राष्ट्रपतिलाई ८० प्रश्न सोधेर जनगणनाको प्रारम्भ
राष्ट्रपति विद्यादेवी भण्डारीको विवरण सङ्कलन गरेर १२औं राष्ट्रिय जनगणनाको प्रारम्भ गरिएको छ।
शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा बिहीबार तथ्याङ्क विभागका गणकले राष्ट्रपति भण्डारीको पारिवारिक तथ्याङ्क सङ्कलन गरेका हुन्। यससँगै राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भ भएको छ।
विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले राष्ट्रपति भण्डारीको पहिलो तथ्याङ्क लिएर राष्ट्रिय जनगणना-२०७८ को औपचारिक शुरूआत गरिएको बताए। राष्ट्रपति भण्डारीलाई जनगणनाको तथ्याङ्कमा रहेका ८० वटा प्रश्न सोधिएको थियो।
यस पटक जनगणनाका लागि ८० वटा प्रश्नावली तयारी गरिएको छ। गणकहरूले देशभर सबैलाई ८० वटा प्रश्न सोधेर तथ्याङ्क सङ्कलन गर्नेछन्।
आजबाट प्रारम्भ भएको जनगणना ९ मंसीरसम्म चल्नेछ। यसका लागि देशभर ४० हजार गणक र आठ हजार ५०० सुपरिवेक्षक परिचालन गरिएको तथ्याङ्क विभागले जनाएको छ।
जनगणनामा सोधिने ८० प्रश्न :