भिडियो कल मार्फत एनएमबी ब्यांकमा खाता खोल्न सकिने
एनएमबी ब्यांकले भिडियो कल मार्फत खाता खोल्न सकिने सेवाको शुरूआत गरेको छ।
यो सेवा मार्फत ग्राहकले भिडियो कल गरेर खाता खोल्न र केवाईसी विवरण अपडेट गर्न सक्नेछन्।
त्यसैगरी, ब्यांकले अभिनेता पल शाहलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। शाहसँगको सहकार्यले ब्यांकको प्रवर्द्धनमा सघाउ पुग्ने विश्वास लिइएको छ।
एनएमबी ब्यांकसँग ब्रान्ड एम्बेसडरका रूपमा सहकार्य गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै अभिनेता शाहले सकेको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए।
ब्यांकले १८१ शाखा मार्फत देशभर सेवा प्रदान गर्दै आएको छ। एनएमबी ब्यांकका १३७ एटीएम र ९ एक्सटेन्सन काउन्टर छन्।