स्वीट्जरल्यान्डले एक लाख ४४ हजार खोप दिने
स्वीट्जरल्यान्डले नेपाललाई कोभिड-१९ विरुद्धको एक लाख ४४ हजार डोज खोप दिने भएको छ।
स्वीट्जरल्यान्डले अक्टोबरभित्रै अस्ट्राजेनेका खोप दिन लागेको काठमाडौंस्थित स्वीस दूतावासले जनाएको छ। कोभ्याक्स सुविधा अन्तर्गत नेपाललाई खोप सहयोग गर्न लागिएको हो।
नेपाललाई खोप सहयोग गर्न पाउँदा खुशी लागेको नेपालका लागि स्वीट्जरल्यान्डकी राजदूत एलिजाबेथ भोन क्यापेलरले जनाएकी छन्।
यसअघि स्वीट्जरल्यान्डले कोभिड–१९ विरुद्ध लड्न स्वास्थ्य सामग्री सहयोग गरेको थियो। जसमा भेन्टिलेटर, अक्सिजन कन्सेन्ट्रेटर, मास्क, पन्जा र पीपीई रहेका थिए। त्यस्तै, कोरोनाभाइरस परीक्षण गर्न एन्टिजेन किट पनि सहयोग गरेको थियो।