रुद्राक्ष कारोबारी दुई चिनियाँ पक्राउ
संखुवासभा र भोजपुरबाट रुद्राक्ष चीन लैजाने दुई चिनियाँ नागरिक पक्राउ परेका छन्।
रुद्राक्षको फलमा छर्केर आकार बढाउने आठ सय किलो औषधि सहित उनीहरू १२ कात्तिक राति संखुवासभाबाट पक्राउ परेका हुन्।
प्रहरीले दुवै जनालाई १४ कात्तिकमा राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ।
संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार, चीनको सिचुआन निवासी वु छिङलिङ र सान्दोङ निवासी जाङ फुहेन पक्राउ परेका हुन्।
- कमल रिमाल, विराटनगर