किन चाहिन्छ बिब्लियोग्राफी?
ज्ञान निर्माणको महत्त्वपूर्ण खुड्किलो बिब्लियोग्राफीको अभावमा अनुसन्धान दोहोरिने सम्भावना हुन्छ भने समय र पैसाको पनि नाश हुन्छ।
ग्रन्थसूची। सन्दर्भ ग्रन्थसूची। सन्दर्भ सामग्रीसूची। सन्दर्भग्रन्थ। वाङ्मयसूची। सन्दर्भसूची।
यी विभिन्न नामले चिनिने सामग्रीको सूचीलाई बिब्लियोग्रोफी भनिन्छ। नेपालीमा अनेक नाम भएकाले यहाँ बिब्लियोग्राफी नै प्रयोग गरिएको छ। हुन त बिब्लियोग्राफी भनेको एउटा विधा हो जसमा पुस्तकलाई भौतिक वस्तुका रूपमा लिइन्छ र लेखक, प्रकाशक, पाण्डुलिपि जस्ता पुस्तकका विभिन्न पक्षबारे अनुसन्धान गरिन्छ। तर, खोजी, अध्ययन अनुसन्धानको क्षेत्रमा भने बिब्लियोग्राफीको दुई अर्थ लाग्छ।
बिब्लियोग्राफी बनाउने र प्रकाशित गर्ने चलन भने नेपालमा घट्दै गएको छ। भन्नुको अर्थ, पहिला नियमितजसो बिब्लियोग्राफी बनाउने संस्थाले बिस्तारै चासो कम दिएका छन्।
१) कुनै लेख वा पुस्तकमा काम गर्दा उल्लेख गरिएको सामग्रीको विवरण अर्थात् रिफरेन्स।
२) निश्चित विषयमा प्रकाशित र अप्रकाशित सामग्रीको व्यवस्थित विवरण।
यहाँ चर्चा गर्न खोजिएको विषय दोस्रो प्रकारको सूचीबारे हो जुन पुस्तकाकारमा छन् वा अनलाइनमा। यस्ता बिब्लियोग्राफी पनि मुख्यतः दुई प्रकारका हुन्छन्ः साधारण बिब्लियोग्राफी र एनोटेटेड (विस्तृत) बिब्लियोग्राफी। एनोटेटेड बिब्लियोग्राफी बनाउने क्रममा सबै सामग्री राम्ररी पढी प्रत्येकमाथि टिप्पणी पनि गरिएको हुन्छ।
तर, बिब्लियोग्राफी बनाउने र प्रकाशित गर्ने चलन भने नेपालमा घट्दै गएको छ। भन्नुको अर्थ, पहिला नियमितजसो बिब्लियोग्राफी बनाउने संस्थाले बिस्तारै चासो कम दिएका छन्। नेपालमा के कति बिब्लियोग्राफी प्रकाशित भए र के हुन बाँकी छन् भन्ने चर्चा यस आलेखमा गरिएको छ।
मार्टिन चौतारीको पुस्तकालयमा कार्यरत रमिता महर्जन र उपासना पण्डितले सन् २०११ मा बनाएको १०९ वटा बिब्लियोग्राफीको बिब्लियोग्राफीलाई मुख्य आधार बनाएर यो लेख तयार गरिएको हो। साथै, सन् २०११ मा मैले बिब्लियोग्राफीलाई अद्यावधिक गर्ने क्रममा समेटेको अनुभव पनि यस लेखका लागि उपयोगी भएको छ। हुन त फ्रान्स, बेलायत, अमेरिका, भारत, जापान जस्ता देशहरूबाट पनि नेपाली सम्बन्धी बिब्लियोग्राफी निस्केका छन्, तर यसबारे यहाँ विमर्श गरिएको छैन।
कम सक्रियता
महर्जन र पण्डितको सूची हेर्दा स्पष्ट हुन्छ, नेपालमा नियमित बिब्लियोग्राफी प्रकाशित गरिरहेका महत्त्वपूर्ण संस्थाले यो काममा कम महत्त्व दिन थालेका छन्। यस्ता संस्थाको सूची लामै छन्। तर, यहाँ तीन वटाबारे विस्तृतमा चर्चा गरिएको छ।
पहिलो संस्था नेपाल एशियाली तथा अनुसन्धान केन्द्र (सिनास) हो। सिनासले सन् २००१ सम्ममा २६ वटा जति बिब्लियोग्राफी प्रकाशित गरेको देखिन्छ। नेपाल र एशियाको अध्ययन अनुसन्धानमा ध्यान दिई सन् १९६९ मा स्टडिज इन नेपाल एण्ड एसियन स्टडिज (इनास) गठन गरिएको थियो जुन सन् १९७७ मा सेन्टर फर नेपाल एण्ड एशियन स्टडिज् (सिनास) मा रूपान्तरण गरिएको थियो।
इनास भएकै अवस्थामा त्यहाँ डकुमेन्टेशन सेन्टर थियो जसको एउटा मुख्य काम प्रकाशित र अप्रकाशित सामग्रीको बिब्लियोग्राफी बनाउने थियो। यही डकुमेन्टेशन सेन्टर मार्फत् थुप्रै बिब्लियोग्राफी बनाइए। यसै अन्तर्गत ठाकुरलाल मानन्धरले सन् १९७४ मा केशर पुस्तकालय र राष्ट्रिय पुस्तकालयमा रहेका सामग्रीको सूची बनाएका थिए।
यी एनोटेटेड बिब्लियोग्राफीभन्दा पहिले नै नेपालमा केही बिब्लियोग्राफी प्रकाशित भइसकेका थिए। श्री ५ सरकारको शिक्षा सल्लाहकारका रूपमा काम गरेका ह्युग उडले तयार गरेको नेपाल बिब्लियोग्राफी सन् १९५९ मा कलेज अफ एजुकेशन काठमाडौंबाट प्रकाशित भएको थियो।
त्यस्तै, असाड हुसेनले ब्रिटिस इन्डिया र नेपालको सम्बन्धबारे विद्यावारिधि गर्ने क्रममा बनाएको रिफरेन्सलाई नै मिलाएर सन् १९६६ मा सूचना विभागले बिब्लियोग्राफी अन नेपाल नामक पुस्तिका छापेको थियो। तर, एउटै पुस्तकालयमा भएको सामग्रीको सूची बनाइएको थिएन। ठाकुरलाल मानन्धरले त्यही गरे। यसपछि २०३२ मा श्याम गोतामेले सम्पादन गरेको नेपालः केही एतिहासिक प्रलेखहरू (विवरणात्मक सूचीपत्र) सिनासले प्रकाशित गरेको थियो।
एनोटेटेड बिब्लियोग्राफीभन्दा पहिले नै नेपालमा केही बिब्लियोग्राफी प्रकाशित भइसकेका थिए। श्री ५ सरकारको शिक्षा सल्लाहकारका रूपमा काम गरेका ह्युग उडले तयार गरेको नेपाल बिब्लियोग्राफी सन् १९५९ मा कलेज अफ एजुकेशन काठमाडौंबाट प्रकाशित भएको थियो।
दुई भागमा रहेको यो बिब्लियोग्राफीमा हनुमानढोकाबाट प्राप्त करीब ९०० थान ऐतिहासिक सामग्रीको विवरण दिइएको छ। डकुमेन्ट सेन्टरमा सङ्कलित हस्तलिखित कागजपत्रका आधारमा बनाइएको यस सूचीमा नेपाल सम्बन्धी धार्मिक, सामाजिक, आर्थिक, अराजनीतिकको विवरण दिइएको छ। यी दुवै भागमा कागजको प्रकृति र महत्त्वपूर्ण व्यक्ति र विषयको अनुक्रमणिका पनि दिइएको छ जुन हेरेर अध्येताले आफूले खोजेको सामग्री छिट्टै पाउन सक्छन्।
सिनासको अर्काे उदाहरणीय काम डकुमेन्टेशन सेन्टरको सक्रियतामा बनाइएको बहु भागमा प्रकाशित बिब्लियोग्राफी हो। पहिलो चार भागमा गोरखापत्रः विवरणात्मक सूचीपत्र, (२०३२) मा नेपाल र एशियाली अध्ययन संस्थान (इनास)ले प्रकाशित गरेको थियो। यिनीहरूमा भएको विवरण दयाराम श्रेष्ठ ‘सम्भव’ र काशीनाथ तमोटले सङ्कलन गरेका थिए भने साकेत विहारी ठाकुर (सा.वि ठाकुर)ले सम्पादन गरेका थिए। खण्ड १ र २ मा १९५८ देखि २००७ सम्ममा गोरखापत्रमा प्रकाशित सामग्री छन् भने भाग २ खण्ड १ र भाग २ खण्ड २ मा १९५८ देखि २०१७ का सामग्रीको विवरण छ।
त्यस्तै, साकेत विहारी ठाकुरले आठ भाग (११ वटा) मा पञ्चायतः एन एनोटेटेड बिब्लियोग्राफी (पञ्चायतः विवरणात्मक सूचीपत्र)मा काम गरेका थिए जुन सन् १९७८ मा प्रकाशित भए। यी बिब्लियोग्राफीमा सन् १९६१ देखि १९७४ सम्ममा प्रकाशित नेपाली र अङ्ग्रेजी सामग्रीका विवरण सङ्कलित छन्। पञ्चायतबारे अध्ययन गर्न चाहने जो कोहीलाई यी बिब्लियोग्राफी धेरै नै उपयोगी देखिन्छन्।
यसैगरी, साकेत विहारी ठाकुरले डकुमेन्टेशन अन सार्कको दुई भाग बनाएका थिए। सन् १९९८ मा प्रकाशित पहिलो भागमा सन् १९८५-८७ र सन् १९९० मा प्रकाशित दोस्रो भागमा सन् १९८८-९८ सम्मका सामग्री छन्। सन् १९९६ मा प्रकाशित भाग तीनमा भने पूर्ण अमात्यले काम गरेका थिए जसमा सन् १९९० देखि १९९५ सम्मका सामग्री छन्।
सार्कको सचिवालय नेपालमै रहेको अवस्थामा यसरी सार्ककै विषयमा बिब्लियोग्राफी बनाइँदा यस विषयमा जान्न चाहने व्यक्तिहरूलाई यी बिब्लियोग्राफी धेरै नै काम लाग्छन्। सिनासका कार्यकारी निर्देशक दुर्गाप्रसाद भण्डारीले ‘सार्क स्टडिज्’ का लागि ती बिब्लियोग्राफी उपयुक्त रहेको जानकारी सन् १९९० को बिब्लियोग्राफीको भूमिकामा लेखेका छन्।
सन् २००१ पछि भने सिनासले बिब्लियोग्राफी बनाएको देखिँदैन। यसरी सिनासकै सामग्रीको एनोटेटेड बिब्लियोग्राफीलाई नगन्ने हो भने पञ्चायतपछि एउटा मात्रै बिब्लियोग्राफी प्रकाशित भएको देखिन्छ, त्यो पनि सार्क बिब्लियोग्राफीको तेस्रो भाग।
सन् २००१ मा सिनासले आफ्नै प्रकाशनकै एनोटेटेड बिब्लियोग्राफी प्रकाशित गरेको थियो। हुन त पूर्णप्रसाद अमात्यले बनाएको सन् १९६९-९७ सम्मको सिनासको प्रकाशनको एनोटेटेड बिब्लियोग्राफी सन् १९९७ मा छापिएको थियो, स्मारिकाका रूपमा। सन् २००१ मा निर्मलमान तुलाधर र दामिनी वैद्यले बनाएको एनोटेटेड बिब्लियोग्राफी अफ सिनास पब्लिकेशन्समा भने सन् १९६९-२००१ सम्मका प्रकाशनको जानकारी दिइएको छ।
सन् २००१ पछि भने सिनासले बिब्लियोग्राफी बनाएको देखिँदैन। यसरी सिनासकै सामग्रीको एनोटेटेड बिब्लियोग्राफीलाई नगन्ने हो भने पञ्चायतपछि एउटा मात्रै बिब्लियोग्राफी प्रकाशित भएको देखिन्छ, त्यो पनि सार्क बिब्लियोग्राफीको तेस्रो भाग। यसले २०४६ पछि सिनासले बिब्लियोग्राफीमा महत्त्व नदिएको प्रष्टै हुन्छ। तर, अनुसन्धानका लागि गठन गरिएको सिनासले बिब्लियोग्राफीमा चासो नदिनु चाहिं विडम्बना नै हो।
दोस्रो संस्था नेपाल प्रज्ञा-प्रतिष्ठान हो। २०१६ देखि २०७२ सालसम्ममा प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित पुस्तकहरूको सूची हेर्दा पाँच वटा बिब्लियोग्राफी देखिन्छ। हुन त ‘राष्ट्रिय-अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नेपाली साहित्य-कला र संस्कृतिलाई अधिक मात्रामा सिर्जन, प्रोत्साहन र प्रकाशन तथा प्रचार समेत गर्न र विज्ञान सम्बन्धी अनुसन्धान तथा तत् सम्बन्धी कार्य सम्पादन’ गर्न २०१४ सालमा नेपाल एकेडेमी गठन गरिएको थियो।
यसलाई २०२४ मा राजकीय प्रज्ञा-प्रतिष्ठान र २०२६ मा नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानमा परिवर्तन गरिएको थियो। प्रतिष्ठानको पञ्चवर्षीय योजना (विसं २०२६-२०३०) मा ग्रन्थसूची वा बिब्लियोग्राफी बनाउने भनिएको थियो। त्यस वेला ‘नेपाली र अङ्ग्रेजीमा प्रकाशित नेपाल सम्बन्धी पुस्तक र अनुसन्धात्मक लेखहरूको पाएसम्म विवरण तयार गरी ग्रन्थसूची तयार गराउने’ योजना बनाइएको थियो।
शायद त्यसैले नै २०३२ मा नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानबाट नेपालको ग्रन्थसूची प्रकाशित भयो। यस ग्रन्थमा सन् १९७२ सम्ममा विदेशी भाषामा प्रकाशित सामग्रीको विवरण राखिएको छ। यस किताबमा अङ्ग्रेजी र अरू विदेशी भाषाका सन्दर्भ सामग्री भए पनि नेपालीमा छोटो जानकारी दिइएको छ।
त्यस्तै, शुरूमा विभिन्न विषयमा छुट्याई विवरण दिइए पनि लेखकहरूको अनुसूची पनि दिइएको छ। यसमा रहेको विवरण खड्गमान मल्लले सङ्कलन र सम्पादन गरेका थिए भने ठाकुरलाल मानन्धर, वासु रिमाल ‘यात्री’, मीरा भट्टराई र काशीनाथ तमोटले पनि सहयोग गरेका थिए।
त्यसपछि सन् १९८२ मा केजी।राजवंशीको अ जेनरल बिब्लियोग्राफी अन फिस एण्ड फिसरिज अफ नेपाल प्रकाशित भयो। राजवंशी कृषि विभाग अन्तर्गत मत्स्य विकास शाखाका प्रमुख हुँदा सङ्कलन गरेको सामग्रीका आधारमा तयार गरिएको थियो। यस बिब्लियोग्राफीमा नेपालमा माछाबारे प्रकाशित लेख, पुस्तक र अप्रकाशित प्रतिवेदन मात्र होइन, नेपालमा पाइने माछाका प्रजातिको विवरण पनि दिइएको छ। प्रज्ञा-प्रतिष्ठानले निकालेको निश्चित विषयमा केन्द्रित बिब्लियोग्राफी यही मात्रै हो।
लिम्बू ग्रन्थसूची (लिम्बू बिब्लियोग्राफी) २०४९ मा नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानले प्रकाशित गरेको अर्काे बिब्लियोग्राफी हो। त्यस वेला नेपाली बाहेक नेपालका अरू भाषामा बिब्लियोग्राफी प्रकाशन हुन २०४६ को परिवर्तनपछि मात्र सफल भएको देखिन्छ।
लिम्बू ग्रन्थसूची (लिम्बू बिब्लियोग्राफी) २०४९ मा नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानले प्रकाशित गरेको अर्काे बिब्लियोग्राफी हो। त्यस वेला नेपाली बाहेक नेपालका अरू भाषामा बिब्लियोग्राफी प्रकाशन हुन २०४६ को परिवर्तनपछि मात्र सफल भएको देखिन्छ। यस पुस्तकमा आफ्नो भनाइ राख्दै उपकुलपति ईश्वर बरालले एक भाषा र संस्कृतिको मात्र आधार मान्ने प्रज्ञाको प्रकृति नभएको जिकिर गरेका थिए।
सम्पादकहरू बैरागी काइँला, विरही काइँला र विक्रम सुब्बाले सोही किताबको आफ्नो भूमिकामा जानकारी दिए अनुसार, २०१८ मा इमानसिंह चेमजोङको लिम्बू-अङ्ग्रेजी-नेपाली शब्दकोशलाई परिमार्जित र विस्तारित गर्न समिति बनाइएको थियो जसले लिम्बू सम्बन्धी धेरै सामग्री सङ्कलित गरेको थियो। ती सामग्रीकै आधारमा यो बिब्लियोग्राफी तयार गरिएको थियो। यस बिब्लियोग्राफीमा लिम्बू भाषामा मात्र होइन, अरू भाषामा लिम्बू सम्बन्धी सामग्रीको विवरण दिइएको छ।
२०५९ मा प्रज्ञा-प्रतिष्ठानले प्रकाशन गरेको अर्काे बिब्लियोग्राफी हो, अनुवाद ग्रन्थसूची (नेपाली तथा अन्य भाषामा प्रकाशित)। माधवलाल कर्माचार्यको सम्पादन र ईश्वरमान रञ्जितकारको सहयोगी सम्पादनमा प्रकाशित यस पुस्तकमा नेपाली, नेपाल भाषा र मैथिलीमा अनुवाद भएका ७३९ र यी भाषाबाट अरू भाषामा अनुवाद गरिएका १८८ सामग्रीको सूची छ। यसका साथै ती सामग्रीलाई लेखक, अनुवादक, प्रकाशक र प्रकाशन मितिका आधारमा पनि खोज्न मिल्ने गरी इन्डेक्स पनि दिइएकाले यी भाषामा अनुवादको अवस्था के छ र कुन कृति अनुवाद भएका छन् भन्ने सजिलै थाहा पाउन सकिन्छ।
त्यस्तै, प्रज्ञा-प्रतिष्ठानले २०६० मा विवरणात्मक ग्रन्थ-कोश प्रकाशित गरेको थियो। यो २०३२ मा प्रकाशित नेपालको ग्रन्थसूचीमा नपरेका सामग्री सङ्कलन गरी तयार गरिएको हो। खास गरी अघिको बिब्लियोग्राफीमा विदेशी भाषाको सामग्रीको विवरण भएकाले नेपाली भाषा र नेपाल भाषाका सामग्री यसमा परेका छन्। पुस्तकमा अरू भाषाका सामग्री पनि राख्न खोजिएको तर सम्भव नभएको कुरा आफ्नो भूमिकामा संयोजक मोहन कोइरालाले उल्लेख गरेका छन्।
त्यस्तै, उनले यस पुस्तकमा शुरूमा शरद्चन्द्र शर्मा भट्टराईले काम गरेको र उनको निधनपछि उनकै अवधारणामा नवराज कट्टेलले कार्य सम्पन्न गरेको उल्लेख छ। साथै, कोइरालाले शुरूमा यस पुस्तकमा सात हरफसम्मको विवरण राख्ने सोच बनाइएको थियो, तर पुस्तक अझ् मोटो हुने भएकाले त्यसो नगरिएको जानकारी दिएका छन्।
यसको मतलब यस पुस्तकलाई एनोटेटेड बिब्लियोग्राफी बनाउने योजना थियो, तर त्यो सफल भएन। अहिले भएको थप विवरण धेरैजसो छोटा छन्। २०६० पछि भने प्रतिष्ठानले अर्काे बिब्लियोग्राफी निकालेको देखिँदैन। प्राज्ञहरूको थलोबाट बिब्लियोग्राफीलाई महत्त्व नदिनुले राम्रो सङ्केत भने गर्दैन।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय तेस्रो संस्था हो। यस संस्थाले लामो समयसम्म नियमित बिब्लियोग्राफी प्रकाशित गर्यो। २०१६ मा लाल दरबारमा स्थापना गरिएको सेन्ट्रल लाइब्रेरी नै २०१९ मा त्रिविमा हस्तान्तरण गरिएको थियो। यो पुस्तकालय नै पछि त्रिवि केन्द्रीय पुस्तकालय भएको थियो।पुस्तकालयमा भएका र नभएका किताबबारे जानकारी राख्न बिब्लियोग्राफीको महत्त्व हुनै नै भयो।
तर, यी सूचीहरूको प्रकाशन भने जर्मन संस्था नेपाल रिसर्च सेन्टरको आर्थिक र प्राविधिक सहयोगबाट सफल भयो। आकलझुकल बिब्लियोग्राफी प्रकाशित भइरहेको अवस्थामा नियमित नै बिब्लियोग्राफी प्रकाशित गर्ने सोचले यो सहकार्य भएको उल्लेख सन् १९८३ मा प्रकाशित बिब्लियोग्राफीको भूमिकामा नेपाल रिसर्च सेन्टरका तर्फबाट एक्सेल मिखाइल्स र पुस्तकालयका तर्फबाट शान्ति मिश्रले उल्लेख गरेका छन्।
नियमित रूपमा सन् २००८ सम्ममा नौ वटा बिब्लियोग्राफी निस्किए। सन् १९८५ देखि नै यसमा मैथलीमा भएको सामग्रीको विवरण पनि थपिएको थियो। सन् २००८ मा प्रकाशित बिब्लियोग्राफीमा सन् २०००-२००२ सम्मका सामग्री छन्।
सन् १९८३ मा नेप्लिज न्याशनल बिब्लियोग्राफी फर १९८१ प्रकाशित भएको थियो। अरू बिब्लियोग्राफीमा युएनडिपी, युनिसेफ, विश्व स्वास्थ्य सङ्गठन जस्ता संस्थाबाट तयार भएका प्रतिवेदन नराखिने हुँदा ती सामग्री पनि यस बिब्लियोग्राफीमा राखिएको थियो। यस बिब्लियोग्राफीमा अङ्ग्रेजी, नेपाली र नेपाल भाषाका सामग्री राखिएका थिए। नेपाल भाषाका सामग्रीको विवरणका लागि च्वसा पासाबाट सहयोग लिइएको थियो। सजिलोका लागि लेखक, शीर्षक र विषय अनुसार इन्डेक्स पनि दिइएको थियो।
यसपछि नियमित रूपमा सन् २००८ सम्ममा नौ वटा बिब्लियोग्राफी निस्किए। सन् १९८५ देखि नै यसमा मैथलीमा भएको सामग्रीको विवरण पनि थपिएको थियो। सन् २००८ मा प्रकाशित बिब्लियोग्राफीमा सन् २०००-२००२ सम्मका सामग्री छन्।
सन् २००८ पछि भने यस्तो सन्दर्भसूची बनाउने काम त्रिविले गरेको देखिँदैन। कारण, त्रिवि केन्द्रीय पुस्तकालयमा जनशक्तिको अभाव र नेपाल रिसर्च सेन्टरसँगको सहकार्यको अन्त्यसँगै यो श्रृङ्खला बन्द भएको अनुमान गर्न सकिन्छ। यसरी बिब्लियोग्राफी प्रकाशन बन्द भएपछि नेपालभित्र र बाहिरबाट नेपालबारे के कति सामग्री, कुन विषयमा प्रकाशित भए भन्ने अध्येता र विद्यार्थीले सजिलै थाहा पाउन गाह्रो हुने नै भयो।
भाषागत विविधताको खाँचो
हुन त नेपाली र अङ्ग्रेजी बाहेक नेपालका केही अरू भाषामा पनि सन्दर्भ सामग्री प्रकाशित भएका छन्। त्यस्ता सामग्रीमा ती भाषामा प्रकाशित वा ती भाषाबारे सामग्री राख्ने चलन छ। नेपाल भाषा, थारू, तामाङ र लिम्बू सम्बन्धी सन्दर्भ ग्रन्थसूची प्रकाशित भएको देखिन्छ। अरू भाषामा बिब्लियोग्राफी प्रकाशित भएको पनि हुन सक्छ, तर नेपालभरिबाट पुस्तक वितरणको समस्या हुने र नेपालका विभिन्न ठाउँबाट प्रकाशित सबै काठमाडौं नआउने हुँदा यस्तो समस्या हुन सक्छ।
नेपाल भाषामा तीन वटा बृहत् सन्दर्भसूची प्रकाशित भइसकेको छ। पहिलो कमलप्रकाश मल्लले तयार गरेको नेपाल संवत् (नेसं) १०९९ (सन् १९७८) मा लय्ता दबूबाट प्रकाशित भएको नेपाल भाषा ध्वाना सफूया धलः हो। नेसं १०२०-१०९७ मा नेपाल भाषामा प्रकाशित ८१९ पुस्तकको विवरण छ। बिब्लियोग्राफी अनुसन्धानको आधारशिला हो भन्ने प्रमाण यस पुस्तकमा रहेको मल्लको ४४ पृष्ठ लामो भूमिका हो। यस भूमिकामा उनले नेपाल भाषामा पुस्तक प्रकाशन गर्ने चलनको मात्र चर्चा गरेका छैनन्, नेपाल भाषा र राज्यको सम्बन्धको विश्लेषण गरेका छन्।
नेपाल भाषा, थारू, तामाङ र लिम्बू सम्बन्धी सन्दर्भ ग्रन्थसूची प्रकाशित भएको देखिन्छ। अरू भाषामा बिब्लियोग्राफी प्रकाशित भएको पनि हुन सक्छ, तर नेपालभरिबाट पुस्तक वितरणको समस्या हुने र नेपालका विभिन्न ठाउँबाट प्रकाशित सबै काठमाडौं नआउने हुँदा यस्तो समस्या हुन सक्छ।
यही पुस्तकको दोस्रो भाग नेसं ११०४ (सन् १९८२) मा नेपाल भाषा ध्वाना सफूया धलः-२ पासामुनाले प्रकाशित गरेको थियो। त्यस पुस्तकमा पहिलो भागमा नपरेका नेपाल संवत् ११९८ अघिका ११८ र पछिका ३६९ वटा पुस्तकको जानकारी छ। त्यस्तै, नेपाल संवत् १११८ (विसं २०५५) मा पूर्णप्रसाद अमात्यले नेपाल भाषा वाङ्मयसूची निर्माण गरेका थिए। नेपाल भाषा एकेदमिले प्रकाशन गरेको यस ग्रन्थमा २३६१ वटा किताबको विवरण दिइएको छ। यी तीन बिब्लियोग्राफी बाहेक इनाप, नेपाल ऋतुपौं जस्ता विभिन्न पत्रिकामा प्रकाशित सामग्रीको बिब्लियोग्राफी गरिएका छन्।
थारू भाषाबारे एउटा मात्र बिब्लियोग्राफी निस्केको देखिन्छ। थारू बौद्धिक तथा राष्ट्रिय अनुसन्धान केन्द्र, नेपालले सन् २००६ मा प्रकाशन गरेको बिब्लियोग्राफी अफ इन्डिजिनियस एथ्निक थारू गोपाल दहित र कृष्णराज सर्वहारीले सम्पादन गरेका हुन्। यस बिब्लियोग्राफीमा थारू सम्बन्धी थारू, नेपाली, अङ्ग्रेजी र अरू भाषामा लेखिएका सामग्रीको विवरण मात्र दिइएको छैन, थारू फिल्म र अडियो क्यासेट र सिडीको सूची पनि दिइएको छ। लेखकद्वयले पुस्तकको भूमिकामा लेखे अनुसार, थारूबारे अनुसन्धान हेतु थारू बौद्धिक तथा राष्ट्रिय अनुसन्धान केन्द्र, नेपाल गठन गरिएको थियो र थारूलिखित तर छरिएका सामग्री एक ठाउँमा ल्याउन नै यो बिब्लियोग्राफी बनाइएको छ।
तामाङ भाषाबारे पनि एउटै मात्र बिब्लियोग्राफी प्रकाशित भएको देखिन्छ। अमृत योञ्जन तामाङको सङ्कलन र सम्पादनमा तामाङ न्हाखोरद्वारा प्रकाशित तामाङ ग्रन्थ-कोश (तामाङ बिब्लियोग्राफी) को पहिलो संस्करण २०७५ मा प्रकाशित भएको थियो। दोस्रो संस्करणमा २०७८ मा काम भइरहेको छ। यस संस्करणमा सन् १८११ देखि सन् २०२० मा प्रकाशित ६६९ जनाको सामग्रीको विवरण राखिएको छ। यसमा नेपाली, अङ्ग्रेजी, तामाङ भाषामा प्रकाशित तामाङबारे सामग्री छन्।
यी उदाहरणले केही सीमित भाषा र यी भाषा बोल्ने जातजातिबारे मात्र बिब्लियोग्राफी बनेको देखिन्छ। २०६८ को जनगणनाका अनुसार, नेपालमा १२२ वटा मुख्य भाषा छन्। तर, नेवार, लिम्बू, तामाङ र थारूबारे मात्र बिब्लियोग्राफी बनेको देखिन्छ। अरू भाषा र जातजातबारे बिब्लियोग्राफी बनाउन अझै बाँकी नै देखिन्छ।
आफ्नो भाषामा प्रकाशित वा आफूबारे अरू भाषामा प्रकाशित सामग्रीको सूची निर्माणले अहिलेसम्म भएको ज्ञानको अवस्था थाहा पाउन सकिन्छ। के भए र के गर्न बाँकी छ भन्ने थाहा पाउने दरिलो माध्यम बिब्लियोग्राफी हुँदा अरू भाषा र जातिबारे पनि बिब्लियोग्राफी बनाउनु आवश्यक छ।
आफ्नो भाषामा प्रकाशित वा आफूबारे अरू भाषामा प्रकाशित सामग्रीको सूची निर्माणले अहिलेसम्म भएको ज्ञानको अवस्था थाहा पाउन सकिन्छ। के भए र के गर्न बाँकी छ भन्ने थाहा पाउने दरिलो माध्यम बिब्लियोग्राफी हुँदा अरू भाषा र जातिबारे पनि बिब्लियोग्राफी बनाउनु आवश्यक छ।
सम्भावना
पुस्तकालयमा संलग्न व्यक्तिहरूले अनलाइन क्याटेलग भएपछि पुरानो ढर्राको बिब्लियोग्राफीको औचित्य सिद्धिएको तर्क गर्न सक्छन्। हुन पनि अनलाइनमा उपलब्ध पुस्तकको विवरणबाट पुस्तकालयमा कार्यरत व्यक्तिले आफूसँग के छ, छैन थाहा पाउन सक्छ। तर, यस्तो अनलाइन क्याटेलगले बिब्लियोग्राफीको महत्त्वलाई कम गर्दैन। बिब्लियोग्राफी आफूले खोजिरहेको विषयमा सजिलो गरी जानकारी पाउने माध्यम हो। अध्येताका लागि अनलाइन क्याटेलगभन्दा बिब्लियोग्राफी नै उपयोगी हुन्छ।
हुन त अनलाइनले बिब्लियोग्राफी कागजमै छाप्नुपर्ने बाध्यता कम गरेको पनि छ। यसको राम्रो उदाहरण म संलग्न संस्था मार्टिन चौतारी हो। चौतारीले पुस्तकाकार रूपमा पाँच वटा बिब्लियोग्राफी प्रकाशित गरेको थियो। नेपाली मिडिया सन्दर्भ ग्रन्थ (२०६०), अ बिब्लियोग्राफी अन एनभाइरोमेन्टल जस्टिस इन नेपाल (सन् २००२), माओइस्ट मुभमेन्ट अफ नेपालः अ सेलेक्टेड बिब्लियोग्राफी (सन् २००४), तराई-मधेस सन्दर्भग्रन्थ (२०६५) र राज्य पुनःसंरचना र संविधानसभा सन्दर्भग्रन्थ (२०६६)। मार्टिन चौतारीले २०६६ पछि भने अनलाइनमै बिब्लियोग्राफी प्रकाशन गरिरहेको छ। चौतारीको वेबसाइटमा समाजविज्ञानका विभिन्न विषय सम्बन्धित ८० भन्दा बढी बिब्लियोग्राफी छन्।
अनलाइन वा कागजमा छापिएका बिब्लियोग्राफीको ठूलो समस्या यिनीहरू अद्यावधिक नहुने हो। निश्चित उद्देश्य र रुचिबाट बन्ने बिब्लियोग्राफी अपडेट भइदिए जाती हुन्थ्यो। यसका लागि नयाँ अध्येतासँग सहकार्य गर्न सकिन्छ। विभिन्न संस्था मिलेर बिब्लियोग्राफी निकाल्न पाए झ्न् राम्रो हुन्छ। समय र श्रमको बचत हुन्छ।
बिब्लियोग्राफीको उपयोग अनुसन्धानमा धेरै हुन्छ। सम्बन्धित विषय वा व्यक्तिबारे के सामग्री प्रकाशन भएका छन् भन्ने थाहा पाउने सजिलो माध्यम बिब्लियोग्राफी नै हो। यो जानकारी बिब्लियोग्राफी मार्फत हुन्छ, जुन ज्ञान निर्माणको पहिलो खुड्किलो हो। बिब्लियोग्राफीको अभावमा अनुसन्धान दोहोरिने सम्भावना हुन्छ जुन समय र पैसाको नाश हो।
अनलाइन वा कागजमा छापिएका बिब्लियोग्राफीको ठूलो समस्या यिनीहरू अद्यावधिक नहुने हो। निश्चित उद्देश्य र रुचिबाट बन्ने बिब्लियोग्राफी अपडेट भइदिए जाती हुन्थ्यो।
यस्तो बिब्लियोग्राफीको अभावमा केही विज्ञलाई मात्र आफ्नो विषयमा के कस्ता सामग्री प्रकाशित छन् भन्ने थाहा हुन्छ। उनीहरूलाई सोधेर मात्र त्यस्तो सामग्रीबारे ज्ञान हुने सम्भावना हुन्छ। तर, यस्ता विज्ञ सबैको पहुँचमा हुँदैनन्। यसको मतलब बिब्लियोग्राफीको अभावमा ज्ञान सङ्कुचित हुने सम्भावना हुन्छ।
फेरि नेपालमा विभिन्न सरकारी, गैरसरकारी संस्थाले तयार गरेको प्रतिवेदन सार्वजनिक नहुन पनि सक्छ। यदि यी संस्थामा गई यी सामग्रीको विवरण पनि बिब्लियोग्राफीमा राख्न सकिएमा भविष्यका अनुसन्धाताले यसको खोजी गर्न सक्छन्।
बिब्लियोग्राफी ज्ञान निर्माणको महत्त्वपूर्ण कडी हो। त्यसैले यसलाई कम महत्त्व दिन मिल्दैन। अध्ययन अनुसन्धानमा लागेका सरकारी र गैरसरकारी प्राज्ञिक संस्थाका लागि यो धेरै नै उपयोगी छ। विभिन्न विषय र विधामा काम गर्न गठन गरिएका सरकारी, अर्धसरकारी र गैरसरकारी संस्थाले बिब्लियोग्राफी बनाउन छोड्नु हुँदैन।
उदाहरणका लागि, नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान, कला प्रतिष्ठान, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान, नीति अनुसन्धान प्रतिष्ठान आदिले आफ्नो विधामा प्रकाशित र अप्रकाशित सामग्रीको बिब्लियोग्राफी बनाउन सक्छन्। परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र अन्तर्राष्ट्रिय सम्बन्धमा चासो राख्ने संस्थाले पनि आफ्नो चासोको विषयमा बिब्लियोग्राफी बनाउन सक्छन्।
सकिन्छ भने सूची मात्र नदिई एनोटेटेड बिब्लियोग्राफी बनाई प्रत्येक सामग्रीमाथि टिप्पणी पनि थप्न पाए अझ् राम्रो हुन्छ। साधारण बिब्लियोग्राफीभन्दा एनोटेटेड बिब्लियोग्राफी अझ् उपयोगी हुन्छ। यस्तो बिब्लियोग्राफी बनाउन गाह्रो त हुन्छ, तर अध्येता र अनुसन्धातालाई बढी उपयोगी हुन्छ। नेपालमा विभिन्न विषयमा बिब्लियोग्राफी नियमित प्रकाशित भए अनुसन्धानको जग राम्रो हुँदै जाने आशा गर्न सकिन्छ।
(महर्जन मार्टिन चौतारीका अनुसन्धाता हुन्। उनको सहसंकलनमा १३ वटा बिब्लियोग्राफी प्रकाशित छन्।)