उदयपुरको कटारीमा ग्लोबल आइएमई ब्यांकको शाखा
ग्लोबल आइएमई ब्यांक लिमिटेडले उदयपुरको कटारी बजारमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।
उदयपुरको कटारी नगरपालिका–३ मा नयाँ शाखा सञ्चालनसँगै ब्यांकको शाखा कार्यालयको संख्या २८३ पुगेको छ।
ब्यांकका ७६ जिल्लामा २८३ शाखा, २५१ एटीएम र २६० शाखारहित ब्यांकिङ इकाइ छन्।
४८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८४० सेवा केन्द्रबाट २६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिंदै आएको ब्यांकले जनाएको छ।