ज्योतिको स्मार्ट सेभिङ खाता
ज्योति विकास ब्यांकले स्मार्ट सेभिङ बचत खाताको शुरूआत गरेको छ।
शून्य मौज्दातमा खोल्न सकिने खातामा निःशुल्क डिम्याट, मेरो शेयर लगायतको सुविधा पनि छ। त्यस्तै, निःशुल्क मोबाइल ब्यांकिङ, इन्टरनेट ब्यांकिङका साथै डेबिट कार्डको सुविधा समेत छ। यस खातामा ५.७५ प्रतिशत ब्याजदर निर्धारण गरिएको ब्यांकले जनाएको छ।
यस बचत खातामा महिला निक्षेपकर्ताका लागि लकर सुविधामा ५० प्रतिशत छूट पनि दिइएको छ।
ज्योति विकास ब्यांकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएम मार्फत सेवा दिंदै आएको छ।