ग्लोबल आइएमई ल्यायोे ‘हाइब्रिड बचत खाता’
ग्लोबल आइएमई ब्यांंक लिमिटेडले बचत खातामा उच्च ब्याजदर प्रदान गर्न ‘ग्लोबल आइएमई हाइब्रिड बचत खाता’ सञ्चालनमा ल्याएको छ।
नयाँ हाइब्रिड बचत खातामा रु.१ लाख बचत पुगेपछि स्वतः मुद्दतिमा परिणत हुने सुविधा रहेको छ। यस बचत खाताको समयावधि ग्राहकको इच्छा अनुसार एकदेखि पाँच वर्षसम्म रहनेछ।
यसका साथसाथै, नयाँ हाइब्रिड बचत खाता भएका ग्राहकले एक वर्षसम्म मोबाइल ब्यांकिङ सेवा, इन्टरनेट ब्यांकिङ सेवा तथा भिजा डेबिट कार्डको सुविधा निःशुल्क प्राप्त गर्नेछन्।