दिदीबहिनी नहुनेले रानीपोखरीमा मनाए भाइटीका
यमपञ्चक अर्थात् तिहारको पाँचौं दिन आज देशभर दिदीबहिनीले दाजुभाइलाई टीका र फूलमाला लगाउँदै धूमधामसँग भाइटीका मनाइरहेका छन्।
दिदीबहिनी नहुनेहरूले भने काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर पुगेर टीका लगाउने गर्छन्। यो मन्दिर दिदीबहिनी नहुने दाजुभाइका लागि वर्षमा एक दिन खुला गरिन्छ।
आज बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा घुइँचो लागेको छ। दिदीबहिनी नहुने दाजुभाइले रानीपोखरी पुगेर टीका र फूलमाला लगाएका छन्।