धान भित्र्याउने चटारो (तस्वीरहरू)
वर्षा रोकिएसँगै भक्तपुरका किसानले धान भित्र्याउन थालेका छन्।
चार दिन लगातार परेको पानीले देशका विभिन्न भागमा बाढी र पहिरो आएको छ। तराई-मधेशमा पाकेको धान खेतमै सोत्तर भएको छ।
भक्तपुर क्षेत्रमा भने वर्षा रोकिएसँगै किसान धान भित्र्याउन लागेका हुन्। कतै कतै भिजेका धान पनि सुकाइरहेका छन्।