आईसीएफसीका शाखाबाट मुक्तिनाथ रेमिटको भुक्तानी
मुक्तिनाथ विकास ब्यांकको रेमिट सेवा मुक्तिनाथ रेमिटको भुक्तानी अब आईसीएफसी फाइनान्सका शाखा कार्यालयबाट हुने भएको छ।
यस सम्बन्धी मुक्तिनाथ विकास ब्यांक र आईसीएफसी फाइनान्सबीच सम्झौता भएको छ। सम्झौता पत्रमा ब्यांकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गरुङ र आईसीएफसी फाइनान्सको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठले हस्ताक्षर गरेका छन्।
यो सम्झौतासँगै आईसीएफसी फाइनान्सका २० शाखाबाट रेमिट सेवा लिन सकिने भएको हो। मुक्तिनाथ रेमिटले देशभर रहेका चार हजार पाँच सयभन्दा बढी भुक्तानी केन्द्रबाट कारोबार गर्दै आएको छ।