आत्मशुद्धिका लागि आफ्नै शरीरको पूजा (तस्वीरहरू)
नेवार समुदायमा मौलिक पर्वका रुपमा मनाइने म्हपूजा आज धुमधामसँग मनाइएको छ।
तिहारको चौथो दिन अर्थात कात्तिक शुक्ल प्रतिपदाको अवसर पारेर नेवार समुदायमा आफ्नै शरीरको पूजा गर्ने प्रचलन रहेको छ। विशेष गरेर आत्मशुद्धिका लागि यो पूजा गरिन्छ।
यो अवसरमा ललितपुरको खोकनामा सामूहिक म्हपूजा गरिएको छ। म्हपूजामा स्थानीय बासिन्दा सहभागी भएका छन्।