ललितपुरको मंगलबजारमा ग्लोबल आइएमई ब्यांकको शाखा
ग्लोबल आइएमई ब्यांक लिमिटेडले ललितपुरको मंगलबजारमा २८२औं शाखा खोलेको छ।
ब्यांकका ७६ जिल्लामा २८२ शाखा, २५१ एटीएम र २६० शाखारहित ब्यांकिङ सेवा छन्। त्यसैगरी, ४८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर, तीन वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८४० सेवा केन्द्रबाट २६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।
ब्यांकले अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायत मुलुकमा रेमिट्यान्सको सेवा समेत दिंदै आएको जनाएको छ।