आज निको हुनेभन्दा नयाँ सङ्क्रमितको सङ्ख्या धेरै
आज पनि कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढेको छ। देशभर निको हुनेभन्दा नयाँ सङ्क्रमितको सङ्ख्या धेरै रहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा १६ हजार ६३६ जनाको स्वाब परीक्षण गर्दा ५३३ जनामा कोरोना देखिएको छ। जसमध्ये १४ हजार ९१८ जनाको पीसीआर परीक्षण गर्दा ४४३ जनामा र एक हजार ८१८ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जनामा सङ्क्रमण पुष्टि भएको हो।
आज कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४५४ पुगेको छ।
पछिल्लो २४ घण्टामा ४८४ जना निको भएका छन्। अहिलेसम्म निको हुनेको सङ्ख्या सात लाख ९६ हजार ३०६ पुगेको छ। अझै पनि सात हजार ६१२ जना सक्रिय सङ्क्रमित छन्।
आज देशभर ४३ हजार ३८० जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ। योसँगै पहिलो डोज लगाउनको सङ्ख्या ८७ लाख ४७ हजार ७१२ पुगेको छ। अहिलेसम्म ७४ लाख ६८ हजार ९१४ जनाले पूर्ण खोप लगाइसकेका छन्।