ज्योति विकास ब्यांक बोन्ड, २०८७ ऋणपत्र नेप्सेमा सूचीकृत
ज्योति विकास ब्यांकद्वारा निष्कासित रु. १.५ अर्ब बराबरको ‘ज्योति विकास ब्यांक बोन्ड, २०८७ ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचीकृत भएको छ।
ऋणपत्र सूचीकरण गर्ने सम्झौतापत्रमा ब्यांकका प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्ट र नेप्सेका निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुँयालले हस्ताक्षर गरेका छन्। सम्झौता पश्चात् ऋणपत्र नेप्सेको दोस्रो बजारमा कारोबार गर्न सकिनेछ।
ब्यांकले रु. एक हजार अंकित दरका १५ लाख कित्ताले हुन आउने ज्योति विकास ब्यांक बोन्ड, २०८७ ऋणपत्र नौ प्रतिशत वार्षिक ब्याजदरले अर्धवार्षिक रूपमा ब्याज भुक्तानी गर्ने गरी १० वर्ष अवधिका लागि निष्कासन गरेको थियो।
ब्यांकका १०५ शाखा कार्यालय, एक एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएम छन्।