नेपाल बारले माग्यो प्रधानन्यायाधीशको राजीनामा
नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्ने निर्णय गरेको छ।
बार एशोसिएशनका महासचिव लीलामणि पौडेलद्वारा मंगलबार जारी विज्ञप्तिमा प्रधानन्यायाधीश जबरा विभिन्न विवादमा मुछिएको भन्दै राजीनामा दिनुपर्ने उल्लेख गरिएकाे छ।
राजीनामा नदिए बारको देशभरिको इकाइ मार्फत आन्दोलन गरिने विज्ञप्तिमा उल्लेख छ। प्रधानन्यायाधीश जबराले भने आफूले संविधान र न्यायपालिकाको अहित हुने कुनै काम नगरेको दाबी गरेका छन्। आफूले कुनै हालतमा राजीनामा नदिने जबराको धारणा सार्वजनिक भएको छ।