योसीखेलमा बिस्कुन
सधैंजसो सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिने भक्तपुरको योसीखेल यतिवेला भने बिस्कुनले भरिएको छ।
बेमौसमी वर्षापछि घाम लागेसँगै भक्तपुरका स्थानीय बासिन्दा योसीखेलमा धान सुकाइरहेका छन्। केही दिनअघिको बेमौसमी वर्षाले देशका विभिन्न जिल्लामा धानबालीमा क्षति गरेको छ।
भक्तपुरमा धेरै क्षति नभए पनि धान भिजेको थियो। अहिले किसान भिजेको धान सुकाउने तथा केलाउने गरिरहेका छन्।