नबिल ब्यांक र पाेखरा विश्वविद्यालयबीच सम्झौता
नबिल ब्यांकले पोखरा विश्वविद्यालयसँग् दिगो ब्यांकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी गरेको छ।
ब्यांकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र विश्वविद्यालयका मानविकी र सामाजिक विज्ञान संकायका डिन डा. अजय थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार, ब्यांकले पोखरा विश्वविद्यालयको स्नातक तहमा उद्यमशीलता विकास अध्ययन गरेका र गरिरहेका विद्यार्थीका लागि उद्यमशील कर्जा उपलब्ध गराउनेछ।
ब्यांकले कृषिकाे व्यवसायीकरण र उद्यमशीलता विकासका लागि १७ वटा दुर्गम शाखाबाट नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा प्रवाह गर्दै आएकाे छ।