ब्यांकर्स संघको अध्यक्षमा उपाध्याय
नेपाल ब्यांकर्स संघको अध्यक्षमा कृषि विकास ब्यांकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय चयन भएका छन्।
संघको ३५औं साधारणसभाले उपाध्यायको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। संघको उपाध्यक्षमा एनएमबी ब्यांकका प्रमुख कार्यकारी अधिकृत सुनील केसी चयन भएका छन्।
त्यस्तै, सदस्यमा लक्ष्मी ब्यांकका अजयकुमार साह, मेगा ब्यांककी अनुपमा खुञ्जेली, नेपाल ब्यांकका कृष्णबहादुर अधिकारी, नेपाल एसबीआई ब्यांकका दीपककुमार दे, सनराइज ब्यांकका सुमन शर्मा, माछापुच्छ्रे ब्यांकका सन्तोष कोइराला र एनआईसी एशिया ब्यांकका रोशनकुमार न्यौपाने चयन भएका छन्।
यसैगरी, सल्लाहकारमा पूर्व अध्यक्षहरू अनिलकेशरी शाह, अशोक राणा र ज्ञानेन्द्रप्रसाद ढुंगाना रहेका छन्।