प्रधानन्यायाधीशले तोके बन्दीप्रत्यक्षीकरणका ६ रिटको पेसी
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बन्दीप्रत्यक्षीकरण सम्बन्धी ६ वटा रिटको पेसी तोकेका छन्।
न्यायाधीश र वकीलहरू आफ्नो विरोधमा उत्रेका वेला प्रधानन्यायाधीश जबराले सोमबार देवेन्द्र थापा मगरको हकमा बलबहादुर थापा वादी रहेको रिट आफू र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासमा राखेका छन्।
त्यस्तै, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, मनोजकुमार शर्मा, बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, तेजबहादुर केसी र नहकुल सुवेदीको इजलासमा पनि पेसी तोकिएको छ।
नेपाल बार एसोसिएशन र सर्वोच्चकै न्यायाधीशहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आएका छन्।