पुनर्बीमा कम्पनीको अध्यक्षमा डा. रवीन्द्र घिमिरे नियुक्त
सरकारले नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा डा. रवीन्द्र घिमिरेलाई नियुक्त गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिमिरेलाई अध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। घिमिरे बीमा विषयमा विज्ञ हुन्।
त्यसैगरी, कम्पनीको सदस्यमा मदन पोखरेललाई नियुक्त गरिएको छ। पुनर्बीमा कम्पनीमा नेपाल सरकारको ४४ प्रतिशत शेयर स्वामित्व छ।