देशभर यसरी लगाइँदै छ फाइजर खोप (तस्वीरहरू)
आजदेखि देशभर दीर्घरोगीलाई कोभिड-१९ विरुद्धको फाइजर खोप लगाउन थालिएको छ।
कोभिड-१९ को संक्रमणबाट जोगाउन १२ वर्षमाथिका दीर्घरोगीलाई फाइजर खोप लगाउन थालिएको हो। यसका लागि सातै प्रदेशमा खोप केन्द्र तोकिएको छ।
खोप लगाउन भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा बिहानैदेखि भीड लागेको छ। दीर्घरोग लागेका बालबालिकादेखि वृद्धवृद्धाहरू खोप केन्द्र पुगेका छन्।