ग्लोबल आइएमईको २८१औं शाखा खुसिबुँमा
ग्लोबल आइएमई ब्याङ्क लिमिटेडले काठमाडौं महानगरपालिका-१७, खुसिबुँमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
खुसिबुँमा १ कात्तिकदेखि कारोबार शुरू गरेको हो। यो ब्याङ्कको २८१औं शाखा हो।
त्यस्तै, मोरङको सुनवर्षी नगरपालिका-२, अमरदहमा नयाँ एक्सटेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ। योसँगै एक्सटेन्सन काउन्टरको सङ्ख्या ४८ पुगेको छ। यो एक्सटेन्सन काउन्टर डाँगीहाट शाखा अन्तर्गत रहने ब्याङ्कले जनाएको छ।
ब्याङ्कले ७६ जिल्लामा २८१ शाखा, २५१ एटीएम, २६० शाखा रहित ब्याङ्किङ सेवा, ४८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८४० भन्दा बढी सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ।