राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्री नियुक्त
नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका छन्।
प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले मंगलबार राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। संविधानको धाारा १६८ (२) अनुसार उनलाई मुख्यमन्त्री नियुक्त गरिएको हो।
सोमबार भीम आचार्यले राजीनामा दिएपछि प्रदेश प्रमुख अधिकारीले मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका थिए। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीको समर्थनमा राईले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए।
आज दिउँसो १ बजेसम्म दाबी पेश गर्ने समय दिइएको थियो। अर्को दाबी नपरेपछि प्रदेश प्रमुख अधिकारीले राईलाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
उनलाई कांग्रेस, माओवादी र जसपाका ४९ जना सांसदको समर्थन छ।