ग्लोबल आईएमई ब्यांकको दुई नयाँ शाखारहित ब्यांकिङ सेवा
ग्लोबल आइएमई ब्यांक लिमिटेडले दुई नयाँ शाखारहित ब्यांकिङ सेवा सञ्चालनमा ल्याएको छ।
ब्यांकले काभ्रेपलाञ्चोकको दाप्चाबजार र ताप्लेजुङको सिन्वामा शाखारहित ब्यांकिङ सेवा सञ्चालनमा ल्याएको हो। यी दुईसँगै ब्यांकको शाखारहित सेवा संख्या २६२ पुगेको छ।
ब्यांकको भकुण्डेबेसी शाखा अन्तर्गत रहने गरी दाप्चा बजारमा खोलिएको सेवाको लागि कृष्णकुमार श्रेष्ठ र ताप्लेजुङ शाखा अन्तर्गत रहने गरी सिन्वामा खोलिएको सेवाको लागि प्रेमप्रसाद निरौलालाई प्रतिनिधि नियुक्त गरिएको छ।