दीपावलीमा झिलिमिली काठमाडौं (तस्वीरहरू)
लक्ष्मीपूजाको साँझ काठमाडौं उपत्यका झिलिमिली देखिएको छ।
घरघरमा बालेका दीपले पूरै उपत्यका झलमल्ल देखिएको हो। तिहारको तेस्रो दिन बिहीबार साँझ धूमधामसँग लक्ष्मीपूजा गरिएको छ।
यससँगै घरमा दीप प्रज्वलन गरिएको छ। दीप जलाएर झिलिमिली पार्ने भएकाले यो पर्वलाई दीपावली पनि भनिन्छ।