सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ प्रभावित
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मुद्दाको सुनुवाइका लागि आज आठ वटा इजलासमा पेशी तोके, तर कुनै पनि बेन्च बसेर सुनुवाइ हुन सकेन।
पेशी तोकिएकोमा प्रधानन्यायाधीश राणा र न्यायाधीश डा. कुमार चुडालको संयुक्त इजलास तोकिएको थियो। उक्त मुद्दाको सूचीमा ‘हेर्न नभ्याइएको’ भनेर जनाइएको छ भने बाँकी पेशीमा ‘बेन्च बस्न नसकेको’ भनेर जनाइएको छ।
आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिपरिषद् विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशहरूले सुनुवाइ गर्न इन्कार गरेका छन्। सोमबारदेखि मुद्दाको सुनुवाइ पूरै प्रभावित छ।
गत सोमबार सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बसेर समस्याको समाधान गर्ने भनिए पनि उक्त बैठक बस्न सकेन।
राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै आएका छन्।
उनले न्यायाधीशहरूलाई संविधान र कानून बमोजिम आ-आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह समेत गरेका छन्।
- रासस