ग्लोबल आइएमई ब्यांंकद्वारा प्रहरीलाई १० थान टीभी हस्तान्तरण
ग्लोबल आइएमई ब्यांक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय प्रहरी परिसर ललितपुरको नवनिर्मित स्मार्ट कन्ट्रोल रुमका लागि १० थान ४३ इन्चको एलइडी टेलिभिजन सेट प्रदान गरेको छ।
महानगरीय प्रहरी परिसर ललितपुर, जावलाखेलमा आयोजित कार्यक्रममा ब्यांकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले महानगरीय ट्राफिक प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्यलाई टेलिभिजन सेट हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले टेलिभिजन सेटले सेवाग्राहीलाई प्रभावकारी रूपमा सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा राखेको बताए।