कुहिरोले छोपेको भच्चेक (तस्वीरहरू)
वर्षा थामिएसँगै गोरखाको उत्तरी बजार भच्चेक सिनित्त परेको छ।
गोरखा सदरमुकामबाट झण्डै ५० किलोमिटर उत्तरमा रहेको अजिरकोट गाउँपालिका-३ स्थित भच्चेक बजार पर्यटकीय गन्तव्य हो। पहाडी सौन्दर्य बोकेको यो क्षेत्र कोभिड-१९ महामारीपछि भने सुनसान छ।
गोरखाका प्रमुख बजारमध्येको एक भच्चेक पदयात्रा र शान्ति रुचाउनेहरूको रोजाइमा पर्दै आएको छ। प्राकृतिक सौन्दर्यसँगै गाउँले परिवेश यहाँको आकर्षण हो।