राजा महेन्द्रले अमेरिकामा शिकार खेल्दाको शुल्क तिर्नै बाँकी
संयुक्त राज्य अमेरिकाको पश्चिमी तटीय राज्य, अलास्काको एक नगरपालिका, एंकरेजमा थुप्रै विदेशी राजपरिवारले भ्रमण गर्ने गरेका छन्। उनीहरूमध्ये अधिकांशको बसाइ छोटै हुने भए पनि यहाँ अचम्मैसँगै धेरै विदेशी राजपरिवारको आवतजावत हुने गरेको छ।
केही उल्लेखनीय नामहरूमा भर्खरै विवाह गरेका जापानका राजकुमार अकिहितो र राजकुमारी मिचिको पर्छन् जसले सन् १९६० मा करीब साँढे एक घण्टाको बसाइका क्रममा सुँड–हाड कुँदेर बनाइएको कलाकृतिका लागि ५० अमेरिकी डलर तिरेका थिए। त्यसको चार वर्षपछि, बेल्जियमका राजा बोदुआन र रानी फबिओलाले यूरोपदेखि टोक्योको लामो यात्रापछि विश्राम लिन एल्मेन्डोर्फ एयर फोर्स बेसमा एक रात बिताएका थिए। उनीहरूले हेलिकप्टरबाट शहरको भ्रमण पनि गर्न भ्याए।
सन् १९७५ मा नर्वेका राजा ओलाभ भी एंकरेज आए। ४० वर्षपछि उनका छोरा राजा हाराल्ड भी पनि एंकरेजमा भेटिए। यहाँबाट २२३ माइल्स टाढाको होमर शहर घुम्ने उनी पहिलो सत्तासीन राजा समेत बने।
जापानका सम्राट् हिरोहितोले एल्मेनडोर्फ ह्यांगरमा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनलाई भेटे। एंकरेजको छोटो विश्राम हिरोहितोका लागि आफ्नो विश्व भ्रमणको पहिलो चरण थियो। साथै, उक्त भ्रमण किन पनि महत्त्वपूर्ण थियो भने कुनै पनि जापानी राजाले पहिलो पटक जापान बाहिर पाइला टेकेका थिए।
सन् १९७० मा जापानको ओसाकामा भएको विश्व मेलापछि बेलायती महारानी एलिजावेथ द्वितीयका छोरा राजकुमार चार्ल्स एंकरेज हुँदै घर फर्किएका थिए। तोकिएकोभन्दा एक घण्टा बढी समय निकालेर उनी त्यता छिरेका थिए। सीमित समयका बावजूद, उनी शहरको भ्रमणमा निस्किए र एंकरेजका मेयर जर्ज सुलिभानसँग एल्डरबेरी पार्कको शयरमा हिंडे।
त्यति वेला राजकुमार चार्ल्स बेलायती सिंहासनका उत्तराधिकारी थिए। अहिले ५० वर्षपछि पनि महारानीको दीर्घायुका कारण उनी उत्तराधिकारी छँदै छन्। महारानी स्वयं पनि सन् १९७५ मा जापानबाट घर फर्किने क्रममा यहाँ केही बेर रोकिएकी थिइन्। यद्यपि, उनी हवाईजहाजको शाही ‘बेडच्याम्बर’ छोडेर भुइँमा उत्रिइनन्।
एंकरेजमा सबैभन्दा ऐतिहासिक राजकीय भ्रमण २६ सेप्टेम्बर १९७१ मा भयो। जापानका सम्राट् हिरोहितोले एल्मेनडोर्फ ह्यांगरमा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनलाई भेटे। एंकरेजको छोटो विश्राम हिरोहितोका लागि आफ्नो विश्व भ्रमणको पहिलो चरण थियो। साथै, उक्त भ्रमण किन पनि महत्त्वपूर्ण थियो भने कुनै पनि जापानी राजाले पहिलो पटक जापान बाहिर पाइला टेकेका थिए।
सन् १९६७ मा राजा महेन्द्र आफ्नी श्रीमती (रानी रत्न)सँग संयुक्त राज्य अमेरिकाको भ्रमणका लागि आएका थिए। राष्ट्रपति लिन्डन जनसनलाई भेट्न र अन्य केही कामले उनी यता आएका थिए। तर, भ्रमणको मूल उद्देश्य शिकार खेल्नु थियो।
त्यसपछि आए, नेपालका राजा महेन्द्रवीरविक्रम शाह देव। चीन र भारतको बीचमा चटक्क परेर बसेको नेपाल तुलनात्मक रूपमा सानो एशियाली देश हो। चीन र नेपालको सिमानामा रहेको सगरमाथा हिमालका लागि यो देश प्रख्यात छ। सन् १९६७ मा राजा महेन्द्र आफ्नी श्रीमती (रानी रत्न)सँग संयुक्त राज्य अमेरिकाको भ्रमणका लागि आएका थिए। राष्ट्रपति लिन्डन जनसनलाई भेट्न र अन्य केही कामले उनी यता आएका थिए। तर, भ्रमणको मूल उद्देश्य शिकार खेल्नु थियो।
बुबा (राजा त्रिभुवन)को निधनपछि सन् १९५६ मा महेन्द्र सिंहासनमा उक्लिएका थिए। उनको शासनकालको सबैभन्दा महत्त्वपूर्ण बिन्दु सन् १९६० मा आयो, जब उनले देशको पहिलो निर्वाचित सरकार र संसद्माथि ‘कू’ गरेर राजनीतिक दलहरू खारेज गरिदिए। नयाँ राजनीतिकर्मीले देशलाई सुधार्ने योजना बनाएका थिए जसले पहिलेदेखिका कुलीन वर्ग, जसको राजा महेन्द्र पनि सदस्य थिए, को सामाजिक र आर्थिक प्रतिष्ठालाई जोखिममा पार्थ्यो। तसर्थ, नयाँ राजनीतिकर्मीहरू हट्नैपर्थे। अलास्काको यात्रा अघिसम्म महेन्द्रको चरित्र चिनिएको थिएन।
वासिङ्टन डीसीबाट एयर फोर्स वान चढेर महेन्द्र अलास्का पुगेका थिए। त्यसको अनुमानित लागत ५० हजार डलर (सन् २०२१ मा ४,०६,००० डलर) थियो जसको भार सम्पूर्ण रूपमा अमेरिकी करदाताले वहन गर्नुपर्यो। यो पूर्ति नहुने र फिर्ता पनि नहुने उदारताले अलास्कामा राजाको समयको छवि चिनायो।
राजा र उनका परिचारकहरू ९ नोभेम्बर १९६७ मा एंकरेज आइपुगेका थिए। उनको बसाइ अवधिभर स्टेट डिपार्टमेन्टले दिएको नेपाली झण्डा अमेरिकी झण्डासँगै सिटी हलमा फरफराएको थियो। कालो लिमोजिन (कार)मा सवार राजा र रानी सहितको ताँती शहर परिक्रमा गर्दै यहाँको महँगो होटल क्याप्टेन कुकमा ढुक्कैले बस्यो। एंकरेज डेली टाइम्सले लेख्यो, “राज्यका लागि राजा यहाँ आउनुभन्दा ठूलो प्रचारात्मक पहल अरू हुन सक्दैन।”
अलास्कामा तीन हप्ता बिताए पनि शाही परिवारले एंकरेजका लागि चार दिनको मात्रै योजना बनाएका थिए। यहाँ आउनासाथ उनीहरू शिकार खेल्न निस्किए। यसमा एआई बर्नेटले प्रमुख गाइडका रूपमा साथ दिए। संघीय निकायहरूको समूहले ध्यानपूर्वक तयार पारेको सूचीबाट छानिएका बर्नेट एक अग्ला, दुब्ला नौसेनाका अनुभवी व्यक्ति थिए जो मोटाघाटा राजाका सारथि बने। स्टेट डिपार्टमेन्टले हिन्दूहरूका बन्देज, भोजनमा वर्जित कुराहरू र ‘हजारौं अन्य कुरा’ सहित आवश्यक शिष्टाचारका सम्बन्धमा बर्नेटलाई लामो तालीम दिएको थियो।
यस्ता शिष्टाचार बाहेक बर्नेटले थप आधारभूत र व्यवस्थापकीय समस्याहरूको पर्वतै झेल्नुपरेको थियो। भ्रमणको समय वर्षको अन्त्यतिर परेको हुनाले खराब मौसमको जोखिम उच्च थियोे। यो बाहेक, राजाले अलास्कामा पाइने खैरो भालु (कोडिआक बियर), समुद्री सिंह (सी लायन), अमेरिकी हरिण (मुस), ब्वाँसो, वालरस, डल शीप (मोटो सिङ भएको भेडा), बाख्रा, कालो भालु, ग्रिजली (खैरो भालु), बाह्रसिङ्गे र मस्क अक्सन (चौरी जस्तो)का दुई–दुई वटा गरी इच्छ्याएका ‘इनाम’ (आखेटोपहार) को लामो सूची पठाएका थिए।
उनको इच्छा–सूचीमा भएका कतिपय चिज मौसम र कानूनी दृष्टिले नमिल्दा थिए। तर, राज्य प्रमुखलाई अमेरिकी वैभवले प्रभाव पार्न चाहने स्टेट डिपार्टमेन्टले कुनै गुनासो सुन्न चाहेन।
संघीय र राज्यका निकायहरूले महेन्द्रको सत्कारका लागि सबै पहल गरे भने उनको कदर स्वरूप शिकार अनुमतिपत्र (हन्टिङ लाइसेन्स) जारी गरियो। बर्नेटले भने नेपाली दूतावासँग भुक्तानीका लागि सम्झौता गरे। भ्रमणका प्रमुख व्यवस्थापक भएकाले बर्नेटले प्रत्यक्ष र अप्रत्यक्ष सम्पूर्ण खर्च बेहोर्ने र त्यसको बदलामा, यदि राम्रो अनुभव हासिल भएमा ‘उचित रूपमा सफल’ मानी उनलाई लागेको खर्च सहित थप १५ प्रतिशत र पाँच हजार डलर (सन् २०२१ मा ४०, ६०० डलर) भत्ता पनि दिइने टुङ्गो भयो।
राजा शारीरिक रूपमा पनि ठीकठीकै मात्र थिए। बर्नेटका अनुसार, ‘उनका आँखाको दृष्टि कमजोर थियो... त्यसैले उनी शिकारलाई सहजै पहिल्याउन सक्दैनथे। उनी यस्ता शिकारी थिए जसलाई शिकारको नजिकै पुर्याएर ‘ल अब हान’ भन्नुपर्छ।”
पत्रपत्रिकाले राजा–रानीलाई सफल शिकारी बताए पनि वास्तविकता अलि फरक थियो। दिक्दार भएका बर्नेटले सन् १९६९ मा लस एन्जलस टाइम्समा भनेका थिए, “उनीहरूलाई अर्कै तरीकाले शिकार गर्ने बानी थियो, आरामदायी मतान वा हात्तीको ढाडमा शयर गरेर आफ्ना शिकारीले सबैथोक ठिक्क पारिदिएपछि खेल्न शुरू गर्ने बानी थियो। उनीहरूकहाँ हात्ती र चालकहरू महीनौं अघिदेखि शिकारलाई सीमित घेराभित्र पार्न लागिपर्छन्। त्यसपछि तिनका महाराजहरू ‘हेलिकप्टरमा चढेर खेलको सर्वाधिक मजा लिन्छन्।” अलास्काको शिकार खेल्ने शैली यस्तो थिएन।
राजा शारीरिक रूपमा पनि ठीकठीकै मात्र थिए। बर्नेटका अनुसार, ‘उनका आँखाको दृष्टि कमजोर थियो... त्यसैले उनी शिकारलाई सहजै पहिल्याउन सक्दैनथे। उनी यस्ता शिकारी थिए जसलाई शिकारको नजिकै पुर्याएर ‘ल अब हान’ भन्नुपर्छ।”
शाही शासकले पक्कै पनि नेपालमा बाघ मारेका थिए। ती बाघ उनीहरूका सामु टक्क उभ्याइएका थिए। सोही तरीकाले रानी रत्नले अलास्कामा भालु मारेकी थिइन्, तर डिपार्टमेन्ट अफ इन्टेरियरको विमान भित्रबाट। र, विमान भालुको लाशमाथि अवतरण गरियो। बर्नेट भन्छन्, “विमानबाट (भालु) मार्नु वा शिकार खेल्दा हवाईजहाजको प्रयोग गर्नु कानून सम्मत होइन। खैर, हामीले त्यसै गर्यौं।”
बर्नेट दोहोरो पेलानमा थिए। एकातर्फ, राजपरिवार थियो जो नियम–कानून जेसुकै होस्, इनाम जित्न चाहन्थ्यो। अर्कातर्फ, अमेरिकी अधिकारी थिए जो राजपरिवारलाई कुनै हालमा खुशी राख्न चाहन्थे। तसर्थ, बर्नेटले धेरै हदसम्म नीति–नियमलाई लिएर टाउको दुखाउन छोडे। अत्यधिक रूपमा विमानहरू प्रयोग गरिए। शिकारलाई घेराबन्दीमा पारेर मारियो।
उनीहरूले अलास्का प्रायद्वीप र लेक जर्ज नजिकै कोडिआक (खैरो भालु) मारे। आँधीका कारण महेन्द्रले आफ्नो सूचीमा भएका सबै आखेटोपहार (ट्रफी) जित्न सकेनन्। तैपनि, राजपरिवारले अमेरिकी हरिण (मुस), उत्तरी ध्रुवमा पाइने हरिण (केरिबु), हिमाली बाख्रा र दुइटा भालु घर लग्न सक्यो।
यसबारे गुनासाहरू बढ्दै गएपछि अन्ततः तोडिएका कानून र विदेशी नागरिकमाथि गरिएको खर्च दुवैबारे राजनीतिकर्मीहरू जागृत हुन थाले। त्यतिन्जेल खर्च बढ्दै थियो र अधिकांशमा बर्नेटले हस्ताक्षर गरेका थिए। उनीहरूले गरेका असंयमित खर्चमा ८० डलरको डिनर टेबल फ्लावर अरेन्जमेन्ट्स (सजाउने फूल) र ९६ डलरको बैजनी केराहरूको खरीद समेत थियो। शाही परिवारसँग टन्नै पैसा थियो। केही परिचारक तिनका पछिपछि सामान बोक्न हिंड्थे।
अन्ततः ३० नोभेम्बर १९६७ मा राजा–रानी र तिनका नोकर–चाकरहरूले अलास्का छोडे र घरका लागि लामो यात्रा शुरू गरे। त्यो वेलासम्म तडकभडक अलि कम भएको थियो। लिमोजिनको सट्टा उनीहरू एयर फोर्स सेडानमा चढेर एअरपोर्ट गए। एअर फोर्स वानको सट्टा वेस्टर्न एयरलाइन्सको विमानबाट उनीहरू सिआटल पुगे।
कोडिआकका मेयर पिट डेभियु भन्छन्, “यहाँ सबैले (राजा महेन्द्रका लागि) आफूलाई टकटक्याए। तर, राजाले बिल तिरेनन्।” होटल क्याप्टेन कुक समेट्ने हाइकेल होेल्टसका महाप्रबन्धक हान्स बेकरवेर्थ ठाडै भन्छन्, “हामीलाई ठगियो।”
लगत्तै बर्नेटले ६०,००० डलर (सन् २०२१ मा करीब ४८५,५०० डलर)को बिल नेपाली दूतावासलाई बुझाए। त्यो अस्वीकृत भयो। बर्नेटले आफ्नो नाफा काटेर ४५,००० डलरको नयाँ बिल बनाए। दूतावासका अधिकारीले सार्वजनिक रूपमा सम्झौताको प्रतिबद्धता गरेको भए पनि कुनै भुक्तानी आएन। तिनको ढिलासुस्ती बिस्तारै मौनतामा परिणत भयो। बर्नेटले आफ्नो पैसा पाएनन्, जसको अर्थ अरू सयौं अलास्काबासीहरूले पनि आफ्नो पैसा पाएनन्।
कोडिआकका मेयर पिट डेभियु भन्छन्, “यहाँ सबैले (राजा महेन्द्रका लागि) आफूलाई टकटक्याए। तर, राजाले बिल तिरेनन्।” होटल क्याप्टेन कुक समेट्ने हाइकेल होटल्सका महाप्रबन्धक हान्स बेकरवेर्थ ठाडै भन्छन्, “हामीलाई ठगियो।”
सन् १९६९ मा लस एन्जलस टाइम्समा छापिएको लामो आवरण लेखमा बर्नेटले आफूमाथि भएको अन्यायबारे वर्णन गरेका छन्। “मैले वकीललाई पैसा तिर्न सकिनँ, विमानको टिकट किन्न वा लामो दूरीको फोनको बिल समेत तिर्न नसक्ने हालतमा पुगें,” उनले भनेका थिए, “नौ वर्षको काम र गाइडका रूपमा मैले गरेको ६०,००० डलर खर्च सबै स्वाहा भयो। मैले आफ्ना जहाज र इन्जिनहरू गुमाएँ र आफूसँग भएका (अलास्का मूलका) कलाकृतिको सङ्ग्रह समेत गुमाएँ। हालत यति खराब भयो, मैले मेरा शिकारीहरूलाई खुवाउन किरानाको सामान समेत किन्न नसक्ने अवस्था आयो।”
उनले थप यसो भनेका थिए, “अझै २०,००० डलरका लागि म स्वयं जिम्मेवार छु र यो रकम म हरहालतमा तिरेरै छाड्छु। आधा रकम मात्रै फिर्ता भए पनि पुग्छ भन्नेहरू थुप्रै छन्, तर बाँकीले ममाथि मुद्दा हालिरहेका छन्।”
नेपाली राजपरिवार नेपाल फर्केपछि स्टेट डिपार्टमेन्टले बर्नेटलाई बिलको समस्या उनकै भएको सूचना पठायो। १९६८ सम्म थुप्रै सांसदले यो विध्वंसका विरुद्ध कदम चाल्नुपर्ने आह्वान गरे। कारबाहीका लागि बर्नेट मात्रै उपलब्ध थिए। सन् १९६९ मा उनको गाइड अनुमतिपत्र खारेज गरियो। पहिले नै सबै नीति र कानून मानेको भए नेपाली राजा विना कुनै इनाम खाली हात फर्किने निश्चित थियो।
सन् १९७२ मा संयोगवश शिकार खेल्ने क्रममै राजा महेन्द्रको हृदयाघातबाट निधन भयो। करीब सय जना अलास्काबासीको ऋण नतिरी उनी बिदा भए।
यी सबैका बावजूद बर्नेटले सधैं राजपरिवार प्रति कुनै द्वेष नभएको बताए। जहाँसम्म उनको कुरा थियो, महेन्द्र ‘एक असल फुच्चे मानिस’ थिए। “आफू वरिपरि भइरहेका सबै गतिविधिबाट उनीहरूलाई न्यायोचित तरीकाले पन्छाइएको हुन्छ,” बर्नेट भन्छन्, “कुनै प्रकारको कार्ड गेम (तास आदि) खेलेर र इच्छा पुस्तिकामा घोत्लिएर उनीहरूको साँझ बित्छ। जहाँसम्म उनीहरूको कुरा छ, वास्तवमै त्यो एउटा शानदार शिकार यात्रा थियो।”
बुस पाइलट (ग्रामीण क्षेत्रमा साना विमान उडाउने चालक)का रूपमा अलास्का फर्किनुअघि बर्नेटले केही समय लोअर फोर्टिएटमा सिकर्मीको काम गरे। सन् १९७२ मा संयोगवश शिकार खेल्ने क्रममै राजा महेन्द्रको हृदयाघातबाट निधन भयो। करीब सय जना अलास्काबासीको ऋण नतिरी उनी बिदा भए।
सन् १९६७ को उनको अलास्का भ्रमणले विध्वंसको छाप छोड्यो र त्यो निश्चय पनि यस राज्यको सबैभन्दा खराब शाही भ्रमण थियो। बर्नेटसँगको राजाको अन्तिम संवादमा यति मात्रै भनिएको थियो- नयाँ वर्षको शुभकामना।
(डेभिड रिअमर इतिहासकार हुन्। उनी एंकरेजबारे लेख्छन्। यो लेख एंकरेज डेली न्यूजबाट सजना बरालले भावानुवाद गरेकी हुन्।)