राजेन्द्र पाण्डेले लिए मुख्यमन्त्रीको शपथ
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन्।
बिहीबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री पाण्डेलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। उनी बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका छन्।
मुख्यमन्त्री पाण्डेसँगै तीन जना मन्त्रीले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्। नेपाली कांग्रेसका तर्फबाट कृष्णलाल भँडेल, नेकपा (माओवादी केन्द्र)का तर्फबाट कुमारी मोक्तान र एकीकृत समाजवादीका तर्फबाट कृष्ण खनाल पनि मन्त्री बनेका छन्।
कांग्रेसका भँडेलले भौतिक पूर्वाधार, माओवादीकी मोक्तानले सामाजिक विकास र एकीकृत समाजवादीका खनालले आन्तरिक मामिला र कानून मन्त्रालयको जिम्मेवारी पाएका हुन्।