नेपाल ब्यांक ८५औं वर्षमा
नेपाल ब्यांक लिमिटेड ८५औं वर्षमा प्रवेश गरेको छ। ब्यांक १९९४ सालमा निजी–सरकारी साझेदारीको अवधारणामा स्थापना भएको हो।
शुरूआतमा सरकारको ४० र सर्वसाधारणको ६० प्रतिशत शेयर अनुपात रहेको ब्यांकमा हाल सरकारको ५१ र सर्वसाधारणको ४९ प्रतिशत हिस्सा छ।
गत असारसम्म ब्यांकको चुक्तापूँजी रु. १२ अर्ब ६४ करोड पुगेको छ। करीब दुई दशकसम्म लाभांस वितरण गर्न नसकेको नेपाल ब्यांकले आव २०७६/७७ देखि लाभांस दिन थालेको छ।
यसले स्थापनाको समयदेखि २०१३ सालसम्म केन्द्रीय ब्यांकको भूमिका समेत निभाएको थियो। हाल ब्यांकमा करीब दुई हजार ४०० कर्मचारी छन् भने २० लाखभन्दा बढी ग्राहक छन्।