वायुसेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त
सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुशील घिमिरेको राजीनामा स्वीकृत गर्दै अधिकारीलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो।
अधिकारी निगमकै पूर्व कर्मचारी हुन्। उमेर हदका कारण उनले अवकाश पाएका थिए।
घिमिरे ३ वैशाख २०७७ मा कार्यकारी अध्यक्ष नियुक्त भएका थिए।