अस्ट्रेलिया बन्यो टी-२० च्याम्पियन
न्यूजिल्यान्डलाई पराजित गर्दै अस्ट्रेलिया टी-२० च्याम्पियन बनेको छ।
आइतबार राति दुबईमा भएको फाइनल खेलमा न्यूजिल्यान्डलाई आठ विकेटले पराजित गर्दै अस्ट्रेलियाले टी-२० विश्वकपको उपाधि जितेको हो। न्यूजिल्यान्डले दिएको १७३ रनको लक्ष्य अस्ट्रेलियाले १८.५ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको छ।
अस्ट्रेलियालाई विश्वकप उपाधि दिलाउन मिसेल मार्सले उत्कृष्ट पारी खेले। उनले ५० बलमा ७७ रन बनाए। त्यस्तै, डेभिड वार्नरले ३८ बलमा ५० र ग्लेन म्याक्सवेलले १८ बलमा २८ रन बनाए।
न्यूजिल्यान्डका लागि ट्रेन बोल्टले दुई विकेट लिए। अन्य बलर चल्न सकेनन्।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजिल्यान्डले चार विकेट गुमाउँदै १७२ रन बनाएको थियो। न्यूजिल्यान्डका लागि कप्तान क्यान विलियम्सनले ४८ बलमा ८३ रन बनाएका थिए।
त्यस्तै, मार्टिन गुप्टिलले २८, ग्लेन फिलिप्सले १८, जेम्स निसमले १३ र ड्यारिल मिसेलले ११ रन बनाएका थिए।
अस्ट्रेलियाका लागि जोस हेजल्वुडले तीन र एडम झम्पाले एक विकेट लिएका थिए।