यसरी हुँदै छ जनगणना (तस्वीरहरू)
राष्ट्रिय जनगणना प्रारम्भ भएसँगै गणकहरू प्रश्नावली बोकेर घर-घरमा पुग्न थालेका छन्।
बिहीबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीको विवरण सङ्कलन गरेर १२औं राष्ट्रिय जनगणनाको प्रारम्भ गरिएको छ। योसँगै गणकहरू गाउँगाउँ पुगेका हुन्।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेल पुगेका गणकले घर–घरमा गएर विवरण सङ्कलन गरेका छन्। उनीहरूसँगै जनगणनाको निरीक्षण गर्न जनगणना अधिकारी जितबहादुर कोइराला पनि दिक्तेलका घर–घर पुगेका थिए।
खोटाङमा जनगणनाका लागि २९० गणक खटिएका छन्। देशभर ४० हजार गणक खटिएको तथ्याङ्क विभागले जनाएको छ। २५ कात्तिकबाट प्रारम्भ भएको जनगणना ९ मंसीरसम्म सञ्चालन हुनेछ।