विद्यार्थीले हुर्काएको फूलबारी (तस्वीरहरू)
आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न खोटाङको सोल्मामा ‘डेकोरेटिभ अर्गानिक’ खेती गरिएको छ।
साल्मास्थित सुभद्रा-मदन फाउन्डेशनका विद्यार्थी लगाएको ‘डेकोरेटिभ अर्गानिक टुरिज्म फार्म’ मा रङ्गीबिरङ्गी फूल ढकमक्क फुलेका छन्। रातो र सेतो मखमली फूलले फार्मलाई झन् रङ्गीचङ्गी बनाएको छ।
कृषिविज्ञ मदन राईले स्थापना गरेको सुभद्रा-मदन फाउन्डेशनले आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘डेकोरेटिभ अर्गानिक टुरिजम फार्म’ को अवधारणा अघि सारेको छ। फाउन्डेशनले जीवनोपयोगी शिक्षाको अभ्यास गराउँदै यसै वर्षदेखि फार्म सञ्चालन गरेको हो।