारा देशहरूमध्ये, जापान छाडी, सबभन्दा बढी शिक्षित जनसङ्ख्या भएको भारत पनि उनकै देन हो, पश्चिमका मुलुकहरू बाहेक पत्रकारिताबारे दीर्घकालीन अनुभव भएको भारत बन्नु पनि उनकै देन हो, र फेरि, जापान छाडी, एशियामा सबभन्दा विस्तृत रेलमार्ग भारतमा छाड्ने श्रेय पनि उनकै हो।
पश्चिमी खालका लौकिक अध्ययनहरू, जस्तै भाषाविज्ञान, समाज विज्ञान वा मानव विज्ञानको कुरा नगरे पनि, इन्डोलोजी नै पनि ब्रिटिशको ठूलो उपहार हो। भारतका मातृभाषा साहित्यको आधुनिकीकरणमा समेत अङ्ग्रेजी भाषाको ठूलो हात रहेको छ।
भारतको आफ्नो महानताबारे शैक्षिक, सामाजिक तथा सांस्कृतिक चेतना जगाइदिएर मात्र ब्रिटिश भारतबाट गएका हुन् (उदाहरणका लागि, बंगालको जागरण मात्र हेरे पुग्छ)। पश्चिमी खालका लौकिक अध्ययनहरू, जस्तै भाषाविज्ञान, समाज विज्ञान वा मानव विज्ञानको कुरा नगरे पनि, इन्डोलोजी नै पनि ब्रिटिशको ठूलो उपहार हो। भारतका मातृभाषा साहित्यको आधुनिकीकरणमा समेत अङ्ग्रेजी भाषाको ठूलो हात रहेको छ।
अनेक भारतीय मस्तिष्क सांस्कृतिक तथा मनोवैज्ञानिक परिवर्तन उमार्न अङ्ग्रेजीले कार्य गरेको छ। भारतको त्यस महाद्वीपमा यस्ता सांस्कृतिक प्रभाव ब्रिटिशद्वारा उत्पन्न भइरहेको वेला नेपालमा यसको कुनै प्रभाव भएन र ऊ सबै कुरामा वञ्चित रह्यो।
वास्तविक कारण चाहिं ब्रिटिशहरूको बेवास्ता मात्र होइन। खासमा भारतका ब्रिटिशहरूको प्रोत्साहन पाएर जंगबहादुर तथा उनका उत्तराधिकारीहरूले जानीजानी अपनाएको सङ्कुचित नीति हो जस अन्तर्गत शक्तिको पूर्ण केन्द्रीकरण आफ्नै परिवारमा गर्ने तथा विश्वका अन्य भागसँग राजनीतिक-सांस्कृतिक सम्पर्क पटक्कै नगर्ने नीति थियो। तथापि, सांस्कृतिक फलामे पर्दाभित्र यस्तो नीति अक्षरश: कार्यान्वयन गर्नु सजिलो कुरा थिएन- खासगरी सत्तारूढ परिवारकै लागि। किनभने, काठमाडौं सत्तामय-राजनीतिमा आफ्नो स्थान दरिलो हुनासाथै, जंगबहादुर सन् १८५० को जून महीनामा यूराेपतर्फ हिंडे।
आफ्नो यूराेप तथा बेलायतको भ्रमणबाट उनी निकै प्रभावित भए। परिणाम स्वरूप, तत्कालीन कैयन् सन्की प्रचलन उनले नेपालमा आयात गरे (राष्ट्रिय धून सम्बन्धी प्रसिद्ध कथन नै सम्झनोस् न!)। नेपालको आदिकालीन फौजलाई पुनर्गठन गर्ने विचार पनि उनले उतैबाट ल्याए, दैनिक जीवनमा प्रयोग हुने वस्तुको सौन्दर्य-परिभाषामा पश्चिमीपन आयो, दरबारहरू समेत पनि पश्चिमी शैलीका बने।
कैयन् प्रकारबाट, थापाथली दरबारको निर्माण नै परम्परागत नेपाली कला र संस्कृतिको अन्त्यको प्रारम्भ थियो। जंगबहादुर कुनै ज्यादै शिक्षित व्यक्ति थिएनन्, तथापि ब्रिटिश सत्ताको गुप्त उद्गम स्रोत पहिल्याउने चलाखी उनमा निश्चय पनि थियो।
कैयन् प्रकारबाट, थापाथली दरबारको निर्माण नै परम्परागत नेपाली कला र संस्कृतिको अन्त्यको प्रारम्भ थियो। जंगबहादुर कुनै ज्यादै शिक्षित व्यक्ति थिएनन्, तथापि ब्रिटिश सत्ताको गुप्त उद्गम स्रोत पहिल्याउने चलाखी उनमा निश्चय पनि थियो।
त्यसकारण, विश्व साम्राज्यको त्यस स्रोतको बढी र गहिरो स्वाद लिने मनसायबाट, अङ्ग्रेजी भाषा जान्नुपर्ने आवश्यकता उनले देखे। सन् १८५० पछि, परिवारको उत्तराधिकार ग्रहण गर्ने र कायम राख्ने उद्देश्यमा त्यस्तो दीक्षा परमावश्यक हुन गयो त्यस वर्गलाई। यसप्रकार स्वदेश फर्कनासाथ, सन् १८५३ मा थापाथली दरबारको भुइँतलामा एक कोही मि. क्यानिङ नामक व्यक्तिको रेखदेखमा सानो क्लास स्थापना गरियो। मि. क्यानिङ (भट्टराई मिति नखुलेको) जंगबहादुरका भाइ भतिजाहरूलाई अङ्ग्रेजी, गणित तथा इतिहासमा अष्टम श्रेणीसम्मको शिक्षा दिने गर्थे।
यसप्रकार, पश्चिमीको आधुनिक शिक्षा बीजारोपण यसरी एउटा राणा दरबारको भुइँतलामा हुन गयो। यी निजी पाठनले झण्डै ३० वर्षसम्मको कालमा फिरन्ते र शरणार्थी पाराको जीवन अपनाउनुपर्यो, र सन् १८८९ तिर मात्र यसले बास पायो दरबार स्कूलमा (दरबारमा जन्मेकाले यसको नामकरण पनि त्यस्तै भएको हुनुपर्दछ)। तथापि उच्चतम शिक्षाको द्वार- दरबार स्कूलको द्वार, जनसाधारणका सन्तति निमित्त सन् १८९६ अघि खुलेन। कलकत्ता गएर इन्ट्रान्स परीक्षामा उत्तीर्ण हुने प्रथम नेपाली थिए चन्द्रशम्शेर जबरा। त्यो पनि झण्डै सन् १८८४ को कुरा।
कैयन् दशकसम्मै, स्कूलका विद्यार्थीहरू सिर्फ सात भाइ र सत्र भाइ खलक र तिनका भित्रिया सन्ततिमा नै सीमित रह्यो (आचार्य २०१७, बज्राचार्य सन् १९५९, श्रेष्ठ मिति नखुलेको)। पटना एसएलसी परीक्षाको केन्द्र नेपाल सन् १९२४ मा बन्यो, तथा सन् १९३३ मा मात्र गएर यसले आफ्नो स्वतन्त्र एसएलसी बोर्ड स्थापित गर्यो।
आफूसँग स्वदेश ल्याएका अनौठा वस्तुहरूमध्ये जंगबहादुरले हातबाट चल्ने एउटा छापाखानाको मेसिन पनि ल्याएका थिए– तथाकथित गिद्धे प्रेस (देवकोटा सन् १९६७, जसको निर्माता भी. एण्ड जे. जनिसि मेकर्सको ट्रेडमार्कका रूपमा त्यसमा गिद्धको पखेटाको चिह्न थियो)। सन् १८५१ को त्यस गिद्धे प्रेसले, तत्कालीन रूपमा नभए पनि, नेपालको हस्तलिखित युगको अन्त्य ल्याइदियो। सन् १८७० सम्ममा हातले चल्ने छापाखाना दुई ओटा मात्र हुन सके नेपालमा– र तिनको उपयोग ऐन, कानून, आदेश, डाँक टिकट तथा सरकारी विज्ञप्ति छाप्न मात्र गरिन्थ्यो।
प्रारम्भिक कालको पहिलो अंशतिर नेपालमा, झण्डै आधा दर्जन छापाखाना थिए- कि त सत्ताधारी परिवार कि त राजगुरुको परिवारमा मात्र ती सीमित थिए। सन् १९१२ मा मात्र बिजुलीद्वारा चल्ने पहिलो छापाखानाको स्थापना नेपालमा भयो।
प्रारम्भिक कालको पहिलो अंशतिर नेपालमा, झण्डै आधा दर्जन छापाखाना थिए- कि त सत्ताधारी परिवार कि त राजगुरुको परिवारमा मात्र ती सीमित थिए। सन् १९१२ मा मात्र बिजुलीद्वारा चल्ने पहिलो छापाखानाको स्थापना नेपालमा भयो। सन् १८९३ तिर मात्र नेपालको पहिलो निजी प्रेस पशुपति छापाखानाको सञ्चालन प्रारम्भ भयो तथा सन् १९५० को अन्त्यतिर, स-साना प्रकारका भए पनि, जनताका स्वामित्व भएका केही प्रेसहरू अझै थपिए।
आधुनिक बुद्धिजीवी वर्गको अभ्युत्थान निमित्त मूलभूत आवश्यकता नै छ छापाखानाको, जसका माध्यमद्वारा छाप्ने शब्दहरू विशाल सङ्ख्यामा उत्पादन तथा उपभोग हुन सकोस्। तथापि, छापाखानाबाट मुद्रित भएको नेपालको प्रथम पुस्तक कदाचित् पण्डित नरदेव तथा मोतिकृष्ण शर्माद्वारा लिखित संस्कृत प्रवेशिनी थियो, सन् १९०२ मा प्रकाशितस प्रथम मुद्रित पत्रिका सुधा सागर सन् १८९८ मा निकालियो, तथा प्रथम अखबार गोरखापत्र सन् १९०१ तिर मात्र निस्क्यो (३ जेठ १९५८ को सोमबारका दिन)। नेपाली भाषाको इतिहासमा, यसप्रकार, मुद्रित वाक्यको सांस्कृतिक परम्परा अल्पायुक्तकै रहेको छ।
अनुसन्धानपूर्ण यस लेखको प्रारम्भतिर नै मैले वर्तमान नेपालको भाषाको अवस्थाबारे चर्चा गरिसकेको छु। जनसङ्ख्या प्रतिवेदन अनुसार (सन् १९३४ सम्म पनि गोरखाली भनिने) नेपाली भाषा प्रमुख भाषा हो र यसलाई अधिराज्यका सम्पूर्ण जनसङ्ख्याको ५१ प्रतिशतले उपयोग गर्छ। अहिलेसम्म प्राप्त सबभन्दा पुरानो नेपाली मुद्रालेख हो ताम्रपत्रमा अङ्कित पुण्यमल्ल कालको- सन् १३३७ को (पोखरेल २०२२)। काठमाडौं उपत्यकामा समेत, उत्तर मल्लकालमा नेपालीलाई मुख्यतया मातृभाषाको रूपमा प्रशस्त प्रयोग गरेको पाइन्छ। किनभने, पृथ्वीनारायण शाहका आगमन अघिसम्म, बौद्धिक अभिव्यक्तिको माध्यमभन्दा पनि नेपाली भाषालाई जनभाषाका रूपमा अपनाइएको थियो।
मुद्रालेख तथा हस्तलिखित पुस्तिका दुवैमा नेपालीभन्दा बढी प्रयोग संस्कृत, मैथिली र नेवारीकै गरिन्थ्यो। स्थानीय विद्वानहरू प्रचलित सारा भाषाहरू सट्टा संस्कृत नै रुचाउँथे, र नेपाली अवहेलित भइरहेको थियो। भानुभक्त आचार्य (सन् १८१४-१८६८) तथा मोतिराम भट्ट (सन् १८६६-१८९६) अघि नेपाली भाषालाई प्रान्तीय भाषाजन्य अनिश्चयता एवं विभेदको सामना गर्नुपरेको थियो। किताबहरूको रचनात्मक प्रयोगका सन्दर्भमा भानुभक्तअघि तथा पछिका दुवै काल महत्त्वपूर्ण छन् भन्ने कुरा उपर शङ्कै छैन, तथापि सन् १९१३ मा गोरखा भाषा प्रकाशिनी समितिको स्थापना भएपछि मात्र नेपालीलाई पूर्णतया भाषाको रूप प्रदान गर्न सक्रिय तथा क्रमबद्ध प्रयासहरू भए।
कुनै ठोस प्रभाव पार्ने पहिलो साहित्यिक पत्रिका शारदाको प्रकाशन सन् १९३३ मा भयो। वास्तवमा, आधुनिक नेपाली साहित्यको शिलान्यास गर्ने देवकोटा, सम, भिक्षु तथा सिद्धिचरण जस्ता व्यक्तिलाई यही साहित्यिक पत्रिकाले फस्टाउने अवसर दियो। यसरी, अहिले नेपालमा झण्डै ६० ओटा प्रिन्टिङ प्रेसहरू (जसमध्ये ४० त काठमाडौं उपत्यकामै छन्) तथा सयकडौं पत्रिका एवं अखबारहरू भए तापनि, यो हालसालैको उपलब्धि हो जसलाई २०-३० वर्षको सङ्कुचित इतिहास भने हुन्छ। नेपाली सरकारी भाषाका रूपमा चलेको केही शताब्दी भए पनि, यसको प्रस्फुटन भएको, यसरी हालैको उपलब्धि हो।
प्रधानमन्त्री चन्द्रशम्शेर जंगबहादुर राणाको शासनकाल नेपालका लागि घटनाप्रधान भएको छ। नेपालमा दासप्रथा अमलेख गर्ने उनै हुन्- र त्यो पनि हालैको, सन् १९२५ को कुरा हो। नेपाललाई आधुनिक बनाउने उनको प्रयास निन्दनीय भन्न सकिंदैन। नेपालमा बिजुली बत्तीको प्रवेश गराउने तथा सन् १९१७ मा जनसाधारणको प्रयोग निमित्त सुलभ तुल्याउने उनी नै हुन्।
अनेक किसिमबाट, प्रधानमन्त्री चन्द्रशम्शेर जंगबहादुर राणाको शासनकाल नेपालका लागि घटनाप्रधान भएको छ। नेपालमा दासप्रथा अमलेख गर्ने उनै हुन्- र त्यो पनि हालैको, सन् १९२५ को कुरा हो। उनको राजनीतिलाई अलग पारी, अहिले विचार गर्दा। नेपाललाई आधुनिक बनाउने उनको प्रयास निन्दनीय भन्न सकिंदैन। नेपालमा बिजुली बत्तीको प्रवेश गराउने तथा सन् १९१७ मा जनसाधारणको प्रयोग निमित्त सुलभ तुल्याउने उनी नै हुन्।
पब्लिक रिजाँयर निर्माण गराई फिल्टर भएको खानेपानी सप्लाई गर्न उनले लगाए, सानो गेजको रेल नेपालमा चलाउने उनै हुन्, र यो अझैसम्म नेपालको एक मात्र रेलमार्गका रूपमा चालू नै छ। हुनसक्छ, आउँदा प्रबुद्ध सन्ततिहरूले यी सारा अनुदानका भावनाहरूप्रति त्यत्तिको आदर व्यक्त नगरोस् जति गरिने सम्भावना छ नेपालको प्रथम आधुनिक कलेजप्रति। सन् १९१८ मा त्रि-चन्द्र कलेजको उदघाटन गरिसकेपछि प्रधानमन्त्री चन्द्रशम्शेरले भनेका थिए रे, “हाम्रो विनाशको श्रीगणेश हो यो।”
सारा पश्चिमी यूराेपमा बोल्सेविक क्रान्ति दन्किरहेको वेला नेपालमा भने स्कूलपछिको आधुनिक शैलीको खसो प्रसाधन भर्खर भर्खर जोरिएको थियो। प्रारम्भिक रूपमा कलकत्ता विश्वविद्यालय सम्पर्क रहेको त्रि-चन्द्र (सेन मिति नखुलेको) कलेज शुरूमा आर्ट कलेज मात्र थियो, साइन्स सम्बन्धित शिक्षा धेरैपछि सन् १९३० पछि मात्र गाभियो यसमा। यस कलेजबाट स्नातक भएका पहिला विद्यार्थीहरू भैरवबहादर प्रधान तथा प्रसन्नमान सिंह प्रधान दुवै प्राचार्यका रूपमा हामीबीच अझै छन्।
अनेक किसिमबाट, यस कलेजको ५० वर्षको इतिहास नै समकालीन नेपाली बुद्धिजीवी वर्गको शैक्षिक उत्तराधिकारको इतिहास हो। किनभने, सन् १९५१ अघि, अधिराज्यमा उच्चशिक्षा हासिल गर्न सकिने यही एउटै मात्र संस्था थियो। आज सरकारी सेवा, शिक्षण, सेना, पत्रकारिता, साहित्यिक व्यवसाय, वा सञ्चालन व्यवस्थामा शक्ति सञ्चालन गर्ने प्रभाव पार्न सक्ने उच्च स्थलमा विराजमान भएका प्राय: सबै व्यक्तिले कि त यही त्रि-चन्द्र कलेजमा कि त पटना, बनारस, लखनउ, इलाहाबाद र कलकत्ता जस्ता उत्तरी भारतका शहरमा शिक्षा पाएका हुन्।
कलेजका तिनताकाका शैक्षिक समुदायको गगनमा सरदार नरेन्द्रमणि आचार्य दीक्षित वा प्रोफेसर रामप्रसाद मानन्धर जस्ता उज्ज्वल सिताराहरूको अभाव भने निश्चय पनि थिएन, तथापि त्रि-चन्द्र कलेज अन्डर-ग्राजुएट कलेज मात्र थियो र त्यस वेलाको राजनीतिक वातावरणमा क्लास-रूमका सामान्य दैनिक शिक्षाका अतिरिक्त अन्य प्रसाधन उपलब्ध थिएन। नेपालका अन्य अन्य कुरा सरह नै नेपाली शैक्षिक कुञ्जमा समेत बुद्धिजीवीको स्वतन्त्र विकासका लागि हावापानी मिल्दो बनिसकेको थिएन।
सन् १९५० भन्दाअघि भारत छाडी विदेशका अन्य मुलुकमा शिक्षा लिन यदाकदा नै नेपाली जान सम्भव भएकाले, भारतमा गई पीएचडी प्राप्त गर्ने प्रथम नेपाली हुनुहुन्छ प्रोफेसर नारायणबहादुर मानन्धर (शर्मा २०२२), जो अघिका प्रथम स्नातकहरू सरह नै, रिटायर्ड भइसके पनि हामीबीच विद्यमान हुनुहुन्छ। समकालीन नेपाली बुद्धिजीवी वर्गको सांस्कृतिक रचनाको चर्चाको सिलसिलामा, नेपालको पहिलो र एक मात्र विश्वविद्यालयको समेत कानूनद्वारा गठन भएको हालै अर्थात् सन् १९५९ मात्र हो भन्ने सम्झिन पुग्नु मनासिबै होला। त्यस कालतिर त भारतका विश्वविद्यालयहरूको शतवार्षिक समारोह पनि मनाइसकिएको थियो।
त्रिभुवन विश्वविद्यालयको संस्थापनाअघि, एमए वा एमएस्सी, एमकम वा एमएडको डिग्री चाहना गर्ने प्रत्येक नेपालीलाई भारततिर लाग्नै पर्ने तथा बनारस, पटना वा कलकत्ताको चर्को गर्मीमा दुई वा तीन वर्षको तपस्या गर्नै पर्थ्यो। अझै पनि डाक्टरी, कृषि वा इन्जिनियरिङ जस्ता प्राविधिक तालीम हासिल गर्न हाम्रा युवक-युवतीहरू प्रायः उतै जान्छन्।
त्रिभुवन विश्वविद्यालयको संस्थापनाअघि, एमए वा एमएस्सी, एमकम वा एमएडको डिग्री चाहना गर्ने प्रत्येक नेपालीलाई भारततिर लाग्नै पर्ने तथा बनारस, पटना वा कलकत्ताको चर्को गर्मीमा दुई वा तीन वर्षको तपस्या गर्नै पर्थ्यो। अझै पनि डाक्टरी, कृषि वा इन्जिनियरिङ जस्ता प्राविधिक तालीम हासिल गर्न हाम्रा युवक-युवतीहरू प्रायः उतै जान्छन्। यसप्रकार, नेपालका “आधुनिक” शिक्षितहरूको इतिहासमा अ-प्राप्ति बाहेक केही छैन भने हुन्छ।
समकालीन अवस्था उपर निरीक्षण गर्ने वेलामा, विगत दुई दशकमा नेपाल, भारत तथा समुद्र पारका देशहरूमा नेपालीहरूको शैक्षिक सुअवसरको के कस्तो गुणात्मक स्तर थियो त्यसबारे विस्तृत रूपमा विचार गर्ने नै छु, तसर्थ यहाँ मैले दुई कुरा मात्र छुन खोजेको छु, त्यो हो (१) सन् १९५० अघिको प्रचलित परम्परागत शैक्षिक पद्धतिहरू तथा (२) सन् १९५० अघिको सरकारी सेवाको प्रकृति। दुई बँदा उपर म केही विचार व्यक्त गर्न चाहन्छु, किनभने वर्तमान अवस्थाका जुन प्रशासकीय-न्यायिक, प्राविधिक-परराष्ट्र सेवाहरू छन् तिनलाई जन्माउने व्यवस्थाको आन्तरिक स्वभावको जानकारी हामीलाई यसबाट हुन जानेछ।
स्वच्छन्द रूपका साहित्यिक, शिक्षण, पत्रकारिता तथा व्यवस्थापन जस्ता व्यवसायहरू बाहेक, श्री ५ को सरकारले नियमित बजेट अन्तर्गत नै झण्डै १,५०० राजपत्राङ्कित अफिसरहरू तथा विकास बजेट माध्यमद्वारा प्राय: ९०० अरू व्यक्ति सेवामा लगाएको छ। नेपाली बुद्धिजीवी वर्गको अवस्था बुझ्न र मूल्याङ्कन गर्न, नेपालको साक्षर जनसङ्ख्याको उत्पादनको प्रमुख अंश स्वयंमा लीन गर्ने यस विशाल व्यवस्थाको सङ्गठन, प्रवृत्ति तथा महत्त्व-पद्धतिको जानकारी गरेर मात्र पुग्दैन, हामीले यस सङ्गठनको पूर्व-प्रकृति पनि बुझ्नुपर्दछ, कारण त्यो वंश-परम्परागत चरित्रबाट यो उम्किन सकेको छैन।
तथापि, यस विषयलाई टिप्नुअघि, नेपालको पश्चिमी-पद्धतिको शिक्षण सँगसँगै हुर्केको परम्परागत शिक्षण पद्धतिबारे एक-दुई कुरा भन्नेछु। सर्वप्रथम त छ, धर्म शास्त्रहरूको व्याख्या एवं श्रुतिमा आधारित व्याकरण, दर्शन, तर्कशास्त्र, साहित्य, ज्योतिष-विद्या, गणित तथा पुराण जस्ता विषयहरूमा नेपालको अतीतकालीन गौरवपूर्ण बुद्धिजीवी परम्पराको कट्टरपन्थी शिक्षण पद्धतिलाई संस्कृत विद्वत् वर्गले अटूट किसिमबाट एक धार्मिक अनुष्ठानका रूपमा कायमै राखेको प्राचीन परम्परा।
यो पद्धति ब्राह्मणहरूको जन्मसिद्ध अधिकारका रूपमा उनकै लागि सञ्चित छ र यो प्राचीन हिन्दू आदर्शप्रति पूर्ण रूपमा धर्मनिष्ठ छ। कर्मकाण्ड गर्ने ब्राह्मण मात्र होइन त्यो पेशा नअपनाउने समेत, दुवै थरीमा कुनै अवहेलना विना जीवनमा मिसिंदै यो क्रम चली नै रह्यो। यस शिक्षा प्रणालीद्वारा उत्पादित समुदाय चाहिं सत्ताधारी शक्ति जे जस्तो भए पनि तीप्रति हृदयदेखि नै बफादार रहे। यस परम्परा अन्तर्गतका विद्वानहरू यी कालहीन परम्पराबाट हटेको अवसर शायद एउटै मात्र छ- त्यो हो सन् १९४८ को तथाकथित जयतु संस्कृतम् आन्दोलन।
हाल उदार नीति अपनाएर सरकारले यस शिक्षा पद्धतिलाई निःशुल्क शिक्षा तथा छात्रवृत्ति समेत दिने व्यवस्था गरी संरक्षण प्रदान गरेको छ। यसका शिक्षकहरू एकोहोरे विद्वान् छन् जो भाषा पाठशाला, संस्कृत महाविद्यालय तथा विश्वविद्यालयको आचार्य विभागमा काम गर्छन्। गुरुवाक्य नै ज्ञानको चरमोत्कर्ष रूप हो भन्ने विचारधारा अपनाउने गुरुकुल परम्पराकै प्राचीन तथा कट्टरपन्थी पद्धति छ यस शिक्षा-प्रणालीको।
नेपाली संस्कृतिको हिन्दू आधार, नेपाली जनजीवनमा राजवंशको कर्तव्य जस्ता आदर्शलाई राजकुलद्वारा अ-अनुमोदित रूपमा भए पनि प्रकाशन गरेर वा सादा जीवन उच्च विचार मान्ने प्राचीन वैदिक आदर्शहरूलाई भौतिकवादी नेपाली युवा वर्ग समक्ष प्रस्तुत गरेर पञ्चायती आदर्श भवनको जगमा यिनले प्रशस्त बलिया स्तम्भ खडा गरेका छन्।
यस खोजपूर्ण लेखमा परम्परागत यस प्रणालीको प्रसङ्ग ल्याइनु आवश्यक परेको कारण के छ भने यसले नेपालको समकालीन बुद्धिजीवी वर्गको सक्रिय ठूलो अंशमा आफ्नो उपज प्रस्तुत गरेको छ। भाषा, धर्म, इतिहास, संस्कृति तथा नेपाली प्राचीनता जस्ता विशिष्ट क्षेत्रमा उनको योगदान प्रशस्त छ। नेपाली संस्कृतिको हिन्दू आधार, नेपाली जनजीवनमा राजवंशको कर्तव्य जस्ता आदर्शलाई राजकुलद्वारा अ-अनुमोदित रूपमा भए पनि प्रकाशन गरेर वा सादा जीवन उच्च विचार मान्ने प्राचीन वैदिक आदर्शहरूलाई भौतिकवादी नेपाली युवा वर्ग समक्ष प्रस्तुत गरेर पञ्चायती आदर्श भवनको जगमा यिनले प्रशस्त बलिया स्तम्भ खडा गरेका छन्। शिक्षाको यो पद्धति, जीवनप्रतिको यो दृष्टिकोणले कैयन् शताब्दीदेखि नै आफ्नै माटो सुहाउँदो एक बौद्धिक संस्कृतिको द्वीप निर्माण गर्ने गरेको छ, जसबाट नेपाली मस्तिष्क परिवर्तनका सारा लहडहरूको प्रभावबाट मुक्त रहन्छ।
तथापि, संस्कृत शिक्षण पद्धतिका उत्पादनमध्ये, प्रशासन वा अन्य संस्थानमा के कति व्यक्तिको अनुपात सन् १९५० अघि थियो वा पछि छ भन्ने मलाई थाहा छैन। तर, सन् १९५० अघिको निजामती सेवाको तहमा प्रशस्त सङ्ख्यामा काजी, सरदार, मिर सुब्बा, सुब्बा, नायब सुब्बा, खरदार, डिट्ठा, मुखिया, नायब डिठ्ठा, बहिदार, रायटर, नायब रायटर नामक भारदारहरू तथा रकमीहरू थिए, र यी प्रायश: सारा स्रेस्ता पाठशालाका (श्रेष्ठ सन् १९६५) उपज थिए। सबभन्दा राम्रो के गर्न सक्छ भने, यस सम्बन्धमा नेपालको सरकारी सेवाका एक विशेषज्ञलाई म यहाँ उद्धृत गर्छ:
राणाकालको सरकारमा जागीर खान आवेदनपत्र दिनसम्म पनि (निजामती परीक्षाको) जाँच पास गर्नुपर्दथ्यो, स्वतन्त्र स्पर्धा भन्ने कुरै थिएन। कार्यअनुरूप व्यक्ति छ/छैन भन्ने पनि केही महत्त्व राख्दैनथ्यो। सरकारी सेवामा नियुक्ति पाउन निमित्त सरकारी ओहदाका मुख्य ठाउँमा रहेका व्यक्तिलाई रिझाउन सक्ने क्षमता नै एक मात्र योग्यता ठानिन्थ्यो।... दोस्रो सतहको, निजामती प्रशासन शिक्षा पास भएको व्यक्ति चाहिं भर्ना भएर पदोन्नति गर्दै काजीको ओहदासम्म पुग्न सक्दथ्यो, सत्ताधारी परिवारका अतिरिक्त देशका जनताले प्रशासनको माथिल्लो खुड्किलामा पुग्न सक्ने ओहदा त्यही थियो (प्रधान सन् १९७०)।
निजामती परीक्षाबाट छानिएर उक्लेका आज्ञाकारी तथा नौसिन्दे मिजास भएका व्यक्तिहरूको ठूलो जमात बाहेक पनि, सन् १९५० अघिको नेपाल निजामती सेवामा छिर्का जस्तै मैट्रिकुलेटहरू, बीएहरू तथा केही एमएहरू माथिसम्म फाटफुट पुगेका थिए।
यसप्रकार, शक्ति तथा नैतिक अधिकार भएका राजगुरुको अर्को बलियो अंशसँग मिसिएर बनेको यी बुद्धिजीवीहरूको खिचडी सङ्गठन नै राणातन्त्र नामक शासनको जाँतो बनेको थियो (रेग्मी सन् १९५८ए)। बुद्धिजीवी वर्गको उत्थान र विकास एकलकाँटे प्रयासबाट समाजको अंश बन्ने सम्भावना त परै जाओस्, यो प्रशासन समुदाय सिर्जनात्मक प्रेरणा एवं स्वतन्त्र बौद्धिकताको कुनै झिल्कोप्रति पनि विध्वंसकारी भावना राख्दथ्यो। त्यसकारण, नेपालको सांस्कृतिक इतिहासमा नपत्याइसक्ने ढङ्गको एक कलङ्क हो यो नेपाली आत्माको अन्धकारपूर्ण रात्रि- पारिवारिक शासनको एक यस्तो शताब्दी जब साधारण जनतालाई उसका मौलिक नागरिक अधिकारबाट समेत वञ्चित गरिएको थियो। यहाँ रमाइलो एउटा कुरा के देखिन्छ भने, जुन देशमा सांस्कृतिक, शैक्षिक वा साहित्यिक सबै किसिमका सङ्गठनात्मक नागरिक प्रयासलाई दमन गरिन्थ्यो, त्यस ठाउँमा सामाजिक चेतनाको पहिलो लक्षण देखापर्ने बित्तिकै सत्तारूढ प्रधानमन्त्री स्वयं त्यति कम्पित भएनन् जति समयको ज्ञान नभएका पुरोहित वर्ग। सनातनवादी एवं सनातन विरोधीबीच भएको झडपको सबभन्दा पहिलो दृष्टान्त नै एउटा मौलिक अवस्थाको आदर्श हुन गएको छ। आर्यसमाजी स्वामी दयानन्दबाट प्रभावित भएर (स्वर्गीय शुक्रराज जोशी शास्त्रीका पिता) तरुण माधवराज जोशी आर्य समाजको एक कार्यालय खोल्न सन् १८९६ मा काठमाडौं फर्के।
सन् १९०५ मा प्रधानमन्त्री चन्द्रशमशेर जबराले गुरुघरानाका ब्राह्मण पण्डितहरू तथा तरुण माधवराज जोशीबीच एक शास्त्रार्थ सम्मेलनको आयोजना गरे, जसमा राजगुरु प्रयागराज शर्मा (२०२२)ले समेत भाग लिएका थिए।
माधवराजको लिंडेढिपीको विरोध काठमाडौंका कट्टरपन्थी ब्राह्मणहरूले नगरेका होइनन्, तथापि तत्कालीन प्रधानमन्त्री वीरशमशेर जबराले चासो नदेखाएबाट, केही गम्भीर परिणाम निस्कन सकेन। तर, केही समयपछि राणाकालको मध्याह्न वा मध्यरात्रि जे भने पनि, सन् १९०५ मा प्रधानमन्त्री चन्द्रशमशेर जबराले गुरुघरानाका ब्राह्मण पण्डितहरू तथा तरुण माधवराज जोशीबीच एक शास्त्रार्थ सम्मेलनको आयोजना गरे, जसमा राजगुरु प्रयागराज शर्मा (२०२२)ले समेत भाग लिएका थिए। तर्क तथा युक्तिसङ्गत विवाद प्रस्तुत गर्नमा युवक माधवराजले पण्डितहरूको कोलाहललाई उछिने।
केही कालसम्म त प्रधानमन्त्री समेत अवाक् भए। उनले नवयुवकको प्रशंसा गर्न थाले। तथापि, भगवान् पशुपतिनाथ ढुङ्गाका मूर्ति मात्र हुन् भन्ने माधवराजको उक्तिलाई पक्डेर, त्यस्तो आर्यसमाजी मत यहाँ फैलिएमा जनसाधरण व्यक्तिगत वादबाट बहुलाएर राजनीतिक स्वतन्त्रताको माग गर्न थाल्नेछ भनी राजगुरुले भन्नासाथ प्रधानमन्त्रीको राय बदलिहाल्यो। तुरुन्तै, उपस्थित सारा विपक्षी समक्ष विचरा माधवराजलाई कोर्रा ठोकियो, पछि बेइज्जती गर्ने उद्देश्यले शहर घुमाएर उनलाई दुई वर्षसम्म जेलमा बन्दी बनाइयो।
उनका दुई समर्थकहरूमध्ये एक बुद्ध मतावलम्बी थिए, उनलाई दिनदिनै पशुपतिनाथको दर्शन गरी प्रायश्चित्त गर्ने सजाय दिइयो! तीस वर्ष बित्दासम्म पनि यस अवस्थामा केही सुधार हुन सकेको थिएन। अर्को यस्तै सर्वोत्तम उदाहरण दिने हो भने, गंगालाल तथा केदारमान “व्यथित” जस्ता केही साथीहरू मिलेर माधवराजका छोरा शुक्रराजले नेपाल नागरिक अधिकार समिति नामक एक गुप्त सङ्गठन खोली त्यसैका उद्देश्य अन्तर्गत सन १९३९ मा काठमाडौंमा गीताको कर्मयोग उपर प्रवचन दिंदै थिए।
ब्राह्मण कुलका नभएबाट धर्मग्रन्थ गरी बन्दी गर्ने अधिकार छैन भन्ने दोषारोपण गरी उनलाई बन्दी बनाइयो। बीसौं शताब्दीको नेपालको सामाजिक, सांस्कृतिक तथा राजनीतिक जागरणको इतिहासको विस्तृत विवरण गर्न भने म चाहन्नँ। लामो छ भन्ने कुराबाट होइन, कुरा के भने, सारा मूर्दा गोडेर फाइदा नै के जब एक–दुई दृष्टान्त नै पर्याप्त छन्। सेना, पुरोहितवाद तथा निजामती सेवा जस्ता प्रमुख अङ्गको टेवा पाएको उक्त एकतन्त्रीय राणाशासनले नेपालको बौद्धिक इतिहासमा एउटा असामयिक शीत-युग सिर्जना गरेको थियो।
फाटफुट प्रयासका एक–दुई काण्ड भए पनि, सन् १९५० सम्म नेपाली समाजमा कतै कहीं पनि शीत पग्लिने सम्भावनाको लक्षण देखा परेको थिएन। जे जति देखा परेका उदास, उग्र तथा दुःखान्त घटना थिए तिनमा भाग लिने जुन प्रमुख व्यक्ति थिए, ती असनातनी तरुण युवकहरूमध्ये सबैले कि त काठमाडौंमा (दरबार स्कूल, त्रिचन्द्र कलेजमा) वा उत्तर भारतका शहरहरूमा शिक्षा पाएका थिए।
दुई विश्वयुद्धहरूमा भाग लिएको नेपाली पैदल-सेना पनि थियो जो जान्दथ्यो अनुकूल परिस्थितिबाट केही लाभ पाउन सकिन्छ। राजनीतिक विस्फोटको पछिल्लो अवस्थातिर भने, भारतीय आन्दोलनहरूमा भाग लिएका वा भारतका महान् नेताहरूको सम्पर्कमा पुगेका र तिनका प्रभाव क्षेत्रमा परिसकेको नवयुवक नेपालीहरूले जनसमुदायको विप्लवको नेतृत्व लिन पुगे।
अनि फेरि दुई विश्वयुद्धहरूमा भाग लिएको नेपाली पैदल-सेना पनि थियो जो जान्दथ्यो अनुकूल परिस्थितिबाट केही लाभ पाउन सकिन्छ। राजनीतिक विस्फोटको पछिल्लो अवस्थातिर भने, भारतीय आन्दोलनहरूमा भाग लिएका वा भारतका महान् नेताहरूको सम्पर्कमा पुगेका र तिनका प्रभाव क्षेत्रमा परिसकेको नवयुवक नेपालीहरूले जनसमुदायको विप्लवको नेतृत्व लिन पुगे। उसमाथि, धेरै कालदेखि शक्तिको रोलबाट खोसिएका असन्तुष्ट राणाहरू समेत जब यस आन्दोलनमा सरिक हुन पुगे अनि बुझियो एकतन्त्री शासनको मिति पुगेछ।
वास्तवमा माथि उल्लेख भएका कुरा अतीतका भए पनि त्यो यस्तो अतीत हो जो झण्डै इतिहासको सन् १९५० पछिको दशकसम्म पनि पृष्ठभूमि बनी अवस्थित छ। यो एक यस्तो तथ्य हो जसले नेपाली बुद्धिजीवी वर्गको यदाकदा एवं अनर्गल बकवासको घमण्ड तथा समकालीन बौद्धिक अवस्थाको चर्चा एवं उपलब्धि बताउँदछ। हाम्रा भूगोल, वातावरण, इतिहास, संस्कृति तथा शक्ति स्रोतको विकास एवं आधुनिक शिक्षा र सुनियोजित जनप्रशासन जस्ता अन्य संस्थाहरूको अन्तर्मुखी विकास, यी जम्मै विगतका बोझ हुन्- यस्तो वास्तविक बोझपूर्ण सम्पदा जसको अपुताली आजको नेपाली बुद्धिजीवी वर्गले भोग्नबाट उम्किन सकेको छैन।
मैले जनसामान्यबाटै यस लेखनीको आरम्भ गरें, किनभने त्यसबाट प्रारम्भ गर्दा खतरा छैन। कथा तिनको दुःखपूर्ण छ, किनभने त्यसद्वारा अन्य कुराका अतिरिक्त, नेपाली बुद्धिजीवी वर्गको हालैको च्याउ उम्रे सरहको यो विकास अन्तर्मुखी मात्र दर्शाउँदैन। ती त समाजका अव्यवस्थित एक सतह हुन्, किनभने, आफ्ना उद्गम एवं हुर्काइको विपरीत तिनले यस्तो शिक्षा पाए जसबाट एक्कासि उनीहरूलाई अनभ्यस्त भई बीसौं शताब्दीको अन्त्यतिरको समाजमा मिल्नुपर्ने हुन गयो। एक प्रकारले, मध्यकालीन युगमा निदाएका तिनीहरू एक्कासि आँखा खुल्दा बिहान त स्वयंलाई इलेक्ट्रोनिक युगको नियोन बत्तीमा ब्युँझेको पाए।
सन् १९५० पछिको नेपालको दशकका दुई चारित्रिक विशेषता छन्- पहिलो त हो शताब्दी पुरानो राजनीतिक एवं पुरोहिती जुआको बोझबाट छुट्कारा र मुक्ति पाएको बुद्धिजीवी वर्गको अनुभव, र अर्को हो, बौद्धिक तथा सांस्कृतिक सुअवसरको अभूतपूर्ण विस्तार। यस दशकलाई बाह्यमुखी दशक भन्ने नामकरण उचित हुनेछ। किनभने, सबै प्रकारका विचारहरू, गतिविधि एवं सङ्गठित प्रयासहरूको विस्फोट नै भयो यस दशकमा। पूर्व अवस्थित बुद्धिजीवी वर्गको जुन साँघुरो तह थियो त्यो यही दशकमा एक्कासि सक्रिय भयो र उसले आफूलाई व्यक्त गर्यो- सामाजिक, सांस्कृतिक र सबभन्दा महत्त्वपूर्ण रूपमा राजनीतिक पक्षमा।
नेपाली बुद्धिजीवी वर्गको सामाजिक झकाउ एवं राजनीतिक अपरिपक्वतालाई यसले छर्लङ्ग पारिदियो, र दशकको समाप्तितिर त दृष्टिकोणको झुकाउ झन् झन् वामपन्थी हुँदै गयो। मुख्य रूपमा अवस्थित नियम, संस्थाहरू, परम्परा एवं मान्यताहरूप्रति ती आलोचनात्मक थिए। वास्तवमा, तीमध्ये सजक र सक्रियहरूले खुला रूपमा मार्क्सवाद, प्रगतिवाद र मानववाद वा उदार प्रजातान्त्रिक आदर्शहरू ग्रहण गरेका थिए। अनेक रङ्गीय यी गतिविधिमा, आफ्नो विशिष्ट सिद्धान्त प्रतिपादित गर्न तिनलाई सङ्कोच पटक्कै हुँदैनथ्यो।
विद्यार्थी संघ तथा सङ्गठन, युवा सङ्गठन, शान्ति समिति, स्टडी सर्कल, डिबेटिङ सोसाइटी, साहित्यिक संस्थाहरू, कला समाजहरू, पत्रकार संघ, लेखक संघ, सांस्कृतिक संघहरू जस्ता अनेक सामाजिक, साहित्यिक तथा सांस्कृतिक सङ्गठनहरू धमाधम एकपछि अर्को वा एकको विरोधमा अर्को, गठन हुन थाले। निर्विकल्प रूपमा सबैले के विचार गरे भने आफ्नो अस्तित्व कायम राख्नु छ भने कुनै न कुनै राजनीतिक दर्शन उनले ग्रहण गर्ने पर्दछ।
अस्थिर गतिविधिहरूको यस विशाल दृश्यावलीका अतिरिक्त, फेरि, नयाँ स्थापना भएका राजनीतिक दलहरूका कार्यकर्ताहरूमा समेत अनेक रूपमा कार्य गरिरहेका अनेक दक्ष व्यक्ति थिए। १९ फेब्रुअरी १९५१ का दिन, नेपालको प्रथम गैरसरकारी दैनिक आवाज नेपाली भाषामा प्रकाशित भयो। यसपछि त दैनिक, साप्ताहिक, मासिक, तथा अन्य साहित्यिक तथा राजनीतिक दलका सामयिक मुखपत्रहरूको नेपाली, हिन्दी, नेवारी र अङ्ग्रेजीमा बाढी नै आयो। नेपालको रङ्गहीन साना पत्रिकाहरूको जसरी अल्पकालीन आयु हुन्छन्, सोहीअनुरूप यीमध्ये धेरै शिशु-मरणकै शिकार बने। दशकको समाप्ति हुँदा नहुँदा, अधिराज्यका कमसे कम एक वा दई शहरमा भने समुदाय उपर आफ्नो अस्तित्वबोध गराउन चाहिं सफल भयो बुद्धिजीवी वर्ग।
सन् १९५० अघि नेपालमा एक कलेज, ६ हाईस्कूलहरू र झण्डै २०० प्राथमिक पाठशालाहरू थिए। स्रेस्ता पाठशाला वा भाषा पाठशाला जस्ता स्वदेशी शिक्षण केन्द्रका अतिरिक्त बुद्धिजीवी वर्ग निर्माण हुने यी मात्र चिरस्थायी स्रोत थिए।
तथापि, नेपाली बुद्धिजीवी वर्गको जनसमुदाय जुन तीव्रतासाथ बढ्दै गइरहेको थियो, त्यसको चर्चा नगरेमा चित्र अधुरो नै रहन जाने छ। सन् १९५० अघि नेपालमा एक कलेज, ६ हाईस्कूलहरू र झण्डै २०० प्राथमिक पाठशालाहरू थिए। स्रेस्ता पाठशाला वा भाषा पाठशाला जस्ता स्वदेशी शिक्षण केन्द्रका अतिरिक्त बुद्धिजीवी वर्ग निर्माण हुने यी मात्र चिरस्थायी स्रोत थिए। तथापि, दशकको आरम्भदेखि नै स्कूल र कलेजहरू आजको भोलि नै दोब्बर-तेब्बर वृद्धि हुन थाले, जसको परिणाम स्वरूप दशकको अन्त्यतिर नेपालमा शिक्षित जनसङ्ख्यामा निकै वृद्धि भइसकेको थियो।
हुन त तीमध्ये सबैलाई बुद्धिजीवी वर्गको सदस्य भन्न सकिँदैन, तथापि त्यसलाई यस्तो एक विस्तृत आधारभूमि मान्न सकिन्छ जहाँबाट योग्य बुद्धिजीवी विकसित हुन सक्छन। किनभने, वर्गको रूपमा बुद्धिजीवी समुदायको अभ्युत्थान निमित्त ठूलो आवश्यकता हुन्छ शिक्षित दर्शकको विशाल आधारभूमि- एक प्रकारले भनौं, ती उपभोगी बुद्धिजीवी वर्ग हुन्। तिनै ताक, सन् १९५९ अघि नेपालको आफ्नो विश्वविद्यालय नभएकोले उच्चशिक्षा तथा प्राविधिक तालीम लिने इच्छुक उत्साही नेपालीहरू भारततर्फ जाँदै गरे।
यसका साथै, कोलम्बो योजना छात्रवृत्ति ब्रिटिश काउन्सिल छात्रवृत्ति तथा ओरेगन विश्वविद्यालय अनुबन्ध योजनाअन्तर्गत भारत, ब्रिटेन तथा संयुक्त राज्यमा स्नातकोत्तर कार्य गर्ने प्रशस्त मात्रामा नेपाली प्रशिक्षार्थी प्रत्येक वर्ष विदेशका लागि प्रस्थान गर्थे। सन् १९५० पछिको दशकको मुख्य अंशमा नेपाली प्रशिक्षार्थीहरू खास गरी सरकारी अनुदान वा कोलम्बो योजना छात्रवृत्तिअन्तर्गत भारततर्फ गए र प्रायश: उनले मास्टरको डिग्री हासिल गरे। सन् १९५० को दशकका प्रारम्भिक वर्षहरूमा भारत वर्ष गई अनुसन्धान गर्ने व्यक्ति ज्यादा कम थिए, र यस पुस्ताको पहिलो व्यक्ति सायद डा. यादवप्रसाद पन्त (पीएचडी, बनारस, सन् १९५२) थिए।
सन् १९५० को दशकमा, भारतको तुलनामा विदेश गई शिक्षा लिने नेपालीको सङ्ख्या नगण्य भने हुन्छ। ब्रिटेन गई अनुसन्धानात्मक डिग्री हासिल गर्ने प्रारम्भिक व्यक्तिहरू थिए डा. ध्रुवमान अमात्य, डा. तथा श्रीमती बलराम जोशी, त्रैलोक्यमान श्रेष्ठ तथा उपेन्द्रमान मल्ल। (ब्रिटिश काउन्सिल छात्रवृत्तिअन्तर्गत ब्रिटेन जाने प्रथम व्यक्ति प्रोफेसर यदुनाथ खनाल, सन् १९५२, हुनुहुन्थ्यो भन्ने मैले थाहा पाएको छु)।
यस्तै ढङ्गबाट, ओरेगन विश्वविद्यालय अनुबन्ध योजनाअन्तर्गत सन् १९५५ मा संयुक्त राज्य अमेरिकातर्फ शिक्षा हासिल गर्न प्रस्थान गर्ने छ (?) जनाको पहिलो जत्था थियो। प्रायः सबैले त्यस बेला एमए वा एमएड वा एमएस गरे। ओरेगन विश्वविद्यालयका नेपाल अवस्थित उत्पादनहरूको अर्को विशिष्ट जत्था- जसले यसपटक अनुसन्धान डिग्री हासिल गर्यो- त्यो फर्कंदा झण्डै सन् १९६२ भइसकेको थियो र त्यस जत्थामा आफ्ना आफ्ना विशिष्ट पीएचडी गर्नेहरू थिए त्रैलोक्यनाथ उप्रेती, पन्नालाल प्रधान, कृष्णप्रसाद शर्मा, शंकरप्रसाद प्रधान तथा दिव्यदेव भट्ट।
मैले ग्रहण गरेको धारणा त के भने, नेपाली बुद्धिजीवी वर्गको सामाजिक तथ्याङ्कको रेखाङ्कन गर्दा, शैक्षिक सुअवसर, त्यसको इतिहास- सङ्ख्यात्मक गुणात्मक दुवैको प्रकृति नै समकालीन नेपाली बुद्धिजीवी वर्गको संस्कृति निर्धारण गर्ने अचुक सूचीपत्र हो।
उपर्युक्त विवरण प्रस्तुत गर्दा, बुद्धिवादी हुन उच्चशिक्षा हासिल गर्ने पर्छ वा उच्चशिक्षा हासिल गर्ने प्रत्येक व्यक्ति बुद्धिवादी हुन्छ नै भन्ने धारणा मैले लिएको होइन। मैले ग्रहण गरेको धारणा त के भने, नेपाली बुद्धिजीवी वर्गको सामाजिक तथ्याङ्कको रेखाङ्कन गर्दा, शैक्षिक सुअवसर, त्यसको इतिहास- सङ्ख्यात्मक गुणात्मक दुवैको प्रकृति नै समकालीन नेपाली बुद्धिजीवी वर्गको संस्कृति निर्धारण गर्ने अचुक सूचीपत्र हो। उदाहरणको लागि, सन् १९५० को दशकमा प्रादुर्भाव भएको प्रारम्भले के दर्शाउँछन् भने आधुनिक शिक्षण माध्यम उच्चशिक्षा तथा तालीममा मात्र सीमित नभई, अनुसन्धान तथा प्रशिक्षणका आधुनिक पद्धतिअन्तर्गत शैक्षिक तपश्या समेतमा नेपालका लागि एक तत्कालीन उपलब्धि हुन्, जसको पूर्व परम्परा हाम्रा इतिहासमा गाह्रो छ पाउन।
शिक्षा, तालीम तथा अनुसन्धान कार्य निमित्त भारतको महाप्रदेश वा विदेश (जसमा अब ४० भन्दा बढी मुलुक भइसके) जानेहरूको सङ्ख्या निश्चय पनि बढेको छ। सन् १९६१ देखि १९६८ सम्ममा झण्डै २,५१९ व्यक्ति 'विदेश' गए। सन् १९७० मा मात्र ५३ प्रशिक्षार्थीहरूलाई महेन्द्र विद्या भूषणद्वारा अलङ्कृत गरिएको छ ९गोरखापत्र २०२६०। कमसेकम दश वर्षको शिक्षा-इतिहास भएको आफ्नो विश्वविद्यालय र त्यससँग सम्बन्धित अधिराज्यमा छरिएका ४० कलेजहरू त छन् आज नेपालका आफ्नै।
तथापि, नेपालको आधुनिक शिक्षण-व्यवस्थाको इतिहास भन्न नै दशकभित्रकै इतिहास हो। अरू कुरा छाडे पनि, स्कूल-कलेज विश्वविद्यालय जाने जनसङ्ख्याको सङ्ख्यात्मक विस्फोटको इतिहास त यो हो नै। सन् १९६८ सम्ममा, नेपालको विश्वविद्यालय तथा कलेजहरूमा पढ्ने तरुण युवक तथा युवतीको सङ्ख्या ११,८०२ (श्री ५ को सरकार सन् १९६९) पुगेको थियो। यी संस्थाहरूको सम्पूर्ण शिक्षण-शक्तिअन्तर्गत सन १९६८ मा ७२० व्यक्ति कार्य गर्दै थिए।
प्रभावकारी यी तथ्याङ्कहरू हुँदै पनि सन् १९६१ को जनसङ्ख्या प्रतिवेदनअनुसार प्रत्येक १०० व्यक्तिमध्ये ९२ जना लेखपढ गर्न पटक्कै जान्दैनथे। आफ्नो सम्पूर्ण वार्षिक बजेटको ६.५ प्रतिशत शिक्षामा व्यय गर्छ नेपाल (श्री ५ को सरकार सन् १९६९), जब एशियाको अर्को मुलुक थाइल्याण्डसमेत आफना लागि २० प्रतिशत व्यय गर्छ। विश्वविद्यालय तथा उच्चशिक्षा हासिल गर्ने यसका ४० अन्य संस्थाका केन्द्रहरूमा भौतिक वा बौद्धिक 'वातावरण' भने पटक्क छैन। यहाँ शिक्षण जीविकोपार्जनको साधन बनाइएको छ, जीवनको ध्येय होइन। शिक्षण संस्थाका यी कुञ्जहरूको छहारीमा, शिक्षणको नियमित कोर्स बुकका तालीमबाहेक बौद्धिक महत्त्वका कार्य विरलै हुन्छ– बेकार स्नातकहरूको सङ्ख्या वृद्धिको उत्पादन बाहेक।
नेपाली बुद्धिजीवी वर्गको हालैको प्रस्फुटीकरण निमित्त योगदान दिन संस्थागत सङ्गठनका विकासको ठूलो हात रहे पनि, शिक्षण संस्थाहरूको विकासलाई मात्र श्रेय दिनु ठीक छैन। नेपालका स्वेच्छानुयामी साहित्यिक एवं पत्रकार वर्ग, उसका प्रशासकहरू, वकिलहरू, कुटनीतिज्ञहरू, कलाकारहरू, निरपेक्ष प्रशिक्षार्थीहरू, पुरातत्त्ववेत्ताहरू, इतिहासकारहरू समेतको आफ्ना सहधर्मीहरू तथा आ-आफ्ना सम्बन्धित संस्थाहरूको क्रमिक र गहकिलो विकास भएको देखें।
तुलनात्मक रूपमा भन्ने हो भने, नेपालको सामयिकी साहित्यलाई उच्चस्तरीय मान्न सकिन्न, न त स्वतन्त्र लेखन गर्ने नियमित लेखकहरूले पाउने पारिश्रमिक नै दरिलो भन्न सकिन्छ, तथापि तीन वा चार भाषामा प्रकाशित हुने पत्रिकाहरूको सङ्ख्या निकै नै छ, जसलाई साहित्यिक एवं पत्रकार जगतका बुद्धिजीवीहरूले उत्पादक तथा उपभोक्ता दुवै रूपमा ग्रहण गरेका छन्।
उदाहरणका लागि, सन् १९५० पछिको दशकमा पत्रकारिताको प्रशस्त सङ्ख्यात्मक अभिवृद्धि भएको छ। तुलनात्मक रूपमा भन्ने हो भने, नेपालको सामयिकी साहित्यलाई उच्चस्तरीय मान्न सकिन्न, न त स्वतन्त्र लेखन गर्ने नियमित लेखकहरूले पाउने पारिश्रमिक नै दरिलो भन्न सकिन्छ, तथापि तीन वा चार भाषामा प्रकाशित हुने पत्रिकाहरूको सङ्ख्या निकै नै छ, जसलाई साहित्यिक एवं पत्रकार जगतका बुद्धिजीवीहरूले उत्पादक तथा उपभोक्ता दुवै रूपमा ग्रहण गरेका छन्। ९ असार २०१४ मा कानुनी मर्यादा पाई राजकीय प्रज्ञा प्रतिष्ठानको संस्थापना भयो, र यसले त्यस बेलादेखि केही कवि-लेखकहरूलाई आफ्ना सेवामा राखेर वा संरक्षण प्रदान गरी तिनका रचनालाई प्रस्तुत गरेको पनि छ।
नेपाली तथा अङ्ग्रेजी भाषामा प्रकाशित गरेका आफ्ना चार पत्रपत्रिकाद्वारा गोरखापत्र कर्पोरेसनले, वा अन्य कर्पोरेसनसरह नै राष्ट्रिय संवाद समितिले केही प्रतिभाशाली युवकहरूलाई आफ्ना सेवामा लगाएको छ। फेरि छ अर्को, सूचना प्रसार मन्त्रालय वा पञ्चायत दर्शन समिति, जसद्वारा, लाभदायी रूपमा, पञ्चायत पद्धतिउपर प्रशस्त साहित्यको समृद्धि र संरक्षण भइरहेको मलाई ज्ञात भएको छ। स्कूलका पाठ्यपुस्तकका प्रकाशनबाहेक, नेपालमा प्रकाशन व्यवसाय छैन भनिदिए पनि हुन्छ। साझा प्रकाशन, मदन पुरस्कार गुठी, तथा भ्वाइस अफ नेपाल जस्ता केही साहसिला प्रकाशकहरू भने कवि, लेखक, विद्वान, एवं इतिहासकारहरूलाई उनका पूँजीको लगानीको झन्झटमा नओगटी आ-आफ्ना रचना प्रकाशित गर्न प्रोत्साहन दिन थालेका छन्।
साथै, साहित्यका लागि नेपाली साहित्य संस्थान, संस्कृतिका लागि नेपाल ललितकला संस्थान, वा इतिहास संशोधन मण्डल जस्तो नेपाली इतिहास, संस्कृति र प्राचीनताको अनुसन्धान गर्ने हेतुले अनुसन्धान गर्न गठित केही व्यक्तिको सानो मण्डली, वा नेपालको आर्थिक, सामाजिक जीवनको अनुसन्धान गर्ने लक्ष्य भएको फोरम फर सोसियल स्टडीज, नेपाल काउन्सिल अफ एप्लाइड इकोनोमिक रिसर्च जस्ता गोष्ठीहरू भने प्रशस्त मात्रामा आजकाल जनताद्वारा सञ्चालित भएका छन्। यिनका अतिरिक्त, आर्थिक पक्षद्वारा सुव्यवस्थित एवं सुरक्षित अन्य कैयन् अनुसन्धानात्मक केन्द्रहरू छन्, जसमध्ये आर्थिक विकास र प्रशासन केन्द्र भनौं उदाहरणका लागिस वा भनौं आजसम्म मनोरञ्जन एवं प्रचारको स्रोत भइरहेको नेपाल रेडियोले अझै अपरीक्षित तर सम्पदापूर्ण मार्गहरू।
तथापि, यी संस्थाहरू वा व्यवसायहरूले सुशिक्षित वा सुयोग्य नेपालीहरूको त्यति सङ्ख्या ग्रहण गर्न सकेको छैन, जत्तिको ग्रहण गरिरहेको छ, श्री ५ को सरकारको प्रशासनले वा अन्य सेवाहरू र त्यस अन्तर्गतका संस्थाहरूले। हुन त यी सेवाहरूमध्ये केहीको गठन र पुनर्गठन सन् १९६२ तिर मात्र हुन गयो तथापि, श्री ५ को सरकारको निमन्त्रणामा जन प्रशासनसम्बन्धी राष्ट्रसंघीय अन्तरक्षेत्रीय सल्लाहकार म्याकक्रेन्स्की ४-१८ नोभेम्बर १९६८ सम्म नेपालमा बस्नुभएको थियो।
'श्री ५ को सरकारको लागि सम-रूपी निजामती सेवासम्बन्धी प्रस्ताव' तयार पार्नको लागि म्याकक्रेन्स्कीलाई श्री ५ को सरकारको प्रशासन व्यवस्था विभागले नेपालको सार्वजनिक प्रशासनसम्बन्धी तथ्याङ्क उपलब्ध गराएको थियो, जुन यसप्रकार छ : नेपालमा कुल निजामति कर्मचारी २५,३१५, कुल राजपत्राङ्कित अधिकृत २,०३३ अप्राविधिक सेवामा रहेका राजपत्राङ्कित अधिकृत १,१०१ प्राविधिक सेवामा रहेका राजपत्राङ्कित ९३२, यो कर्मचारी वर्गको सङ्ख्यामा नेपालका केही प्रतिभासम्पन्न व्यक्तिसमेत पर्दछन् जो सायद दुई वा तीन विभिन्न पुस्ताका होलान्, तर सबको कार्य चाहिं सिंहदरबारीय नोकरशाही र नियमित प्रशासन तथा टिप्पणीको दैनिक जीवनमा गुजुल्टिएको छ।
कर्मचारी वर्गको सङ्ख्यामा नेपालका केही प्रतिभासम्पन्न व्यक्तिसमेत पर्दछन् जो सायद दुई वा तीन विभिन्न पुस्ताका होलान्, तर सबको कार्य चाहिं सिंहदरबारीय नोकरशाही र नियमित प्रशासन तथा टिप्पणीको दैनिक जीवनमा गुजुल्टिएको छ।
मेरो विचारमा, यो सन् १९५५-१९५६ को कुरो हो जब प्रोफेसर यदुनाथ खनाल र डा. यादवप्रसाद जस्ता उच्च शिक्षण शास्त्रीहरूले पहिलो पटक शिक्षण कुञ्जबाट शक्ति मार्गतिर बसोबास सारे। त्यसपछि त बर्सेनि झन्झन् उच्च शिक्षित एवं प्रतिभासम्पन्न नवयुवकहरू शक्तिको चुम्बकद्वारा लहसिई र त्यसको सक्रियताको क्षेत्रतिर अग्रसर हुन थाले। बाटो भुल्ने छोरा घर फर्के जस्तो डा. ध्रुवमान अमात्य जस्ता केही व्यक्ति पुनः फर्की आएस अनि फेरि पशुपतिशम्शेर जस्ता अन्यलाई शक्तिको रक्त सञ्चारणमा अमिल्दो ठानी बहिस्कार गरियो। तथापि डा.भेषबहादुर थापा जस्ता कैयन् व्यक्ति भने आफ्नो प्रतिभाको विकासका निमित्त सिंहदरबारको वातावरणको अनुकुल नै पाउन सके।
सन् १९५० का दशकमा जुनप्रकार बेमनसहित खनाल एवं पन्त जस्ता व्यक्तिहरू यस भुलभुलैमा पसे, उसैप्रकार सन् १९६० का दशकमा भने डा. बीपी (बद्रीप्रसाद) श्रेष्ठ, डा. हर्कबहादुर गुरुङ जस्ताहरू नव-ब्राह्मणका रूपमा योजनाका आसनमा तानिए, तथा डा. मोहम्मद मोहसिन पछि डा. जगदीशप्रसाद शर्मा जस्ता चम्किला युवकहरू भने व्यवस्थाको राजकीय आदर्श निर्देशन गर्ने स्थानमा राखिए।
यसका अतिरिक्त कुलशेखर शर्मा, बालचन्द्र शर्मा जस्ता सुसम्य कूटनीतिज्ञहरू, कृष्णबम मल्ल, प्रो. यदुनाथ खनाल र रामचन्द्र मलहोत्रा जस्ता परिश्रमी र सुयोग्य सचिवहरू, एटर्नी जनरल (महान्यायाधिवक्ता) शम्भुप्रसाद ज्ञवाली जस्ता विशिष्ट अदालती मगज हुनेहरू वा केशरबहादुर केसी जस्ता प्रतिष्ठापित विद्वानहरूको कमी छैन, यस संस्थापनमा र सबैमा मुद्रित वाक्य र मानसिक वस्तुप्रति अझै प्रशस्त जिज्ञासा देखा परिरहेको छ।
तथापि, समग्र रूपमा विचार गर्दा, (राज्यका विपरीत) समाजको बाँकी भागसँग जाँच्दा, नेपालको जनप्रशासनको विशाल संस्था झण्डै लठेब्रो नै छ (म्याकक्रेन्स्की सन् १९६८)। हुन सक्छ नेपालका निर्णय दाताहरू सिर्जनात्मक होऊन्स विचार स्पन्दित गर्न ती सक्लान् र एक पटक स्पन्दित भइसकेको विचारलाई ती निर्णय- दाताहरूले यथार्थिक रूपमा प्रतिपादित पनि गर्न सक्लान्।
पदको सुरक्षा तथा स्पष्ट विवेकबीच एउटा रोज्नुपर्ने अवस्था पर्न गयो भने, विवेक त महँगो वस्तु लाग्ने सम्भावना छ सरकारी सेवकका लागि, तथा यही विचारअन्तर्गत कैयन् व्यक्ति त विवेक नभएको अवस्था नै चाहलान।
तथापि, संस्थागत रूपमा हेर्दा गैरसरकारी सेवाका व्यक्तिभन्दा सरकारी सेवाका हैसियतमा रहेका सरकारी सेवकलाई कम्ती बौद्धिक स्वतन्त्र रहन्छ। पदको सुरक्षा तथा स्पष्ट विवेकबीच एउटा रोज्नुपर्ने अवस्था पर्न गयो भने, विवेक त महँगो वस्तु लाग्ने सम्भावना छ सरकारी सेवकका लागि, तथा यही विचारअन्तर्गत कैयन् व्यक्ति त विवेक नभएको अवस्था नै चाहलान्। र, यी दवै परिस्थितिबीच सास फेर्न सजिलो अवस्था ल्याइदिन्छ निजामती सेवा नियमले (मेर्टन सन् १९६५)।
माथिका कुराहरूबाट म पुग्दछु सन् १९६० को दशकतिर। विश्वविद्यालय, कलेजहरू, पुस्तकालयहरू, पत्रिकाहरू, थिएटरहरू, सिनेमाहरू, वा रेडियोहरू इत्यादि भएका शहरहरूको विकास मात्रले सच्चा स्वतन्त्र बुद्धिजीवी वर्गको अभ्युत्थान निमित्त मौलिक पूर्वलक्षित वातावरण ल्याउँदैन, बरु त्यसका लागि त प्रशस्त मात्राको आर्थिक स्वतन्त्रता चाहिन्छ जसबाट सामाजिक तथा आर्थिक क्लेशको त्रास नराखी बुद्धिवादी वर्ग आफ्ना आदर्श एवं आस्था परिपालन गर्न सकून् (वर्गल सन् १९६२)। महेशचन्द्र रेग्मीजस्ता स्वावलम्बी बुद्धिवादी वा डा. डिल्लीरमण रेग्मीजस्ता एकताकाका राजनीतिज्ञ वा सूर्यप्रसाद उपाध्याय र हृषीकेश शाहजस्ता “सम्पन्न रइस” बाहेक, सिर्जनात्मक वा प्रभावात्मक क्षेत्रमा कार्य गरिरहेका नेपालका प्राय: सारा प्रतिष्ठित व्यक्ति पूर्णकालीन रूपमा संस्थापनकै सेवामा लागेका छन्।
नेपालका प्रायः सारा सिर्जनात्मक वा प्रभावात्मक बुद्धिजीवीहरू कुनै न कुनै प्रकारले सरकारी स्रोतमा आर्थिक रूपमा पराश्रित छन्। नेपालमा बौद्धिक दारिद्रयको एउटै स्पष्ट तर मौलिक कारण हो बुद्धिजीवीको दारिद्रय। बुद्धिवादी तथा अबुद्धिजीवी समेतलाई पनि जीविकोपार्जन गर्नुपर्छ नैस होला, बुद्धिवादीलाई खुराक निमित्त दाल भात डुकु मात्र पर्याप्त नहोला, तथापि, अन्य सरह, उसले बाँच्नु पर्छ जहान-परिवारका अतिरिक्त अनेक आश्रितका आर्थिक उत्तरदायित्व पनि बोक्न। उद्योग जस्ता अन्यान्य विविध संस्थाहरूको विकास सङ्कुचित ढङ्गमा भएको कारणले गर्दा, नेपालका दशमध्ये आठ बुद्धिवादी सरकारी वा अर्धसरकारी संस्थानमा काम गरी आफ्नो हात मुख जोर्दछन्।
आर्थिक यस बन्धनका कारणबाट बुद्धिवादीहरूका लागि आफ्ना आस्थाहरू त एक महँगो विलास बन्न गएको छ। सामान्यतया यसैले गर्दा, साधारण रूपमा समाजप्रति र विशेष रूपमा संस्थापनप्रति उनको दृष्टिकोण स्थापित हुन जान्छ। सन् १९६० को दशकमा नेपालका बुद्धिवादी जीवनको सबभन्दा विशिष्ट एक लक्षण हो यसको आलोचनात्मक भूमिकाप्रति निष्क्रियता, यसको अन्तपरावर्तन तथा अन्तर्निर्मित राष्ट्रिय सिद्धान्तसँग स्वयंलाई आत्मसात गर्ने र संस्थापनपक्षी तीव्र भावभङ्गिमा अपनाउने। ऐतिहासिक विश्वप्रति नेपालका बुद्धिवादीहरूले आलोचनात्मक प्रवृत्ति देखाउन सक्लान् भन्ने कुराको सन् १९६५-१९६६ सम्म पनि कुनै सानो लक्षणसमेत देखिएको थिएन।
नेपालमा बौद्धिक दारिद्रयको एउटै स्पष्ट तर मौलिक कारण हो बुद्धिजीवीको दारिद्रय। बुद्धिवादी तथा अबुद्धिजीवी समेतलाई पनि जीविकोपार्जन गर्नुपर्छ नैस होला, बुद्धिवादीलाई खुराक निमित्त दाल भात डुकु मात्र पर्याप्त नहोला, तथापि, अन्य सरह, उसले बाँच्नु पर्छ जहान-परिवारका अतिरिक्त अनेक आश्रितका आर्थिक उत्तरदायित्व पनि बोक्न।
सन् ५० को दशकमा संस्थापनको आलोचक बन्न नै जुन प्रकारले एक सम्मानपूर्ण करा सम्झिएको थियो, उस्तै प्रकारले सन् ६० को दशकमा संस्थापनप्रति स्पष्टतया अ(आलोचक बन्नु सम्मानपूर्ण हुन गएको छ। वास्तवमा, एकताका मार्क्सवादी पण्डितहरू तथा वामपन्थी बुद्धिवादीहरूले समेत आफ्नो झुकाउको जनसमक्ष खण्डन गरी सरकारी नीतिप्रति आफ्नो विश्वास जताउन पुगे। सन् १९६० पछि नेपाली बुद्धिजीवी वर्गको एक स्पष्ट अंशका लेखनी खुलारूपमा सरकारप्रति अआलोचक मात्र बनेका होइनन् बरु त्यसमध्येको ठूलो सङ्ख्याका व्यक्तिलाई व्यवस्थाको आर्थिक, राजनीतिक, सामाजिक सांस्कृतिक तथा आध्यात्मिक पक्षहरू जनप्रिय तुल्याउने व्याख्याकारका रूपमा सेवामा समावेश गरियो।
पुरानो राष्ट्रिय निर्देशन मन्त्रालय, गृह तथा पञ्चायत मन्त्रालय, सूचना तथा प्रसार मन्त्रालय, पञ्चायत दर्शन समितिका अतिरिक्त सरकारी सहयोग प्राप्त गर्ने सक्रिय पञ्चायत अध्ययन गोष्ठी जस्ता कैयन् संस्थाले विगत दशकदेखि नै यस व्यवस्थाउपर लेखिएका स्वदेशीय साहित्यको प्रशस्त मात्रालाई प्रोत्साहित गरेका छन्। एक अर्थमा, वाक्य-विन्यास जान्ने लेखकहरूका लागि पञ्चायत दर्शनको आवर्तनले अचिन्तनीय सुअवसर प्रदान गरेको छ। अर्के राजनीतिक अवस्थाअन्तर्गत पनि, तीमध्ये केहीले त शासनप्रदत्त सिद्धान्तबारे उत्तिकै राम्रा पुस्तक लेख्न सक्ने कुराको पूर्ण सम्भावना छ।
यद्यपि, ए प्लान्ड डेमोक्रेसी जस्ता केही पुस्तक निकै शक्तिशाली तथा हृदयग्राही छन्, तथापि यस्ता साहित्यका धेरैजसो उत्पादन भने जनसाधारणका निमित्त पूर्णतया अगम्य नै छन्। जहाँसम्म जनसाधारणको प्रश्न हो, उसको निमित्त त उपयोगिता नै मुख्य कसौटी हो, र सयकडा बयानब्बे नेपालीलाई कालो अक्षर भैंसी बराबर छ। सैद्धान्तिक वर्गीकरणको त कुरै छैन, उनका लागि त शब्दजालबाट मात्रै नेपाली माटामा रामराज्य आउनै सक्दैन।
फ्रान्सको त्यस्तै अवस्थालाई जुलियन बेन्डाले “बुद्धिवादीहरूको विश्वासघात” भन्ने नामकरण गरेको सम्झना आउँछ हाल नेपालको यो अवस्था देख्दा। हाम्रो जस्तो परम्परागत समाजमा बुद्धिवादीहरूको आधारभूत कर्तव्य तथा अधिकारबारे मैले स्पष्ट हुनुपर्ने अवस्था देख्छु यहाँ। 'बुद्धिजीवी' र 'बुद्धिवादी' शब्दको अर्थको पृथकीकरणबाटै प्रारम्भ गर्न सकिन्छ। 'बुद्धिजीवी' शब्दलाई सबभन्दा पहिले उन्नाइसौं शताब्दीको जारकालीन रुसमा 'विश्वविद्यालयको शिक्षा हासिल गरेका र त्यसअन्तर्गत व्यवसाय गर्न योग्य ठहराइएका व्यक्तिहरू' लाई बोध गर्न प्रचलनमा ल्याइयो (बेन्डा सन् १९५५)। पछि पछि, अनेक लेखकले यसमा विशेष अर्थ घुसाउँदै लग्दै, व्यवसायमा लागेका होऊन् चाहे नलागेका, व्युत्पन्न विचार एवं सामाजिक परम्पराविरोधी मत हुने सारा असन्तुष्ट शिक्षित वर्गलाई यसमा समावेश गर्न पुगे।
बुद्धिवादी भन्नाले साधारणतया सिर्जना, सञ्चार तथा धारणाको समालोचनामा संलग्न स-सानो जत्थाका व्यक्ति मानिन्छन्, तिनमा लेखक, कलाकार, वैज्ञानिक, दार्शनिक, धार्मिक चिन्तक, सामाजिक सिद्धान्तशास्त्री, र राजनीतिक आलोचक पर्न जान्छन् (बोट्टोमोर सन् १९६७)।
रुसमा यस वर्गको प्रतिनिधित्व वेलिन्स्की र हर्जेन जस्ता प्रकाण्ड व्यक्तिले गरे। अर्कोतिर, बुद्धिवादी भन्नाले साधारणतया सिर्जना, सञ्चार तथा धारणाको समालोचनामा संलग्न स-सानो जत्थाका व्यक्ति मानिन्छन्स तिनमा लेखक, कलाकार, वैज्ञानिक, दार्शनिक, धार्मिक चिन्तक, सामाजिक सिद्धान्तशास्त्री, र राजनीतिक आलोचक पर्न जान्छन् (बोट्टोमोर सन् १९६७)। समाजको अभौतिक संस्कृतिउपर नै सीधा चासो राख्ने काम नै उनको विशिष्ट लक्षण हो।
यूराेपमा, मध्ययुगीन विश्वविद्यालयहरूलाई नै साधारणतया आधुनिक बुद्धिवादीको जन्मस्थल मानिन्छ। रुढिवादी चर्च तथा सत्तारुढ वर्गको विरोध गरेर नै समाजका आलोचकका रूपमा ती बुद्धिवादीहरू स्थापित हुन सके। समाजको आलोचकको यही रूपमा हो वर्तमान बुद्धिवादीहरूले आफ्नो स्थान ओगटेको। यसप्रकार, खिइसकेका परम्परालगायत वास्तविक संस्थाहरू, मूल्यहरू, आचरणहरू तथा भावभङ्गिमाहरूको उग्र आलोचना गरी, एक किसिमले समाजको स्थायी विरोधी बन्नु नै बुद्धिवादी वर्गको प्राथमिक कर्तव्य हो।
समाजका अन्य सदस्यहरूका विपरीत, बुद्धिवादीहरूलाई आदर्शसँग यथार्थलाई कसीमा मूल्याङ्कन गर्ने, चिन्तन गर्ने र अलग हुने अधिकार हुन्छ। प्राथमिक रूपमा बुद्धिवादीहरूको कर्तव्य नै आफ्नो समाजको मूल्याङ्कन गर्न हो। र नेपालमा, बुद्धिवादीहरूको आर्थिक दरिद र बन्धनले गर्दा, यहाँनिर के देखिन्छ भने, उनीहरू आफ्ना समाजको सेवा गर्न र यसप्रतिको “समाज ऋण” चुक्ता गर्न असफल भएका छन्- यदि 'समाज ऋण' बारे केही भावना छ भने उनमा। बुद्धिवादी र प्राचीन ब्राह्मण पुरोहितको नवीनतम रूप मात्र नभएकाले, समाजमा उसको कर्तव्य पनि कर्मकाण्डमा मात्र सीमित छैन।
हुन त, उनकै जातिका कैयन् व्यक्तिहरू विशेषज्ञ, प्राविधिक, नियोजक, सल्लाहकार, सिद्धान्तवादी तथा कार्यकारी बनेर संस्थापनका सेवाको उच्च पदमा आसीन छन्, तथापि आधुनिक बुद्धिवादीहरूले त लोकप्रसिद्ध दार्शनिकले संसारलाई अनेक रूपबाट गर्ने व्याख्या मात्र गरेर पुग्दैन, उनले त समाजलाई परिवर्तित हुन, र निश्चल नहुन दिन सहयोग गर्ने पर्दछ। तथापि, नेपालमा हाम्रा समक्ष अहिले त आलोचनात्मक मूल्याङ्कन गर्ने कर्तव्य अपनाउन लालायित हुने बुद्धिवादीहरूका सक्रिय वर्गको सट्टा, उर्दी-पोसाक पहिरिने निम्नवर्गीय एक यस्तो वर्ग छ जो पारिश्रमिकको सट्टा विभिन्न स्केलको तलबकै लागि काम गर्छ।
बौद्धिक सच्चाइ वा प्रयासको पवित्रताबारे, नेपाली नागरिक जीवनको भाव कस्तो छ भने सारा बुद्धिवादी संस्कृतिका यी नैतिक आधारहरूमध्ये एउटालाई पनि यसले प्रवर्द्धन गर्ने सम्भावना कम्ती नै छ। उदाहरणका लागि, पञ्चायत पद्धतिका केही वर्गीकृत साहित्य पढ्दा के विश्वास हुन्छ भने “हावासँग बग्ने बुद्धिवादी”जे जति छन्, तिनका लागि त्यो एक बौद्धिक संलग्नताको सट्टा एक सुगमता पो बन्नगएको छ। अनि के आश्चर्य, यदि यस व्यवस्था (वा अन्य यस्तै स्वदेशीय मान्यता र संस्थाहरू) लाई सुदृढीकरण गर्ने एक मात्र उपायस्वरूप यसलाई सिर्फ प्रसंशा गर्नु ठानियोस्, चाहे त्यस उत्पादनको अन्तिम रूप कसले उपभोग गर्ने हो वा कसको लागि ती बने, वा बौद्धिक सच्चाइ र पवित्रताको कति मात्रा लिई त्यस्ता स्तुति-साहित्य प्रस्तुत भए भन्ने कुराको जानकारी वास्तवमा कसैलाई पनि नहोओस्।
तिनलाई 'मौसम' प्रति संलग्न ठाने पनि भयो। स्तरको कुनै विचार नराखिएका यस्ता साहित्य धमाधम निकाल्ने क्षमतालाई नै यदि भविष्यमा मानिसको बौद्धिक क्षमता वा पद्धति निमित्त उसको उपयोगिताको कसी मानिने हो कि भनी राजनीतिक वा आर्थिक दाम्लो भिर्नु नपर्ने सामाजिक पर्यवेक्षकहरू जिल्ल परेका छन्। हुनु त के पर्थ्यो भने, यस अवस्थाका प्रचार एजेन्सीहरूले आजसम्म जुन प्रकारको तस्बिर प्रस्तुत गरी सारा सैद्धान्तिक प्रदर्शन गरे, त्यसको सट्टा कुनै नगर पञ्चायतको वास्तविक दैनिक क्रियाकलापको सरजमिन तहकिकात गरेको भए वा त्यस्तै रूपबाट कुनै गाउँ पञ्चायत वा वर्गीय सङ्गठनलाई पाइलटसर्भका रूपमा छानी दैनिक गतिविधिको निरीक्षण गरेको भए, व्यवस्थाको मूल्याङ्कन निमित्त बढी प्रभावकारी एवं सराहनीय कदम हुन्थ्यो त्यो।
बुद्धिवादीहरूको मुख्य अधिकारक्षेत्र भनिन्छ- (१) दृष्टिकोणको निरोपणता तथा (२) संलग्नताबाट स्वतन्त्रता, स्वतन्त्रता त हो तर तर्क तथा सत्य एवं बुद्धिवादी वर्गलाई छाडी। भविष्यमा जहाँसम्म हाम्रो दृष्टि जान्छ, त्यहाँसम्म नेपालका बुद्धिवादीहरू भने दोस्रो कर्तव्य पूरा गर्न समर्थ होलान् भन्ने पटक्क देखिदैन।
पश्चिमका देशहरूको औद्योगीकरणपछिका समाजहरूमा विभिन्न सामाजिक स्तरका बुद्धिवादीहरूलाई बढ्दो रूपमा उपयोग गर्न थालिएको छ। हुनसक्छ, यही कारणबाट होला उनलाई 'उन्मुक्त बुद्धिवादी' (मैनहैम सन १९३६) भनिएको जो 'असंलग्न' वा स्वेच्छाचारी छन्- आचरको यस स्वच्छन्दतालाई उनको वर्ग वा जातका पूर्वाग्रहद्वारा निर्देशन नहुनुका अर्थमा, भावुक एवं जनप्रिय नाराहरूबाट निर्देशित हुन सट्टा आफ्नै स्वच्छ विवेकद्वारा निर्देशित हुनुको अर्थमा लिएको छ। गाएतानो मोस्का र कार्ल मैनहैम जस्ता समाजशास्त्रीहरूले भने वर्ग विभाजनको खाडललाई पुर्ने शक्तिको रूपमा आफ्ना आस्था बुद्धिवादीहरूमै राखेका छन्।
बुद्धिवादीहरूको मुख्य अधिकारक्षेत्र भनिन्छ- (१) दृष्टिकोणको निरोपणता तथा (२) संलग्नताबाट स्वतन्त्रता, स्वतन्त्रता त हो तर तर्क तथा सत्य एवं बुद्धिवादी वर्गलाई छाडी। भविष्यमा जहाँसम्म हाम्रो दृष्टि जान्छ, त्यहाँसम्म नेपालका बुद्धिवादीहरू भने दोस्रो कर्तव्य पूरा गर्न समर्थ होलान् भन्ने पटक्क देखिदैन। नेपालका बुद्धिवादी वर्ग, वा त्यसै सन्दर्भमा यसका बुद्धीजीवीहरूको एक बृहत सतह नै उच्चतम् जातबाट अर्थात् ब्राह्मण, क्षेत्रीय तथा उच्च वर्गीय नेवारबाट बनेको छ। नेपाली बुद्धिवादी वा शक्ति-सम्पन्न परिवार (राणा सन् १९६९) मा ८० प्रतिशत ती छन्, र शिक्षण जस्तो व्यवसायमा झण्डै ४० प्रतिशत ब्राह्मण र क्षेत्रीय तथा ३० प्रतिशत उच्चवर्गीय नेवार छन्।
यस्तो समाजमा जहाँ बुद्धिवादीहरूको जस्तै आधुनिक संस्कृति हुन गए पनि, तीमध्ये धेरैजसो यदि “तीव्र पारिवारिक, साम्प्रदायिक तथा धार्मिक दृष्टिकोणको संस्कृति” अपनाई बाँचिरहेका छन् भने, तिनीहरू पूर्वाग्रहरहित वर्गहरूबीच उच्चतम् वर्ग, जातिहरूबीच उच्चतम् जाति, समुदायहरूबीच उच्चतम् समुदाय भनी सोच्न सम्भव छैन। पारिवारिक संस्कृतिउपर विजय हासिल गर्न कमैले प्रयास गर्छन, र पूर्ण सफलता विरलैले पाउँछन्। कैयन् अवस्थामा भने पूर्वाग्रह तथा संस्कारलाई भने राष्ट्रवादिता तथा त्यस्तै अन्य अनर्गलको बाना पहिराई प्रमाणित गरिएको हुन्छ। यसप्रकार, बुद्धिवादीहरूबाट वाञ्छित उनीहरूको दोस्रो भूमिकामा समेत नेपाली जाति उपयुक्त ठहरिने कम्ती नै सम्भावना छ। उनका इतिहास तथा सामाजिक संस्कार दुवैका पृष्ठभूमिले यस तथ्यको विरोध गर्छन्।
अन्त्यमा, परिभाषाका दृष्टिबाट बुद्धिवादीहरू त मूलतस् (विशेषतस् होइन) विचार, आदर्श, सिर्जनात्मक एक मानसिक तथ्यका संस्कृतिबारे नै दत्तचित्त रहेका हुनु पर्दछ। यसो भन्दा मेरो अर्थ चाहिं, आफ्ना अनुसन्धानमा उनीहरू परलोकवादी, अव्यावहारिक, तथा लौकिक (विरोधी होऊन् भन्ने होइन। सायद आधुनिक बुद्धिवादीहरू सांसारिक रहनसहनमा मध्ययुगीन महन्तको झझल्को देखाउँछन, तथापि विशुद्ध आधुनिक बुद्धिवादी भने सांसारिक मोह परित्याग गर्ने संन्यासी (फकिर)को नवीन-रूप होइन। बुद्धिवादी संसारकै एक अङ्ग हो, तथापि सर्वसाधारणभन्दा भिन्न ऊ केमा छ भने आफ्नै आदर्श र आस्था अपनाई ऊ बाँचेको हुन्छ। उसका आदर्शवादिता, बुद्धिवादिता तथा प्रयासको सत्यताले उसमा चारित्रिक विशेषता त्यत्तिकै प्रदान गरेका हुन्छन् जत्तिको हुन्छ समाजमा अवस्थित उसको प्रतिष्ठा र प्रभावका उपलब्धिले।
तथापि, नेपालका जनसङ्ख्याका शिक्षित अंशमा त आदर्शवादको अभाव, वा प्रयास, परिशीलन र लग्नताको विश्वव्यापी न्यूनता मात्र नभई भौतिकवादी सफलताका कीटाणुद्वारा सङ्क्रमण भएको चिरन्तन रोगसमेत देखिन्छ। सफलता चाहे त्यो भौतिक सफलता होओस या जालझेलद्वारा प्राप्त-यही मात्र सर्वोपरि नियम हो, र दारिद्रयको भार खपेका नेपालीका लागि “पैसा कमाउनु” नै बाँच्ने योग्य हुने जीवनको स्पष्ट अन्तिम लक्ष्य हो। उसका लागि चिरन्तन छनोट छ 'आफू बन्ने' र 'समाज सपार्ने' बीच, र नेपालमा पैसा कमाउने र आफू बन्ने भन्ने शब्दहरू एक अर्काका पर्यायवाची शब्द बनिरहेका छन्। र फेरि, बुढिरुढिको आदर्शवादबाट वाक्क भएका त्यस्ता व्यक्तिहरूसमेत आफूलाई आफ्ना आदर्शवादी मूल्यहरू तथा आस्थाहरू एवं स्वयं टिक्न सक्नुपर्ने समाजका वास्तविकताहरूबीच घेरिएको पाउँदछन।
विकासशील समाजका हालसालै बन्न पुगेका धनीहरूलाई चारैतिर फस्टाएको देख्दा, नेपाली बुद्धिजीवी वर्ग आफ्ना मूल्य व्यवस्थामा झन्झन् भौतिकवादी बन्दै गइरहेछ, र भरौटेहरूले युद्धमा धनका लागि भाग लिए जस्तै, उनीहरूले पनि आफ्ना समाजका अन्य सदस्यहरू सरह सफलताको मापदण्ड नै धनको आय, सिमेन्टीका भवनहरू, मोटरकारहरू, विदेशी मदिरा, फर्निचर, लाभदायी विवाह, तथा विदेशका यात्रा जस्ता कुरालाई मानेका छन्।
शिक्षित व्यक्ति होऊन् चाहे अशिक्षित, नेपालका सबैलाई व्यक्तिगत प्रयास, पवित्रता तथा उपलब्धिभन्दा बढी आस्था छ नाता-सम्बन्ध, प्रभाव तथा चाकरीको क्षमताउपर। उनीहरूलाई दोष पनि के दिने, किनभने नेपालमा पछिल्लो उपायकै बोलवाला छ।
यसका अतिरिक्त, शिक्षित व्यक्ति होऊन् चाहे अशिक्षित, नेपालका सबैलाई व्यक्तिगत प्रयास, पवित्रता तथा उपलब्धिभन्दा बढी आस्था छ नाता-सम्बन्ध, प्रभाव तथा चाकरीको क्षमता उपर। उनीहरूलाई दोष पनि के दिने, किनभने नेपालमा पछिल्लो उपायकै बोलवाला छ। हाम्रो जस्तो लालसापूर्ण समाजले कल्पना गर्छ यदि सहज सफलताको महान् अमेरिकी डेल कार्नेगीका शब्दमा 'विशिष्टता निमित्त छोटो बाटो', अर्थात् राजदूत पद, मन्त्री पद, सचिव पद- र त्यही आकाङ्क्षा नै प्रायस् सारामा विद्यमान छ भने, यदि अभौतिक संस्कृतिको एकाङ्की सेवा र त्यसको सफलता पनि उपलब्धिको उपज मात्र हुने बाटोको सट्टा उनले शक्तिको सराहना गर्ने बाटोमा आफूलाई लगाए भने, के दोष दिने उनीहरूलाई।
औद्योगिक अवस्था पछिका समाजमा बुद्धिवादीको स्तर जहिले पनि उपलब्ध अवस्थाको हुन्छ। सहज धन वा विदेश यात्राको सम्भावनाहरू यस परिस्थितिमा सदा प्राप्य हुँदैन। एकातिर समकालीन नेपाली बुद्धिजीवी वर्गको यस्तो सामाजिक वातावरण भएको बेला, कत्रो विरोधाभास देखिन्छ, जब एशियाली देशहरूमध्ये केहीमा जस्तै नेपाली जनसङ्ख्याका शिक्षित सदस्यहरूलाई 'बुद्धिवादी' सम्बोधन गर्दा उनीहरू मक्ख पर्दछन्। उनलाई आफ्नो छायाँ आफूभन्दा पनि ठूलो लाग्दछ, निश्चय पनि। उनका गुणात्मक वा सङ्ख्यात्मक उपलब्धिहरूको दाँजोमा, नेपाली शिक्षित वर्गको बौद्धिकवादिता प्रतिको उनको माग अशोभनीय महत्त्वाकाङ्क्षा सुनिन जान्छ।
समकालीन नेपाली बुद्धिवादी संस्कृति त निकै नै अपूर्ण छ, वास्तवमा यति अपूर्ण छ, यसका जे जति साँच्चिकै विद्वान छन् उनलाई समेत आत्मबधाई लिने विशेष कारण छैन केही। उदाहरणका लागि, बुद्धिवादी ठहरिने कुनै एक क्षेत्र लिऔं। भनौ न, नेपालको आर्थिक समस्याहरू उपर विगत बिस वर्षभित्र कति ओटा पठनयोग्य पुस्तक वा लेख नेपालीद्वारा लेखिएरु डा. यादवप्रसाद पन्तद्वारा आधा दर्जन, डा. बद्रीप्रसाद श्रेष्ठद्वारा केही, तथा पाठ्यपुस्तके खालका अर्थ-शास्त्रीद्वारा थप अन्य केही। अन्तर्राष्ट्रिय शैक्षिक विद्वत्ताको स्तरमा दाँजियो भने हाम्रा पाठ्यपुस्तके खालका अर्थशास्त्रीहरूको उचित स्थान के हो वा उनका लेखनीमा के कति मात्रामा मौलिकता छ भन्ने कुरा कसले जानोस्।
कला, गृह-निर्माण, धर्म, संस्कृति, इतिहास, समाजशास्त्र, मानव-रचना-शास्त्र, भूगोल, राजनीतिक क्रम-विकास, भाषाहरू तथा साहित्यहरू जस्ता नेपाली जीवनका महत्त्वपूर्ण, नछोइएका र प्रशस्त उत्पादन हुनसक्ने क्षेत्रमा के कति पुस्तक तथा लेख उपलब्ध छन्।
कला, गृह-निर्माण, धर्म, संस्कृति, इतिहास, समाजशास्त्र, मानव-रचना-शास्त्र, भूगोल, राजनीतिक क्रम-विकास, भाषाहरू तथा साहित्यहरू जस्ता नेपाली जीवनका महत्त्वपूर्ण, नछोइएका र प्रशस्त उत्पादन हुनसक्ने क्षेत्रमा के कति पुस्तक तथा लेख उपलब्ध छन्। डा. डिल्लीरमण रेग्मी जस्ता प्रतिष्ठापित व्यक्तिद्वारा लेखिएका इतिहास उपरकै सन्दर्भमा, अन्य त्यस्तै विषयमा जे जति छन् कृतिहरू, तिनलाई पनि प्रस्तुतीकरणको मौलिकता वा सूक्ष्म-विवेचनाप्रति विद्वत्मष्तिष्कको तीव्र कामना' भाषाको शुद्धता एवं विवरणको यथार्थ भन्नु सट्टा व्यक्तिगत धैर्य (वा तपस्या)को स्मारक भने हुन्छ।
आफ्नै इतिहास तथा संस्कृतिमै पनि इतिहासशिरोमणि खरदार बाबुराम आचार्यका लेखनी, इतिहास संशोधन मण्डलका प्रकाशनहरू, सूर्यविक्रम ज्ञवाली, बालचन्द्र शर्मा तथा योगी नरहरिनाथका फाटफुटे रचनाबाहेक अरू छ नै के? एक प्रकारले, नेपालका प्रतिभावान् बुद्धिवादीहरूका उपलब्धिहरू गोरखापत्र एवं द राइजिङ नेपालकै कलममा सीमित छन्। हाम्रो विद्वत्-परम्पराले अझै वसुधा, नेपाल रिभ्यू वा रूपरेखा-हिमानी-मधुपर्कका स्तर नाघ्न सकेका छैनन्, र यी नै ती रङ्गहीन पुस्तिका एवं पत्रिका वा सामयिकी हुन् जसले हाम्रो मस्तिष्कका लागि खुराक दिन्छन्। एक गम्भीर तथा अक्षम्य आत्मपरीक्षण गरिदिएको भए आज नेपालका दश बुद्धिवादीहरूमध्ये नौ मा पाइने आत्मश्लाघाको अनौठो भावना निश्चय पनि हुने थिएन।
झण्डै निस्सासिने यस वातावरणलाई दुषित गर्नुमा मुख्य हात छ उच्चतामा पुगेकाहरूको अन्तःप्रसवनले। किनभने, जहाँसम्म नेपाली बुद्धिजीवी वर्गको साधारण संस्कृतिको प्रश्न छ, रङ्ग-विभाजनको दुई ओटै अन्तिम छोरमा दुई समानान्तरीय र आपसी रूपमा अभेद्य संस्कृतिहरू छन्: (१) परम्परागत, संस्कृतमय, हिन्दूमतावलम्बी आध्यात्मवादमय, उपदेशात्मक, अन्तर्मखी, तथा पण्डितहरूको प्रचण्ड सनातनी एवं राष्ट्रवादितापर्ण बद्धिवादी संस्कृति, र (२) पश्चिमीकृत, आधुनिक अनर्गलप्रधान, ऐहिक, आलोचनात्मक बेला बेला मिसावटी, तथा नव-ब्राह्मण, आधुनिकृत विशेषकहरू, सल्लाहकारहरू, प्राविधिकहरू, अर्थशास्त्रीहरू, लेखकहरू, टीकाकारहरू, पत्रकारहरू तथा शिक्षकहरूको बाह्यमुखी बुद्धिवादी संस्कृति।
एउटाको लागि सांस्कृतिक पोषक संस्कृत छ भने अर्काका लागि अङ्ग्रेजी भाषा- र अचम्म त के छ दुवै भाषा नेपालीको आफ्नो प्रथम भाषाका रूपमा बोलिँदैन। संस्कृतको पुनरुत्थान गर्न कटिबद्ध भएका हिन्दू पण्डितहरूलाई चाहिं संस्कृतमय नेपाली प्रयोग गर्न पाए पुग्यो। 'आधुनिकृत' चाहिं अङ्ग्रेजी प्रयोग गर्दछन्, र उनले यो प्रयोग त्यतिकै योग्यतासाथ गर्छन जति नेपाली भाषा गर्न सक्थे होलान्। दोषरहित भन्न नसकिए पनि, उनले प्रयोग गर्ने अङ्ग्रेजी समाज भाषाविद्का लागि अनुसन्धान गर्न रहरलाग्दो क्षेत्र र अलग प्रकारको अध्ययन हुनेछ। अनि अल्पसङ्ख्यामा भएका हाम्रा कलाकारहरू, चित्रकारहरू तथा मुर्तिकारलाई पन्छाइदिँदा, समकालीन नेपाली बुद्धिजीवी वर्गको संस्कृति त प्रमुख रूपमा मुद्रित शब्दको संस्कृति हो।
संस्कृतमय तथा आधुनिकृत भाषा-संस्कृतिका सम्भावनाहरू तथा परिमितताबारे म केही भन्छु अब। जहाँसम्म रचनात्मक कार्य तथा बुद्धिवादी सम्भाषणको प्रश्न छ, नेपालमा तीन भाषा उपयोगमा ल्याइन्छ: (१) नेपाली, (२) नेवारी तथा (३) अङ्ग्रेजी। यी तीनमध्ये सरकारी अवहेलना तथा अन्तःप्रसवनका कारणबाट नेवारी त नेवारहरू बीच 'रचनात्मक' लेखनीमा मात्र झण्डै सीमित छ। र, जस्तै सांस्कृतिक रूपमा धनी र गौरवशाली भाषा भए पनि, नेपालका जनसङ्ख्या अनेवारीभाषीका लागि यो महत्त्वपूर्ण हुने सम्भावना छैन भने पनि हुन्छ। र फेरि, जातिका रूपमा नेवारहरू समाप्तप्राय: छन्।
नेपाली भाषाको प्रयोग गर्दा जति जति हामी राष्ट्रवादी आस्था दर्शाउँदै जान्छौँ उति उति उच्चतम् अभिव्यक्तिमा यो झन् झन् अनेपाली बन्दै जाने यसको अनौठो प्रवृत्ति भएबाट, वैज्ञानिक, प्राविधिक तथा आधुनिक बौद्धिक अभिव्यक्ति निमित्त यसमा स्वाभाविक सम्भावना पार गर्ने नसकिने खालका सिमानाहरू छन्।
नेपालीको अवस्था भने भिन्नै छ, एक त राष्ट्रभाषा भएबाट र दोस्रो कारण चाहिं नेपालका सम्पूर्ण जनसङ्ख्याको आधीभन्दा बढीले बोल्ने भएकोले। राजनीतिक रूपमा, नेपाली भाषाको भविष्य उज्ज्वलै उज्ज्वल छ। यसका पत्रकारितात्मक एवं रचनात्मक सम्भावना प्रशस्त छन्। रचनात्मक लेखकहरू, पत्रकारहरू, शिक्षकहरू, पाठ्यपुस्तक लेखकहरू तथा इतिहासकारहरू आफ्ना रचनामा नेपालीकै झन बढी उपयोग गर्न थालेका छन। तथापि, नेपालका अनेपालीभाषी उत्तम कुँवरको 'स्रष्टा र साहित्य' तथा 'रूप-रेखा'का लेखकाङ्कहरू पूर्णाङ्क १०० र १०१ हेर्नुहोस्। यसबाट खास गरी तिनीहरूको सामाजिक पृष्ठभूमिसम्बन्धी प्राप्य तथ्याङ्कहरूको लागि नेपाली बुद्धिजीवीहरूले गरेको नेपाली भाषा प्रयोगको क्षेत्र र स्वभावसम्बन्धी ज्ञान थाहा पाइन्छ।
जनसङ्ख्याको ४९ प्रतिशत मात्रलाई समेत एकातिर आफ्ना अस्तित्व जोगाउन यसलाई दैनिक जीवनको प्रयोग निमित्त अपनाउनु पर्ने आवश्यकता लाग्दै जानेछ भने, यसको बढ्दो संस्कृतीकरणद्वारा यसमा उम्रीआउने भावनात्मक सीमानाले गर्दा तिनीहरूलाई सामाजिक रूपबाट हानीकारक स्थितिमा पुयाउनेसमेत सम्भावना छ। नेपाली भाषाको प्रयोग गर्दा जति जति हामी राष्ट्रवादी आस्था दर्शाउँदै जान्छौँ उति उति उच्चतम् अभिव्यक्तिमा यो झन् झन् अनेपाली बन्दै जाने यसको अनौठो प्रवृत्ति भएबाट, वैज्ञानिक, प्राविधिक तथा आधुनिक बौद्धिक अभिव्यक्ति निमित्त यसमा स्वाभाविक सम्भावना पार गर्ने नसकिने खालका सिमानाहरू छन्। नेपाली प्रथम भाषा हुने हाम्रा बुद्धिवादीहरूले अङ्ग्रेजी भाषाको प्रयोग गर्नुपर्ने अनेक कारणमध्ये सायद यो पनि एक कारण होला।
वास्तवमा, अङ्ग्रेजीको प्रयोग अन्य अल्पसंख्यक भाषाहरूका लेखकले भन्दा नेपालीभाषी लेखकले बढी गरेका छन्। समाजशास्त्रीय कारण अनेक हुन सक्लान् यसरी अङ्ग्रेजी प्रयोग गरिनुमा, र मलाई त्यस सम्बन्धमा यहाँ चर्चा गर्ने इच्छा छैन पनि। नेपालमा मातृभाषाको रूपमा कोही पनि अङ्ग्रेजी बोल्दैन, र त्यस भाषाका पाठक पनि सीमित छन् तथा लेखककै आफ्नो अङ्ग्रेजी पनि दोषरहित छैन भन्ने थाहा पाउँदा पाउँदै पनि सारा नेपाली लेखकहरूले त्यसको प्रयोग कायम राख्नुमा उनले लिखित अभिव्यक्तिमा पाउने सहज माध्यम हो- र यो कुरा अनेपाली भाषीका लागि सायद नेपालीभन्दा बढी नै सुगम पनि छ।
यीमध्ये केहीलाई भने आफ्ना शैक्षिक इतिहासले गर्दा होस् चाहे जाति कुलको जन्मका कारणबाट होस्, वास्तवमा अशक्तता भएको छ, तथापि अन्यहरूले अङ्ग्रेजीको प्रयोग गर्नुमा सिर्फ गौरवपूर्ण मूल्य नै अन्तर्निहित छ। जे होस, अङ्ग्रेजीको मात्र प्रयोगको विरुद्ध पठन-योग्य अङ्ग्रेजीको प्रयोग गर्ने क्षमता नेपालमा केही व्यक्तिमा मात्र सीमित भइरहने सम्भावना छ। नेपालमा अङ्ग्रेजी लेखनका उत्पादक तथा उपभोक्ता भन्ने व्यक्ति प्रायः त्यही सीमित व्यक्ति नै हुन्छन्।
सिमेन्टी इँटका बंगला र कारको स्वामित्वबाट पाइने स्तरको जुन एक प्रतिक-बोध छ, त्यसै प्रकार 'बुद्धिवादी' शब्दले समेत टाउको वरिपरि प्रभा थपिदिन सक्छ, तथापि यस शब्दको अति-प्रयोगबारे नैतिक औचित्य गर्न आकाङ्क्षीहरूको वर्गले सामूहिक र गहिरो आत्मनिरीक्षण गर्नुपर्ने आवश्यकता छ।
समकालीन नेपाली बुद्धिजीवी वर्गको सामाजिक उद्गम, पूर्व वृत्तान्त, संस्कृति, शिक्षा तथा व्यवसाय जे सुकै होस्, ती यस्तै प्रकारसँग अस्पष्ट तथा निःसार घटना भइरहने सम्भावना छ- मानौँ ती बोका बनाइएका देवदूत होऊन् जो सब आ-आफ्नै धुनको राग अलापिरहेछन्। हालैका विगतमा, जे जति मात्र वास्तविक बुद्धिवादी थिए हाम्रामध्ये, ती पनि अब विगतको तुलनामा आफ्नो समाजको आलोचकका रूपमा कम उग्रवादी हुँदै गरेका छन्।
व्यवस्थासँग पूर्णरूपमा आत्मसात् गरेपछि जुन एक तत्कालीन, विशिष्ट समस्याहरू उम्री आउँछन्, त्यसैप्रति बढी सजग भई समस्या समाधानपछि लाग्न थालेका छन् ती। र, बाँकीमध्ये त्यस्ता व्यक्ति जो अबझ पाराले देवालयको सङ्ग्रहालयमा घुस्न तम्सिएका छैनन्, तीमध्ये पनि धेर जसोमा चरित्र, विशिष्टता, सत्यता एवं प्रयासको अभाव छ, र तिनको सङ्ख्या पनि मानौं मध्यकालीन अवस्थाका मठका जोगी सरह थापना निमित्त मात्र रहे जस्तो छ। उनका प्रभावहीनता तथा नपुंसकत्वले गर्दा नेपाली जनजीवनका सर्वसाधारण व्यक्तिका लौकिक विचारहरू प्रायशस् 'मेहनतानास तलब तथा मुनाफा, घृणित ढङ्गका मनोरञ्जनको बसिबियाँलो' मा र, सबभन्दा चर्को त, नातागोता, प्रभाव र शक्तिको लागि पाइताला खियाउनुमै केन्द्रित भएका छन्।
सिमेन्टी इँटका बंगला र कारको स्वामित्वबाट पाइने स्तरको जुन एक प्रतिक-बोध छ, त्यसै प्रकार 'बुद्धिवादी' शब्दले समेत टाउको वरिपरि प्रभा थपिदिन सक्छ, तथापि यस शब्दको अति-प्रयोगबारे नैतिक औचित्य गर्न आकाङ्क्षीहरूको वर्गले सामूहिक र गहिरो आत्मनिरीक्षण गर्नुपर्ने आवश्यकता छ। काठमाडौंको एक प्रमुख अङ्ग्रेजी-भाषी दैनिकले आफ्नो सम्पादकीयमा यस विषयमा भित्ता पुऱ्याएर भनिसकेको छ, त्यसकारण उक्त दि राइजिङ नेपालको खरो सम्पादकीयको साभार उद्धरण गर्नुभन्दा राम्रो नेपालको बुद्धिवादीको दारिद्रयबारेको आफ्नो अनुसन्धानमा म अरू केही पाउँदिनँ।
शब्दको सच्चा अर्थमा, बुद्धिवादी भनिन लायक व्यक्ति कम्ती नै होलान्, तथापि आफू त्यसअन्तर्गत नपरेमा लज्जित हुनु पर्दैन। कृत्रिम-बुद्धिवादी हुनुभन्दा त नहुनु र त्यो कुरा इमान्दारीसाथ स्वीकार गर्नु वेस! (दि राइजिङ नेपाल सन् १९७०)। यस परिस्थितिमा, हाम्राबीच रसेल, सार्च, ग्राम्स्की खोज्नु वा हर्वट माृस्, नोम चोमस्की आविस्कार गर्नु, वा ग्यालब्रेथ, मार्शल मैकलुहान स्थापना गर्नु फलहीन प्रयास हुनजाने छ: हामीसँग त, शोषणरहित अवस्थाको परम् सुख निमित्त दृढतापूर्वक उद्यमशील भएको नेपाली समाजका पाङ्ग्रामा विनीत, र आदरणीय दाँतीहरू मात्र छन्।
अनुवादकका तर्फबाट : माथिका लेखबाटै स्पष्ट भयो होला, एउटा भाषाको सौन्दर्यलाई अर्को भाषाको रूप दिनु- त्यो पनि विकसित अङ्ग्रेजीलाई वर्तमान नेपालीमा- कस्तो दुस्प्रयास हो। मुख्य अप्ठ्यारो पर्छ विशिष्ट श्लेषमा। अनुवादकर्ता अभिव्यक्तिका दुई सिमाना- भाषाको पराधीनता र सङ्केतको स्वतन्त्रताबीच हस्तकौशल देखाउन आएको चटकेजस्तो मात्र हो। तसर्थ, सफलताको श्रेय मूल लेखकमा र त्रुटिहरूको दोष मेरो अनअभ्यस्ततालाई ठानिदिनु हुन आग्रह गर्दछु।)
अनुवाद : शंकर लामिछाने
समाज अध्ययन ११ : १३१-१६०, २०७३ बाट साभार। यो लेख सर्वप्रथम अङ्ग्रेजीमा लेखिएर वसुधाको वर्ष १३ अङ्क ५ (वैशाख २०२७, पृ. १७-२७) र वर्ष १३ अङ्क ६ (जेठ २०२७, पृ. ५-१६) मा छापिएको थियो। सँगसँगै यसलाई साहित्यकार शंकर लामिछानेले त्यतिवेलै नेपालीमा अनुवाद गरेपछि रूप-रेखाको पूर्णांक १०८ (वैशाख २०२७, पृ. ११-३०) र पूर्णांक १०९ (जेठ २०२७, पृ. ५७-७७) छापिएको थियो। यहाँ रूप-रेखामै प्रकाशित स्वरूपलाई पुन:प्रकाशन गरिएको हो। यद्यपि समाज अध्ययनको शैली अनुसार हिज्जे तथा सन्दर्भ सामग्रीको शैली सामान्य परिमार्जन गरिएको छ।