पशुपतिमा गाईको पूजा (तस्वीरहरू)
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजा गरेर मनाइँदै छ।
कात्तिक कृष्ण औंशीको दिन अथवा तिहारको तेस्रो दिन बिहान गाईको पूजा गरिन्छ भने साँझ लक्ष्मीको पूजा गर्ने प्रचलन छ।
गाईको पूजा गरिने भएकाले यस दिनलाई गाई तिहार पनि भनिन्छ। हिन्दू धर्मावलम्बीले गाईलाई लक्ष्मीका रूपमा पनि लिने गर्छन्।
आज पशुपतिनाथ मन्दिर क्षेत्रमा पनि गाईको पूजा गरिएको छ। त्यहाँ रहेका गाईको पूजा गरेर खानेकुरा खुवाइएको छ।